Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बैतडीमा छात्राहरू एक्कासि बेहोस भए पछि विद्यालय सञ्चालनमा समस्या

बैतडीमा छात्राहरू एक्कासि बेहोस भए पछि विद्यालय सञ्चालनमा समस्या

बैतडी-  गएको एक हप्तादेखि बैतडीको एक विद्यालयका छात्राहरू एक्कासि बेहोस हुन थालेका छन्। शिवनाथ गाउँपालिका शर्मालीस्थित नागार्जुन माविका छात्राहरू गएको बिहीबारदेखि बेहोस हुन थालेका हुन्। 

कक्षाकोठामै छात्राहरू बेहोस हुन थालेका प्रधानाध्यापक महामलसिंह साउँदले जानकारी दिए। गएको बिहीबारदेखि कक्षा ८–१० मा अध्ययनरत छात्राहरू अकस्मात् बेहोस हुन थालेका छन्। छात्राहरू बेहोस हुँदा विद्यालय सञ्चालनमै समस्या भएको छ, उनले भने, ‘विद्यालयमा पुग्ने बित्तिकै छात्रा बेहोस हुने र एक जना बेहोस हुने बित्तिकै अरु पनि बेहोस हुने क्रम बढेको छ।’

बेहोस हुने, बर्बराउनेलगायत लक्षण छात्राहरूमा देखा परेको साउँदले बताए। बेहोस भएका मध्ये कक्षा १० मा अध्ययनरत जमुना कलौनीलाई उपचारका लागि धनगढी रेफर गरिएको विद्यालयले जनाएको छ। 

सरकारले मंगलबारदेखि  चारदिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। तर विद्यालय सञ्चालनमै रहेको  भएपनि विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको प्रधानाध्यापक साउँदको भनाई छ।

छात्राहरूमा देखिने यस्तो समस्या मास कन्भर्सन डिसअर्डर हुन सक्ने  जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताए। उनले भने, ‘मानसिक तनाव, व्यक्त गर्न नसकेका कुरालगायत कारणले यो हुन  सक्छ, किशोरीहरूमा यो समस्या बढी देखिन्छ।’

प्रतिक्रिया

ट्रेन्डिङ