Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

बैतडीमा छात्राहरू एक्कासि बेहोस भए पछि विद्यालय सञ्चालनमा समस्या

बैतडीमा छात्राहरू एक्कासि बेहोस भए पछि विद्यालय सञ्चालनमा समस्या

बैतडी-  गएको एक हप्तादेखि बैतडीको एक विद्यालयका छात्राहरू एक्कासि बेहोस हुन थालेका छन्। शिवनाथ गाउँपालिका शर्मालीस्थित नागार्जुन माविका छात्राहरू गएको बिहीबारदेखि बेहोस हुन थालेका हुन्। 

कक्षाकोठामै छात्राहरू बेहोस हुन थालेका प्रधानाध्यापक महामलसिंह साउँदले जानकारी दिए। गएको बिहीबारदेखि कक्षा ८–१० मा अध्ययनरत छात्राहरू अकस्मात् बेहोस हुन थालेका छन्। छात्राहरू बेहोस हुँदा विद्यालय सञ्चालनमै समस्या भएको छ, उनले भने, ‘विद्यालयमा पुग्ने बित्तिकै छात्रा बेहोस हुने र एक जना बेहोस हुने बित्तिकै अरु पनि बेहोस हुने क्रम बढेको छ।’

बेहोस हुने, बर्बराउनेलगायत लक्षण छात्राहरूमा देखा परेको साउँदले बताए। बेहोस भएका मध्ये कक्षा १० मा अध्ययनरत जमुना कलौनीलाई उपचारका लागि धनगढी रेफर गरिएको विद्यालयले जनाएको छ। 

सरकारले मंगलबारदेखि  चारदिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। तर विद्यालय सञ्चालनमै रहेको  भएपनि विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको प्रधानाध्यापक साउँदको भनाई छ।

छात्राहरूमा देखिने यस्तो समस्या मास कन्भर्सन डिसअर्डर हुन सक्ने  जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताए। उनले भने, ‘मानसिक तनाव, व्यक्त गर्न नसकेका कुरालगायत कारणले यो हुन  सक्छ, किशोरीहरूमा यो समस्या बढी देखिन्छ।’

प्रतिक्रिया