Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सिगरेट फ्याक्ट्रीको क्वार्टरबाट बजाउन काम लाग्छ बाँसुरी

सिगरेट फ्याक्ट्रीको क्वार्टरबाट बजाउन काम लाग्छ बाँसुरी

कसलाई के धन्दा, कसलाई के धन्दा, घरज्वाइँलाई खानेकै धन्दा ! नेपाली समाजमा प्रचलित यो उखान अहिले प्रदेश सरकारहरूको हकमा ठ्याक्कै मिलेजस्तो लाग्छ कन्टिर–बाबूलाई ।

सम्पूर्ण विश्व अहिले कोरोनाविरुद्धको सङ्घर्षमा व्यस्त छन् । विश्वका सरकारहरू आफ्ना जनताको ज्यान कसरी जोगाउने होला भन्ने चिन्ता र ध्याउन्नमा छन् । तर नेपालका सङ्घदेखि प्रदेशसम्मका सरकारहरू भने आफ्नो सत्ता जोगाउने कुरालाई नै महाभारत बनाइरहेका छन् ।

कन्टिर–बाबूले पढेको इतिहासले भन्छ– रोममा एक जना राजा थिए, निरो । उनी बाँसुरीका सोखिन थिए । सम्पूर्ण रोम जलिरहँदा राजा निरो भने बाँसुरी बजाइरहेका थिए । जनताको अवस्था जे सुकै होस् ।

नेपालमा पनि रोमको त्यही मिथकीय नियति थोपरिएको छ । कन्टिर–बाबूका अनुसार अहिले समाजमा कोरोना भाइरस भुसको आगोजस्तै जताततै सल्किन थालेको छ ।

अहिले कोरोनाको सम्भावित आतङ्क र महामारीसँग जुध्न आवश्यक तयारी गर्नुपर्ने, अक्सिजनको जोहो गर्नुपर्ने, अस्पताल, स्वास्थ्यकर्मी, आइसोलेसन, होल्डिङ सेन्टर, क्वारेन्टाइन, माक्स, सेनिटाइजर, खोप आदि बन्दोवस्त गर्नुपर्ने संवेदनशील बेला हो । विडम्बना गर्नुपर्ने काम गर्न छोडेर सङ्घदेखि प्रदेशसम्मका सरकारहरू उद्घाटन, शिलान्यासका नाममा शिलालेख र ताम्रपत्रमा नाम लेखाउन र कीर्तनको सामान बाँड्ने कार्यलाई प्राथमिकतामा राखेका छन् । यो देखेर कन्टिर–बाबूलाई बहुत ‘अजगुत’ लागेको छ ।

अरे यार, हेर्नुहोस् कोरोनाकालमा प्रदेश २ को सरकारको प्राथमिकता ! मानौँ कोरोना कुनै देव–देवी हुन् र तिनको पूजा, आरती र कीर्तन गर्न झ्याली, ढोलक, हारमोनियम दिएर कीर्तन मण्डली र मठ–मन्दिरलाई सहयोग गर्ने रे ! सायद प्रदेश सरकारका मान्छेलाई लागेको होला यति गरेपछि कोरोना चैट् !

प्रदेश सरकारको यस कार्यको नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य देवकुमार यादवले तीव्र आलोचना गरेका छन् । उनी भन्छन्– बाँसुरीवालाहरू छुट्यो प्रदेश सरकार ! मेलामा यस्ता बाँसुरी किन्न हामीलाई पनि सहयोग गर !

यो कस्तो जग हँसाउने कार्यक्रम, छ्या ! भनेर पत्रकार यादवले सार्वजनिक बहसमा राखेको प्रश्नप्रति कन्टिर–बाबूको पूर्ण सहमति छ ।

साथै कन्टिर–बाबू यादवजीलाई एउटा विशेष जानकारी दिन चाहन्छन्– अरे यादव जी, बाँसुरी प्रदेश सरकारले आफैँले राख्ने भयो नि ! पछि कोरोनाले सबै सोत्तर हुँदा लालबाबुजीले सिगरेट फ्याक्ट्रीको क्वार्टरमा बसेर निरो सम्झिँदै बजाउनुपरेन ! कोसी अनलाईन बाट धर्मेन्द्र झा को स्तम्भ 

प्रतिक्रिया