Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपालको निर्यात क्षमता १२ गुणा बढाउन सकिने विश्व ब्यांकको आकलन

नेपालको निर्यात क्षमता १२ गुणा बढाउन सकिने विश्व ब्यांकको आकलन

काठमाडौँ- नेपालले वार्षिक ९.२ अर्ब डलर (करीब रु.११ खर्ब) बराबरको वस्तु निर्यात गर्न सक्ने विश्व ब्यांकले आकलन गरेको छ। अहिलेको निर्यातलाई १२ गुणा बढाउन सक्ने सम्भावना भए पनि नेपालले पर्याप्त सामर्थ्यको विकास गर्न नसकेको विश्व ब्यांकले उल्लेख गरेको छ। 

विश्व ब्यांकले सोमबार नेपाल विकास अपडेट जारी गर्दै निर्यात बढाउन आवश्यक योजना कार्यान्वयन नगरेको पनि जनाएको छ। २० वर्षअगाडि सम्म नेपालको निर्यातको स्थिति सन्तोषजनक रहे पनि त्यसयता खस्किदैँ गएको उल्लेख गरेको छ। खस्किएको निर्यातलाई बढाएर देशको अर्थतन्त्रलाई गति दिन नेपालले बलियो पहलकदमी लिएको छैन। 

विश्व ब्यांकले निर्यात सुधारका लागि ६ प्रमुख क्षेत्रहरुमा सुधारको आवश्यकता औंल्याएको छ। जसमा, पर्यटन क्षेत्रको सुधार तथा महामारीपछि शिथिल पर्यटन क्षेत्रको पुनरुत्थानलाई पहिलो प्राथमिकतामा राखिएको छ। प्रत्यक्ष वैदेशिक लगानीलाई आकर्षित गर्न सरकारी प्रकृयालाई सुधारको आवश्यकतालाई प्रतिवेदनले दोस्रो नगरी नहुने काम भनेको छ।

त्यस्तै, निर्यातकर्ताको क्षमता अभिवृद्धि र निर्यातको आधुनिकीकरण, निर्यातको लागत न्यूनीकरण, निर्यात हुने वस्तुको गुणस्तर नियन्त्रण आदिको आवश्यकता पनि प्रतिवेदनमा औल्याइएको छ। विश्वव्यापी मूल्य श्रृंखलामा जोडिन डिजिटल व्यापार र ई कमर्शलाई बढावा दिनुपर्ने पनि विश्व ब्यांकको सुझाव छ। 

ब्यांकले महामारीका कारण नेपालको अर्थतन्त्रमा गम्भीर धक्का पुगे पनि चालु आर्थिक वर्षदेखि सुस्त पुनउत्थान हुने अपेक्षा गरेको छ। ब्यांकका अनुसार, यो वर्षको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने अनुमान छ। गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४ दशकपछि ऋणात्मक हुँदै १.९ प्रतिशतले नकारात्मक वृद्धि भएको थियो। 
 

प्रतिक्रिया