Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १५ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

अब टेलिकमका फोन नम्बरबाटै बिना इन्टरनेट कारोबार, मोबाइल मनीले पायो स्वीकृति

अब टेलिकमका फोन नम्बरबाटै बिना इन्टरनेट कारोबार, मोबाइल मनीले पायो स्वीकृति

नेपाल टेलिकमको सहायक कम्पनीले मोबाइल भुक्तानी सेवा सञ्चालनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको छ । राष्ट्रिय वाणिज्य बैंक र टेलिकमको संयुक्त लगानी रहेकाे उक्त कम्पनीले हालै राष्ट्र बैंकबाट स्वीकृति पाएको हो ।

नेपाल डिजिटल पेमेन्ट कम्पनीको रुपमा मोबाइल वालेट सञ्चालनका लागि स्वीकृती प्रदान गरिएको राष्ट्र बैंकको सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताएका छन् । योसँगै उक्त कम्पनीले नेपाल टेलिकमका मोबाइल नम्बरलाई नै डिजिटल वालेटको रुपमा प्रयोग ल्याउने उल्लेख गरिएको छ ।

लामो समयदेखि आवश्यक प्रक्रिया र पूर्वाधार तयार गरी राष्ट्र बैंकबाट स्वीकृतिको पर्खाइमा रहेको कम्पनीले अब भने सेवा सञ्चान गर्न पाउने भएको छ । राष्ट्र बैंकका अनुसार उक्त कम्पनीले अन्य मोबाइल वालेट कम्पनीजस्तै भुक्तानी सेवा प्रदायकको लागि अनुमति प्राप्त गरेको हो । तर, कम्पनीले नेपाल टेलिकमको सिमकार्ड नम्बरलाई नै लिंक गरेर सेवा दिनेछ ।

प्रवक्ता पोखरेलका अनुसार कम्पनीले राष्ट्र बैंकलाई दिएको जानकारीमा एयरटाइम टप–अपलाई प्रयोगमा ल्याउने छ । यसको अर्थ कम्पनीले नेपाल टेलिकमको मोबाइलमा भएको ब्यालेन्सलाई कारोबार रकमको रुपमा समेत प्रयोगमा ल्याउने छ ।

तर, मोबाइल भुक्तानीका लागि रहने रकम रिचार्ज ब्यालेन्सको रुपमा भन्दा फरक खातामा रहने बताइएको छ ।

रिचार्जमा दूरसञ्चार सेवा शुल्कलगायतका कर लाग्ने भएकाले मोबाइल मनी सस्तो बनाउन यस्तो विकल्प अगाडि सारिएको हो । त्यसका लागि पहिलो चरणमा कम्पनीले युएसएसडी च्यानल प्रयोग गर्ने गरी तयारी गरको उल्लेख छ ।

यूएसएसडी अर्थात हामीले मोबाइल ब्यालेन्स हेर्नका लागि प्रयोग गर्ने कोडजस्तै कोड टाइप गरेको भरमा पनि कारोबार गर्न सकिने छ । यो हुँदा अफलाइन कारोबार हुनेछ । यो एसएमएस जस्तै हो । तर, यो एसएमएस भन्दा धेरै नै सुरक्षित हुनेछ । यो भएको खण्डमा फिचर फोन प्रयोग गर्ने प्रयोगकर्ताले पनि सहजै कारोबार गर्न सक्नेछन् ।

सँगै वालेट पनि उपलब्ध हुनेछ । जुन अनलाइन प्रयोगकर्ताका लागि प्रभावकारी हुनेछ । यसमार्फत प्रयोगकर्ताले विभिन्न सेवाको भुक्तानी गर्न सक्नेछन् । जसमा भुक्तानी सेवाका लागि राष्ट्रिय वाणिज्य बैंक सेटलमेन्ट बैंकको रुपमा रहनेछ ।

प्रतिक्रिया