Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

नेपालको निर्यात क्षमता १२ गुणा बढाउन सकिने विश्व ब्यांकको आकलन

नेपालको निर्यात क्षमता १२ गुणा बढाउन सकिने विश्व ब्यांकको आकलन

काठमाडौँ- नेपालले वार्षिक ९.२ अर्ब डलर (करीब रु.११ खर्ब) बराबरको वस्तु निर्यात गर्न सक्ने विश्व ब्यांकले आकलन गरेको छ। अहिलेको निर्यातलाई १२ गुणा बढाउन सक्ने सम्भावना भए पनि नेपालले पर्याप्त सामर्थ्यको विकास गर्न नसकेको विश्व ब्यांकले उल्लेख गरेको छ। 

विश्व ब्यांकले सोमबार नेपाल विकास अपडेट जारी गर्दै निर्यात बढाउन आवश्यक योजना कार्यान्वयन नगरेको पनि जनाएको छ। २० वर्षअगाडि सम्म नेपालको निर्यातको स्थिति सन्तोषजनक रहे पनि त्यसयता खस्किदैँ गएको उल्लेख गरेको छ। खस्किएको निर्यातलाई बढाएर देशको अर्थतन्त्रलाई गति दिन नेपालले बलियो पहलकदमी लिएको छैन। 

विश्व ब्यांकले निर्यात सुधारका लागि ६ प्रमुख क्षेत्रहरुमा सुधारको आवश्यकता औंल्याएको छ। जसमा, पर्यटन क्षेत्रको सुधार तथा महामारीपछि शिथिल पर्यटन क्षेत्रको पुनरुत्थानलाई पहिलो प्राथमिकतामा राखिएको छ। प्रत्यक्ष वैदेशिक लगानीलाई आकर्षित गर्न सरकारी प्रकृयालाई सुधारको आवश्यकतालाई प्रतिवेदनले दोस्रो नगरी नहुने काम भनेको छ।

त्यस्तै, निर्यातकर्ताको क्षमता अभिवृद्धि र निर्यातको आधुनिकीकरण, निर्यातको लागत न्यूनीकरण, निर्यात हुने वस्तुको गुणस्तर नियन्त्रण आदिको आवश्यकता पनि प्रतिवेदनमा औल्याइएको छ। विश्वव्यापी मूल्य श्रृंखलामा जोडिन डिजिटल व्यापार र ई कमर्शलाई बढावा दिनुपर्ने पनि विश्व ब्यांकको सुझाव छ। 

ब्यांकले महामारीका कारण नेपालको अर्थतन्त्रमा गम्भीर धक्का पुगे पनि चालु आर्थिक वर्षदेखि सुस्त पुनउत्थान हुने अपेक्षा गरेको छ। ब्यांकका अनुसार, यो वर्षको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने अनुमान छ। गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४ दशकपछि ऋणात्मक हुँदै १.९ प्रतिशतले नकारात्मक वृद्धि भएको थियो। 
 

प्रतिक्रिया