Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बिसु र चैतेदसैंको रौनक एकैसाथ

बिसु र चैतेदसैंको रौनक एकैसाथ

अछाम - अछाममा नयाँ वर्ष चैते दसैंको रौनक एकसाथ छाएको छ । संयोगले नयाँ वर्षपछी चैते दसैं परेकाले दुवै पर्वको रौनकता एकसाथ छाएको हो । 

नयाँ वर्षको दिन देवर –भाउजु , नन्द– भाउजु , साली –भिनाजुले एक आपसमा सिस्नु चिलाएर शुभकामना दिन्छन् भने पुतला खेलेर पनि नयाँ वर्ष मनाउने चलन छ ।  भारत गएकाहरु गाउँ फर्किएका छन् । गाउँका सार्वजनिक स्थलमा पुतला खेलले रौनकता छाएको छ ।

विषेशगरी विषुमा सेलरोटी, मासको फाँडो, भात, मासको बटुक, फाउने माडा बिसुमा पकाइने मुख्य परिकार भएको मंगलसेन– ५ कि झुमा भाटले बताइन् । ‘विवाह गरेका छोरी, नन्दहरु माइतिघरमा आउने , रमाइलो गर्ने चलन छ ।’  उनले भनिन् , देवर –भाउजु , नन्द– भाउजु , साली –भिनाजुले एक आपसमा सिस्नु चिलाएर रमाइलो गर्छन् । यो चलन जिल्लाभर नै छ ।’ वर्षको सुरुवतमा रमाइलो गर्ने , मिठो परिकार बनाएर खुवाउँदा सामाजिक एकता , सद्भाव कायम हुने र वर्षभरी सुख, शान्ति र समृद्धि आउने विश्वास रहेको स्थानीय बताउछन् ।

‘नयाँ वर्षका रूपमा मनाइने यो पर्वका दिन प्रत्येक घरमा ‘गतानी डुब्का’ (स्थानीय खानाको परिकार) पकाइ खाने चलन छ । यो पर्वमा ईष्ट–कूलदेवताको पूजा पनि गर्ने गरिन्छ ।’ ढकारी गाउँपालिका –७ का सिद्ध साउदले भने ,  ‘सिस्नु पानी छ्याप्दा शरीरका छालासम्बन्धी रोग निर्मूल हुने विश्वास रहेको छ । त्यसैले देवर–भाउजू, नन्द–भाउजू, साली–भिनाजुहरु एक–आपसमा सिस्नु पानी छ्यापेर रमाइलो गर्नेगर्छन् ।’ विषु पर्वका दिन प्रत्येक घरमा दहीमा भिजाएर तयार पारिएको ‘दही–चामल’ प्रसादको रुपमा छरछिमेकमा बाँडेर खाने चलन रहेको उनले बताए ।

महिलाहरु जमघट भइ सुख दुःखका कुरा गर्ने र रमाइलो गर्ने पर्वको रुपमा पनि विषु पर्वको लिने गरेको मंगलसेन –६ कि नामसरा भण्डारीले बताइन् । ‘सधैं काममै व्यस्त हुने जेठानी– देवरानीले यो बेला फुर्सद गरेर पुत्ला नाच, देउडा नाच खेलेर बिषु मनाउछन् ।’  उनले भनिन् ,‘पुत्लामा सबैले एउटै पहिरन लगाएर बैग्लै भाका र लयका साथ छोरीका दुःख , माइतिको सम्झना र देउताका देउडा गाउने गर्छन् ।’ अहिलेका पुस्ताले रमाइलो मात्रै गर्नको लागि नया वर्ष मनाउने गरेको उनको बुझाइ छ । मौलीक संस्कृतीको महत्वबारे बुझैनै नचाहेको उनि बताउछिन् । 


घर पोत्न माटोको जोहो
 चैतै दसैं नजिकिदै गर्दा गाउँमा चहलपहल बढेको छ ।  रोजगारी र अध्ययनको सिलसिलामा घर बाहिर भएकाहरु गाउँ फर्किने क्रम पनि बढेको छ । गाउ“मा महिलाहरु रातो  कमेरो माटो  खोज्नमा व्यस्त देखिन्छन् । विषेश गरी दशैमा  पुरै घर पोत्नु पर्ने प्रचलन भएकाले घण्टौं हिंडेर माटो ल्याउने गरेको मंगलसेन – ८ सुतुडा  कि रमना खनालले बताइन् । ‘कमेरो माटो त घर छेउमै पाइन्छ । तर रातो माटो लिन ४/५ घण्टा नै हिंड्नुपर्छ ’ उनले भनिन् , जुठो भएको वर्ष पुरै घर पोत्न मिल्दैन । अशुद्ध भएको घरलाई चोख्याउन कमेरो र  रातो माटाले पोत्नुपर्छ ।’ 

सुतुडाकै लाली बोहरालाई माटो ल्याउन जाने चहलपहल भएपछि मात्रै दसैं  आए जस्तो लाग्छ । नजिकै रातो माटो नपाइने भएपछि गाउँका सबै महिललाहरु जम्मा भएर मंगलसेन ३ मा रहेको गाद्धेका माटो लिन जान्छन् । ‘पक्कि घर हुनेहरु चुना लगाउछन् । कच्चि घरमा रातो माटो र कमेरो नै लगाउछौं ’ उनले भनिन् ,माटो निकाल्दा बोटबिरुवा सुक्न थालेको भन्दै बन्द गरेपछि भने हामीलाई दुःख थपिएको छ । ’  घर शुद्ध पार्न वनजंगलमा माटो खोज्दै भौंतारिनु परेको बोहराले बताइन् । ‘घर पोत्ने रातो माटो र सेतो कमेरो जहाँसुकै पाइँदैन,’ उनले भनिन्, ‘दसैंमा कसको घर चिटिक्क छ भनेर दा“जिन्छ । त्यही भएर वर्षाभरि पानीले पखालेको भित्तो टाढाबाट हेर्दै टलक्क टल्किने गरी पोत्न थालेकी छु ।’ गाउँमा पक्की घर छिटफुटमात्रै छन । घटस्थापनाअघि नै घर चोख्याइन्छ । टपरीमा जमरा नयाँ माटोमा उमारिन्छ । त्यसैले पनि अहिलेदेखि नै आफूहरू माटोको जोहोमा लागेको स्थानीले सुनाए । 

कुल देउता खुसी पार्न लिपपोत
घरको माथिले भागमा सेतो र तल रातोले भित्ता पोतिन्छ । कतिपयले धार्मिक मान्यताले पूरै घर रातो माटोले पोत्छन् । विरपथकी नमिता शाहीले बताइन् ।

उनी  घर पोत्ने तयारीमा छन् । ‘हामीले सधैं पूरै घर रातो माटोले पोत्छौं,’ उनले भनिन्, ‘खानीबाट आफैं खनेर ल्याउँछौं । बजारको रंग लगाएर हामीलाई शुभ संकेत हुँदैन ।’ माटोको खानी सुरक्षित राखेपछि कतै हराउने र पुरिने गरेको उनले बताइन् । माटोले पोत्नुपर्छ भन्ने धार्मिक मान्यता छ ।

घरबाट पन्ध्र किलोमिटर टाढाको खानीबाट रातो माटो घरमा ल्याइसकेकी छन। सरसफाइ भइसक्यो ।  ‘एक÷दुई दिनमा पोत्ने हो । पोतेपछि घर पवित्र हुन्छ । 
 

प्रतिक्रिया