Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

६ वर्षपछि गणना : देशभरका निकुञ्जमा १ सय ७ गैँडा थपिए

६ वर्षपछि गणना : देशभरका निकुञ्जमा १ सय ७ गैँडा थपिए

काठमाडौ - देशभरको विभिन्न राष्ट्रिय निकुञ्ज तथा आसपासका वनमा ६ वर्षपछि गैँडाको संख्या बढेको छ। १ सय ७ सहित र १६।६ प्रतिशतले गैँडा बढेको हो। देशभरको वनमा अब कुल गैँडाको संख्या ७ सय ५२ वटा पुगेको छ। गत वर्ष कोभिड महामारी सुरु भएपछि गणना रोकिएको थियो। हरेक पाँच(पाँच वर्षमा गणना हुने गरेको छ। २०१५ मा गरिएको गणना अनुसार निकुञ्जमा ६ सय ४५ वटा गैँडा थिए।

भाले १४६ र पोथी १९८ लिंग नखुलेको ४०८ वटा गैँडा फेला परेको  निकुञ्जले शनिबार पत्रकार सम्मेलन गरी वन तथा वातावरण मन्त्रालयका सचिव डा। विश्वनाथ ओलीले जानकारी दिएका छन्। उनका अनुसार वयस्क ५ सय २०, अर्ध वयस्क ९६ र बच्चा १ सय ३६ वटा छन्।

गणनामा कुल १ करोड ४० लाख खर्च

गणना गर्न १ करोड ४० लाख बजेट छुट्याइएको ‌ओलीले जानकारी दिए। नेपाल सरकारले १ करोड १० लाख र  सहयोगी संस्थाहरु बाट ९राष्ट्रिय प्रकृति संरक्षण कोष,डब्लु डब्लु एफ नेपाल र जेड एस एल नेपाल० ३० लाख संकलन भएको थियो।

पर्सा राष्ट्रिय निकुञ्जमा भाले र पोथी गरेर २, लिङ्ग नछुट्टिएको १,वयस्क २,बच्चा १ र कुल ३ वटा भएको छ। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र आसपासको क्षेत्रमा १ सय २८ भाले,पोथी १ सय ७४,लिङ्ग नछुटिएको ३ सय ९२, वयस्क ४ सय ७४, अर्ध वयस्क ९५,बच्चा १ सय २५ र कुल ६ सय ९४ रहेको छ। यसअघि ६ सय ५ थिए।

बर्दिया राष्ट्रिय निकुञ्जमा भाले १४,पोथी १९, लिङ्ग नछुटिएको ५,वयस्क ३१,अर्ध वयस्क १, बच्चा ६ र कुल ३८ भएका छन्। यसअघि त्यहाँ २९ वटा गैँडा थिए। शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा भाले ३, पोथी ४, लिङ्ग नछुटिएको १०, वयस्क १३, बच्चा ४ र कुल १७ वटा गैँडा भए। त्यहाँ ८ वटा गैँडा थिए।

१९ दिनमा २ सय ५० जनशक्ति लगाई गणना


२५० जनशक्ति र ४३ ओटा हात्तीले १९ दिन लगाएर गैँडा गणना गरेको हो। गणनाका लागि ५७ वटा हात्ती प्रयोग गरिएको थियो। गणनाका लागि २ सय ५० जनशक्ति खटाइएको थियो। चितवन पर्सामा २३ दिनमा ६० जनाले, बर्दियामा १२ दिनमा ४० जना, शुक्ला फाटमा ७ दिनमा ४० जनाले गणना गरेका थिए।

गैँडाको बासस्थानबाट ५० देखि सय दूरीमा जिपिएस, दूरबिन तथा वाकीटकीको प्रयोग गरि गणना गरिएको थियो। यस वर्षको गैँडा गणना चैत ९ गतेबाट सुरु भई २८ गते सम्पन्न भएको हो।-Thahakhabar

प्रतिक्रिया

ट्रेन्डिङ