Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सिगरेट फ्याक्ट्रीको क्वार्टरबाट बजाउन काम लाग्छ बाँसुरी

सिगरेट फ्याक्ट्रीको क्वार्टरबाट बजाउन काम लाग्छ बाँसुरी

कसलाई के धन्दा, कसलाई के धन्दा, घरज्वाइँलाई खानेकै धन्दा ! नेपाली समाजमा प्रचलित यो उखान अहिले प्रदेश सरकारहरूको हकमा ठ्याक्कै मिलेजस्तो लाग्छ कन्टिर–बाबूलाई ।

सम्पूर्ण विश्व अहिले कोरोनाविरुद्धको सङ्घर्षमा व्यस्त छन् । विश्वका सरकारहरू आफ्ना जनताको ज्यान कसरी जोगाउने होला भन्ने चिन्ता र ध्याउन्नमा छन् । तर नेपालका सङ्घदेखि प्रदेशसम्मका सरकारहरू भने आफ्नो सत्ता जोगाउने कुरालाई नै महाभारत बनाइरहेका छन् ।

कन्टिर–बाबूले पढेको इतिहासले भन्छ– रोममा एक जना राजा थिए, निरो । उनी बाँसुरीका सोखिन थिए । सम्पूर्ण रोम जलिरहँदा राजा निरो भने बाँसुरी बजाइरहेका थिए । जनताको अवस्था जे सुकै होस् ।

नेपालमा पनि रोमको त्यही मिथकीय नियति थोपरिएको छ । कन्टिर–बाबूका अनुसार अहिले समाजमा कोरोना भाइरस भुसको आगोजस्तै जताततै सल्किन थालेको छ ।

अहिले कोरोनाको सम्भावित आतङ्क र महामारीसँग जुध्न आवश्यक तयारी गर्नुपर्ने, अक्सिजनको जोहो गर्नुपर्ने, अस्पताल, स्वास्थ्यकर्मी, आइसोलेसन, होल्डिङ सेन्टर, क्वारेन्टाइन, माक्स, सेनिटाइजर, खोप आदि बन्दोवस्त गर्नुपर्ने संवेदनशील बेला हो । विडम्बना गर्नुपर्ने काम गर्न छोडेर सङ्घदेखि प्रदेशसम्मका सरकारहरू उद्घाटन, शिलान्यासका नाममा शिलालेख र ताम्रपत्रमा नाम लेखाउन र कीर्तनको सामान बाँड्ने कार्यलाई प्राथमिकतामा राखेका छन् । यो देखेर कन्टिर–बाबूलाई बहुत ‘अजगुत’ लागेको छ ।

अरे यार, हेर्नुहोस् कोरोनाकालमा प्रदेश २ को सरकारको प्राथमिकता ! मानौँ कोरोना कुनै देव–देवी हुन् र तिनको पूजा, आरती र कीर्तन गर्न झ्याली, ढोलक, हारमोनियम दिएर कीर्तन मण्डली र मठ–मन्दिरलाई सहयोग गर्ने रे ! सायद प्रदेश सरकारका मान्छेलाई लागेको होला यति गरेपछि कोरोना चैट् !

प्रदेश सरकारको यस कार्यको नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य देवकुमार यादवले तीव्र आलोचना गरेका छन् । उनी भन्छन्– बाँसुरीवालाहरू छुट्यो प्रदेश सरकार ! मेलामा यस्ता बाँसुरी किन्न हामीलाई पनि सहयोग गर !

यो कस्तो जग हँसाउने कार्यक्रम, छ्या ! भनेर पत्रकार यादवले सार्वजनिक बहसमा राखेको प्रश्नप्रति कन्टिर–बाबूको पूर्ण सहमति छ ।

साथै कन्टिर–बाबू यादवजीलाई एउटा विशेष जानकारी दिन चाहन्छन्– अरे यादव जी, बाँसुरी प्रदेश सरकारले आफैँले राख्ने भयो नि ! पछि कोरोनाले सबै सोत्तर हुँदा लालबाबुजीले सिगरेट फ्याक्ट्रीको क्वार्टरमा बसेर निरो सम्झिँदै बजाउनुपरेन ! कोसी अनलाईन बाट धर्मेन्द्र झा को स्तम्भ 

प्रतिक्रिया