Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

जनता मार्ने माध्यम नबनोस् दोस्रो लकडाउन दिवस !

जनता मार्ने माध्यम नबनोस् दोस्रो लकडाउन दिवस !

ए हजुर, सङ्घीय राजधानीमा आजदेखि, खै … निषेधाज्ञा हो कि लकडाउन हो, सुरू भएको छ । कन्टिर–बाबू भन्छन्– एबिसी नाम जे दिए पनि यो मानिसलाई घरमै नजरबन्द गर्ने निन्जा टेक्निक हो ।

लकडाउनको अनुभव नेपालीका लागि नौलो होइन । गत वर्ष पनि यो अनुभव राम्रैसँग सँगालिएकै हो । जताततै कोरोना महामारी फैलिरहेको यो सकसपूर्ण बेलामा त्यसको लाङ्लो भाँच्न निषेधाज्ञा भए पनि लकडाउन भए पनि केही दिनका लागि मानिसको अनियन्त्रित हिँडडुलमा रोक लगाउनु दुःख मान्नुपर्ने कुरा होइन ।

तर कन्टिर–बाबूलाई दुःख त किन लागेको छ भने अघिल्लो पटकको कोरोना भेरियन्ट र लकडाउन अनुभवबाट नेपालका कुनै पनि तहका सरकारले केही पनि सिकेनन । खाली भत्ता र कमिसनको खेलमा व्यस्त भए भातमाराहरू ! यसपटक त अनपेक्षित अवस्थाले झन् चुली नै नाघ्यो ।

लकडाउनको एक दिन पहिले पब नामधारी एक जना ‘सङ्क्रमित’ लुसुक्क पोखरा पुगे गण्डकी प्रदेशका एक जना सांसदलाई सङ्क्रमित बनाए । अचानक बिरामी बनाइएका ती सांसदका कारण पृथ्वीजीको सत्ता तत्कालका लागि जोगियो । लकडाउनका नाममा अनिश्चितकालका लागि प्रदेशसभा स्थगित गरियो ।

कन्टिर–बाबू सोध्छन्– सत्ताधारीहरूलाई कति फलिफाप भएको यो कोरोना र लकडाउन ? विचरा निमुखा जनतालाई पो बाँच्नु न मर्नुको सास्ती ! सत्ताधारीका लागि त अपना काम बनता भाँड में जाए जनता !

त्यसो त कन्टिर–बाबू लकडाउन विरोधी होइनन् मात्र उनी यसको उचित व्यवस्थापन भएको हेर्न चाहन्छन् । उनको चाहना छं कुनै पनि नाममा सत्ता लम्ब्याउने र जनता मार्ने माध्यम नबनोस् यो लकडाउन ।

कन्टिर–बाबू दोस्रो वार्षिक लकडाउन दिवस प्रारम्भको विशेष अवसरमा अरू के नै दिन सक्छन र ? रूघा, खोकी, ज्वरो नलागोस्, शरीरमा ऐँठन नहोस्, खाना गजबले रूचोस्, खाना टन्न खाइए पनि धेर नमोटाइयोस् भन्ने शुभेच्छाबाहेक कन्टिर–बाबूसँग केही पनि छैन दिनलाई ।भन्छन्– भए पनि यो अप्ठेरो बेलामा प्रदेश २ को सरकारले जस्तो ढोलक र हारमोनियमचाहिँ दिइन्न है हजुर !

प्रतिक्रिया