Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०१ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
अमृत डिष्ट्रिलरीद्वारा बाम्काबजारका आगलागी पीडितलाई राहत वितरण अमृत डिष्ट्रिलरीद्वारा बाम्काबजारका आगलागी पीडितलाई राहत वितरण बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने यस्तो छ संघिय सरकारको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटको पूर्णपाठ यस्तो छ संघिय सरकारको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटको पूर्णपाठ संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर !

क्रान्ति नायक गिरिजाप्रसाद कोईरालाको ११ औं स्मृति दिवश !

क्रान्ति नायक गिरिजाप्रसाद कोईरालाको ११ औं स्मृति दिवश !

आज युग नायक गिरिजा प्रसाद कोईरालाको ११ औं स्मृति दिवश । नेपाली प्रजातान्त्रिक आन्दोलनको अथक योद्धा जसले ७० बर्ष भन्दा बढी समय आफ्नो देशको राजनैतिक आन्दोलनमा होम्नपुग्यो । जुँघाका रेखी नबस्दै देशमा १०४ बर्षदेखि एकछत्र जहानीया शासनको अन्त्य गर्दै जनताको हक अधिकार सहितको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होमिएको एक युवकको युवावस्थादेखि प्रौढावस्थासम्म पनि राजनीतिक परिवर्तनको आन्दोलनमा बिताए ।

त्यहि योद्धा जसले पञ्चायतलाई परास्त गर्न अहम भूमिका खेल्यो, देशमा चलिरहेको हिंसात्मक र बिध्वङ्गसात्मक आन्दोलनलाई सफलतापूर्वक किनारा लगायो । त्यहि कालजयी ब्यक्ति जसले नेपाल एकिकरणदेखि अहिलेसम्म निरन्तर रुपमा राजसंस्थाको रुपमा देशलाई गर्दैआएको भोगचलनबाट ससम्मान बर्हिगमन गरायो अनि देशलाई पूर्ण लोकतान्त्रिक ब्यवस्था र दिगो शान्तिको बाटो देखाएर सदाका लागि भौतिक उपस्थितिबाट बिदा लियो उनै गिरिजाप्रसाद कोईराला ‘गिरिजाबाबु’को आज ११ औं स्मृति दिवश ।

नेपाली कांग्रेसले मात्र हैन, सिंगो मुलुकले, समाजबादी आन्दोलनका विश्वका महान राजनीतिज्ञहरुले, प्रजातन्त्रका हिमायतिहरुले समेत उनलाई श्रद्धाका साथ सम्झन्छन्, नमन गर्छन् । गिरिजाप्रसाद कोईरालाको ११ औं स्मृति दिवशमा नेपाली कांग्रेसका प्रभावशाली, सिंगो अति नै प्रिय तथा उदिनयमान नेतालाई स्मरण गर्ने अनेकौं कोणहरु छन् ।

२०४६ पूर्व, २०४६ पछि, २०५२ पछि अझ २०६२/०६३ सम्मको राजनीतिलाई आफ्नो नेतृत्वमै अगाडि बढाउन सफल राजनेता नेपाली राजनैतिक परिदृष्यमा कमै मात्र देखिन सक्छ । गिरिजाप्रसाद कोईरालाले आफ्नो राजनैतिक जीवनको पुर्वाधमा कम्युनिष्ट पार्टीहरुप्रति देखिने अत्यन्तै आक्रामक प्रबृत्ति समेत आफ्नो राजनैतिक जीवनको उत्तरार्धमा आईपुग्दा अत्यन्तै नरम समेत देखिएका थिए ।

पछिल्लो राजनैतिक घटनाक्रमहरुबाट कोईरालाले राजनीतिलाई सधै सहमति, सहकार्य र एकताका आधारमा अगाडि बढाउने भरमज्दुर प्रयास गरेको देखिन्छ, अझ भनौं सहमति, सहकार्य र एकताका शुत्रधार कोईराला आफैले प्रतिपादन गरेको नेपाली माटो सुहाउदो राजनैतिक अबधारणा थियो । जसको जगमा टेकेर नेपालमा तत्कालिन अत्यन्तै ठूलो क्रान्तीकारी पार्टी नेकपा माओबादीलाई समेत लोकतान्त्रिक प्रणालीको मुलधारमा ल्याउन सफलता मिलेको थियो ।

