Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

भोकले रुँदैछन् मजदूर, सरकारलाई छैन चासो

भोकले रुँदैछन् मजदूर, सरकारलाई छैन चासो

आज मे १ अर्थात् १३२ औँ अन्तरराष्ट्रिय श्रमिक दिवस। कोरोना महामारीका कारण यो अघिल्लो र यो वर्ष दिवस मनाइँदैछैन। यो भन्दा ठूलो पीडा त श्रमिक/मजदूरहरूले खेपिरहेका छन्‌।

​गत वर्ष पनि यतिखेर सरकारले लकडाउन गरेको थियो। औपचारिक र अनौपचारिक क्षेत्रमा आश्रित श्रमिकहरूले आम्दानीको स्रोत गुमाएका थिए र भोकै परेका थिए। रोजगारी खोज्दै आएका श्रमिकहरू शहरहरूमा अलपत्र परेपछि हिँड्दै आफ्नो थातथलोतर्फ फर्किएका थिए। यो वर्ष पनि यस्तै स्थिति निम्तिने देखिँदैछ।

अलपत्र परेका मजदूरको व्यवस्थापनतर्फ अझैपनि सरकारले चरम लापरवाही गरिरहेको छ। शहरबाट घर फर्कन सवारीसाधन समेत व्यवस्थापन गर्न नसकेको सरकारले उनीहरूको भोक/रोग र शोकबारे कुनै चासो राखिरहेको छैन।

औपचारिक क्षेत्रमा आबद्ध भएका भनिएका मजदूरलाई व्यवस्थापकले अनेक बहानामा श्रमबाटै विमुख पार्ने काम यो वर्ष पनि दोहोर्‍याउन थालिसकेका छन्‌।​​

श्रमिक र मजदूरहरूलाई जुलुसमा टाउको देखाउन प्रयोग गर्ने हुल ठान्ने गरेका राजनीतिक दलका नेताहरूले औपचारिकताका लागि यो वर्ष पनि मजदूरहरूलाई शुभकामना दिएका छन्‌। तर, यो संकटका बेला मजदूरहरूको सुरक्षा र जीवनयापनको सुनिश्चितताबारे 'यसो गर्छौं' भनेका छैनन्‌।​

कोरोना महामारी फैलिएसँगै छिमेकी देश भारत र विश्वका विभिन्न देशमा रोजगारी गर्न पुगेका धेरै नेपालीहरू अलपत्र परिरहेका छन्‌। बल्लतल्ल स्वदेश आउन सकेकाहरू पनि रोजगारी नपाउँदा प्रताडित भैरहेका छन्‌।

यसरी मनाउन थालियो मजदूर दिवस

८ घण्टा काम, ८ घण्टा आराम र ८  घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदूरहरूले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तरराष्ट्रिय मजदूर दिवस मनाउने गरिन्छ।

१७ औं शताब्दीमा भएको संघर्षले मजदूरहरूले यो अधिकार प्राप्त गरेका थिए। सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदूर दिवस मनाउने गरिएको हो। नेपालमा सन् १९६३ देखि अन्तरराष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदूर दिवस मनाइएको थियो।
 
मजदूर आन्दोलन क्रममा अमेरिकास्थित सिकागोको हेय मार्केटमा बम विस्फोट गराइएको थियो। सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदूरमाथि व्यापक दमन गरेको थियो। प्रहरीको गोली लागेर सात मजदूरको ज्यान गएको थियो। मजदूर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो। त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरू गरियो।

विश्वका मजदूरले सो दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन्। नेपालमा विराटनगरमा वि.सं. २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो। 

प्रतिक्रिया