Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०४ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

भागरथी हत्या प्रकरणले लियो नयाँ मोड,  अभियुक्तले आरोप लगाएका कर्मचारी किन हिरासतबाट छुटे ?

भागरथी हत्या प्रकरणले लियो नयाँ मोड,  अभियुक्तले आरोप लगाएका कर्मचारी किन हिरासतबाट छुटे ?

धनगढीः बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेकी बैतडीकी किशोरी भागरथी भट्ट प्रकरणलाई लिएर अभियुक्तका बुवाले नयाँ कुरा खोलेपछि आइतबारदेखि त्यस विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्। 


भागरथी भट्ट हत्याको करिब दुई सातापछि प्रहरीले पक्राउ गरि मुद्दा चलाएर हाल पुर्पक्षका लागि बाल सुधार गृहमा रहेका उनका भाइ नाता पर्ने १७ वर्षीय किशोर दिनेश भट्टका बुवाले महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो छोरा ‘निर्दोष’ रहेको दाबी गर्न समेत भ्याएका छन्।

तर अभियुक्तलाई पक्राउ गरेर मुद्दा चलाएको एक महिना ४ दिनपछि दिनेशका बुवा दीपक भट्टले आफ्नो छोरा निर्दोष रहेको भन्दै सार्वजनिक गरेको दलिलको कुनै अर्थ नरहेको अधिकारीहरुले बताएका छन्। 

दिनेशका बुवाले छोराले आफूसँग गाउँपालिकाकै कर्मचारी र एक अर्का अपरिचित व्यक्तिले भागरथीको हत्या गरेको देखेको तर उनीहरुले धम्की दिएपछि आफूले नै अपराध स्वीकारेको भनेका बताइरहेका छन्।  

दिनेशका बुवाले सञ्चार माध्यममा भनेका छन्– ‘बाल सुधार गृहबाट मलाई फोन गरेर आफूले भागरथीको हत्या नगरेको बताएको थियो, शनिबार म आफै दिपायल गएर भेटेर आएको थिए। उसले भागरथीको हत्या गर्नेले मेरो घाँटीमा चक्कु राखेर अरुलाई भनेपछि तिमी, तिम्रो बुवा र भाइलाई मारिदिन्छौँ भनेका थिए। मर्नु भन्दा जेल जानु ठीक भनेर मैले अपराध स्वीकारेको हुँ भन्ने उसको भनाइ छ।’ 

उनले थपेका छन्– ‘यसअघि मसँगै भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका थियौँ नी भनेर सोध्दा उसले त्यतिबेला तपाईहरु गाउँमै बस्नुहुन्थ्यो भनेर मैले भनेन। अहिले त गाउँ छोडिसक्नुभयो त्यसैले सत्य कुरा बताएको हुँ,’ 

को हुन् दिनेशले आरोप लगाएका कर्मचारी ? 

पुर्पक्षका लागि बाल सुधार गृहमा रहेका अभियुक्त दिनेशले आरोप लगाएका भनिएका परिचित व्यक्ति दोगडाकेदार गाउँपालिकाकै कर्मचारी भएको बताइन्छ।  उनी गाउँपालिकाको वडा नम्बर ७ का प्राविधिक कर्मचारी हुन्। मृतक भागरथी र अभियुक्त दिनेश पनि सोही वडाका हुन्। कार्की थरका ती कर्मचारी अहिले पनि दोगडाकेदारमै कार्यरत रहेको बताइन्छ। 

ती कर्मचारीबारे के भन्छ प्रहरी ? 

बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेकी भागरथी भट्टको हत्या प्रकरणमा नेपाल प्रहरीले झण्डै २ सय जनामाथि अनुसन्धान गरिएको जनाएको छ। सो क्रममा अभियुक्त दिनेशले अहिले आरोप लगाइरहेका कर्मचारी पनि अनुसन्धानको घेरामा आएका थिए। 

तत्कालीन समयमा प्रहरीले अनुसन्धानका लागि महेन्द्रनगरबाट पक्राउ गरेका व्यक्ति तिनै कर्मचारी रहेको प्रहरी उच्च स्रोतले  बतायो। यद्यपी अनुसन्धानपछि भने उनी छुटेका थिए।

‘हामीले ती कर्मचारीलाई करिब ५(७ दिन हिरासतमा राखेर अनुसन्धान गरेका थियौँ,’ प्रहरी स्रोतले भन्यो, ‘तर तथ्य र प्रमाणले उनीमाथिको शंकालाई पुष्टि गरेन। सोही कारण उनलाई छोडिएको हो। अब जबरजस्ती उनलाई कसरी अपराधी करार गर्न सकिन्थ्यो।’ 

अनुसन्धानका क्रममा ती कर्मचारी जस्तै झण्डै दुई सय जनालाई हिरासतमा लिएको बताउँदै प्रहरीले सबैको विवरण सार्वजनिक गर्न नसकिने बताउने गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एक उच्च प्रहरी अधिकारीकाअनुसार संदिग्ध भएको आशंकामा ती कर्मचारीको लोकेशन, अन्य गतिविधि र घटना भएका बेला उनको भौतिक उपस्थिती लगायतका विषयमा पनि अनुसन्धान गरिएको थियो। 

‘अनुसन्धानका क्रममा उनी घटना भएको दिन कार्यालयमै रहेको खुलेको थियो,’ स्रोत भन्छ, ‘उनले त्यो दिन कार्यालयबाट सेवा दिएका सेवाग्राहीले प्रहरीमा कागजपत्र नै गरेका छन्।’

 तर उनलाई महेन्द्रनगरबाट किन पक्राउ गरियो रु भन्ने प्रश्नमा प्रहरी अधिकारी भन्छन्, ‘त्यो बेला गाउँ छोडेर अन्यत्र जाने सबै व्यक्तिलाई निगरानीमा राखेर अनुसन्धान गर्ने क्रममा नै उनी पनि परेका हुन्।’

यद्यपी प्रहरीले भने मुद्दा अदालतमा विचाराधिन भएकाले विगतमा अनुसन्धानका क्रममा गरिएका काम कारवाहीको बारेमा अहिले बोल्न नमिल्ने बताउदै आएको छ।-dineshkhabar  

प्रतिक्रिया