राजनीतिमा चट्टानी अडान राख्ने र आफुले राखेको अडानलाई पुरा गराएरै छाडने दृढ शंकल्पका धनी कोईराला राजाद्धारा बिघठित प्रतिनिधिसभा पुर्नस्थापना हुनुपर्छ भनेर एक्लै उभिन सक्ने नेताका रुपमा अहिले पनि स्मरण गरिन्छ । जनताका अधिकारहरु जनताका प्रतिनिधिहरु बस्ने साझा थलोबाटै छिनोफानो गराउनु पर्छ भन्ने सोच यस अघिका कुनै पनि राजनेतामा भए गरेको पाईदैन । स्वदेश तथा बिदेशमा समेत लोकतान्त्रिक अबधारणामा अब्बल ख्याती कमाएका कोईरालालाई विश्व समाजबादी आन्दोलनका अगुवाहरुले समेत विश्वास र समर्थन गर्दथे । बर्तमान राजनीतिमा एउटा त्यस्तो मियोको अभाव देखिई रहेको छ जसका कारण बर्तमान राजनैतिक उकुसमुकुसबाट मुलुकले पार पाउन सकिरहेको छैन । अझ भनौ गिरिजाप्रसाद कोईरालाको बाटोमा हामी अझै पनि हिडन सकिरहेका छैनौ ।

नेपाली कांग्रेसको कार्यकर्ता देखि महामन्त्री हुँदै पार्टी सभापति हुँदासम्म पनि गिरिजाबाबुको सक्रियामा कुनै कमी नआएको उनलाई नजिकैबाट चिन्नेहरुको भनाई छ । पार्टी दर्बिलो भएमात्र नेता र कार्यकर्ताहरुको संरक्षण र देशले बिकासको मार्ग पहिल्याउन सक्छ भन्ने दुरदर्षी नेता गिरिजाबाबु जे बोल्नुहुन्थ्यो त्यहि गर्नुहुन्थ्यो । निडर र हक्की स्वभावका धनि कोईरालालाई नेपाली कांग्रेसको अभिभावकको रुपमा समेत लिईन्थ्यो जुन अहिले अभाव र कमी महशुस भैरहेको छ ।

नेपाली राजनीतिमा सधैं शिर्ष स्थानमा रहेर उनी पटक पटक प्रधानमन्त्री मात्र बन्नुभएन सबै राजनैतिक दलको साझा अभिभावक पनि बन्नुभयो । उनको जीवनकाल भरी नेपाली राजनीति पनि सम्बाद, सहमति, सहकार्य कै आधारमा अगाडि बढेको देखिन्छ । संबादको माध्यमबाट जुनसुकै राजनैतिक समस्याहरु समाधान गर्न सकिन्छ भन्ने हिम्मतका साथ अघि बढने कोईरालाले सम्बादकै आधारमा हिसांत्मक बाटोमा हिडिरहेको नेपाल कम्युनिष्ट पार्टी माओबादीलाई राजनैतिक मुलधारमा मात्र ल्याउनु भएन विश्व कम्युनिष्ट आन्दोलनलाई समेत लोकतान्त्रिक फ्रेमवर्क भित्र बस्न बाध्य बनाईदिए ।

देशमा लोकतान्त्रिक आन्दोलनले सफलता प्राप्त गरेसँगै भएको मधेश आन्दोलनलाई समेत गिरिजाबाबुले अत्यन्तै सुझबुझका साथ सेफ ल्याण्डिङ्ग गराएका थिए । जातियताबादी र क्षेत्रियताबादी आन्दोलनले मुलुकलाई तहशनहश बनाउछ भन्ने बुझेका कोईरालाले देशमा देखिएका यस्ता थुप्रै बिध्वङ्गसात्मक आन्दोलनबाट मुलुकलाई जोगाउँदै यहासम्म ल्याई पुर्याउन अहम भूमिका खेलेको कुरामा कुनै दुई मत छैन जुन कुरा आज भन्दा पनि दशकौं पछि झनै अध्ययनको बिषय बन्नसक्छ ।

वास्तबमै रगतको आहालबाट सिंगो मुलुकलाई बाहिर निकालेर देशलाई दिगो शान्तिको मार्गमा हिडाउन सफल नायक, युगपुरुष, राजनेता, युगद्रष्टा गिरिजाप्रसाद कोईरालाको ११ औं स्मृति दिवशको उपलक्षमा उनीप्रति हार्दिक श्रद्धाशुमन अर्पण गर्दै आपसी झैझगडा र ब्यक्तिगत स्वार्थपूर्तिका लागि जुँघाको लडाँई लडिरहेका बर्तमानका राजनीतिक दलका शिर्ष नेतृत्वहरुलाई समेत गिरिजाबाबुले देखाएको राजनीतिक बाटोमा हिडन अग्रसर गराउन सके मात्रै उनी प्रति सच्चा सम्मान गरेको ठहरिन्छ ।

प्रतिक्रिया