Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

शुद्ध श्रमजीवीहरूलाई शुद्ध कमलजीवीको शुभकामना !

शुद्ध श्रमजीवीहरूलाई शुद्ध कमलजीवीको शुभकामना !

कन्टिर–बाबू आजको दिन राष्ट्रिय–अन्तर्राष्ट्रिय सबैखाले मजदुरहरूसँग खुसीयाली साट्न चाहन्छन् । शुभकामना दिन्छन् । सँगसँगै उनी आज बिहानैदेखि बडो चिन्तामग्न पनि छन् ।

नेपालमा मजदुर–किसानका नाममा राजनीति गरेर कहिले नथाक्नेहरू अहिले सत्तामा छन् । तर जो वास्तविक मजदुर–किसान, श्रमजीवी हुन्, तिनले सत्ताबाट के पाए ? अप्ठेरो र महामारीमा राहत के पाए ? रोजगारीको अवसर र सुरक्षा कति पाए ?

कन्टिर–बाबूको प्रश्न छ– भुइँ तहको मजदुर–किसान अहिलेको सरकारको कामसँग सन्तुष्ट, खुसी भएको कुनै अनुकरणीय उदाहरण छ कसैसँग ? साहु–महाजन र सरकारी निकायबाट नै मजदुर–किसानको पसिनाको मूल्य शौषण र बिचल्ली हुने देशमा किन मनाउने श्रमिक दिवस ? खाली मजदुर–किसानको नाममा सीमित सुकिला–मुकिलाको सत्ता टिकाउन ?

त्यसो त मजदुर–किसानको नाममा राजनीति गर्ने तर ठाउँ पाइसकेपछि दायित्व भुल्नेहरूलाई मजदुर–किसानलाई सम्बोधन गर्दै भाषण गर्न थोरै भए पनि लाज लाग्नुपर्ने हो । तर लामो समयदेखि सत्ताधारीहरूको व्यवहार नजिकबाट नियालिरहेका कन्टिर–बाबू अचेल एउटा तितो निष्कर्षमा पुगेका छन्– सत्ताधारी भइसकेपछि लाज, घिन, शरम केहीतिर ध्यान नजाँदो रहेछ ।

कन्टिर–बाबू फेरि सम्झिन्छन्– अपना काम बनता, भाँड में जाए मजदुर–किसान जनता । कसैगरी आफ्नो सत्ता टिके भो । टार, कोट र दरवारमा बसेर स्यान्डविच घिच्नेहरूलाई मकै, भटमास, जनेर, कनिकाको फक्का, नुन–खोर्सानी, रोटीको मूल्य के थाहा ? अझै गुड्डी हाँक्छन् मजदुर–किसानको हकहितको । अरे ओ बेशरम, केही त शरम गर !

यही मजदुर–किसानको नाम भजाएर तिमीहरू शासनमा आएको होइन ? हिम्मत छ भने सार्वजनिक गर, पछिल्लो तीन वर्षमा कति जना श्रमिक, मजदुरको कल्याण भयो ? कति जना मजदुर–किसान गरिबीको रेखामाथि उक्लिए ? त्यो त तथ्याङ्क आफैँ बोलिहाल्छ नि !

पछिल्लो वर्ष थप ६ प्रतिशत नेपाली जनता गरिबीको रेखामुनि झरेका छन् भन्ने तथ्याङ्क हालै सार्वजनिक भएको छ । यसमा के छ मजदुर–किसानको सधैँ नाम भजाउनेहरूको सरकारी प्रतिक्रिया ? कन्टिर–बाबू जान्न उत्सुक छन् ।

कन्टिर–बाबूको अर्काे कुरा पनि छ । पछिल्लो तीन वर्षमा सत्तानजिक रहेकाहरूको विगत र वर्तमानको सम्पत्ति विवरण सार्वजनिक गर । छ हिम्मत ? पहिले–पहिले कम से कम मन्त्रीको सम्पत्ति सार्वजनिक गर्ने प्रचलन त थियो । हेदौहेर्दै मजदुर–किसान, सर्वहाराको भनिएको सरकारले त्यो परम्परा पनि पोलेर खाइदियो ।

तर जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने कन्टिर–बाबूलाई लाग्छ । कम से कम ‘हाम्रो सत्ता आउँछ अनि हाम्रो कल्याण हुन्छ,’ भन्ने भ्रमबाट यो तीन वर्षमा असङ्ख्य मजदुर–किसानहरू सदाका लागि बाहिरिएका छन् ।

मजदुर–किसानको नाममा राजनीति गर्नेहरूको सक्कली व्यवहार देखिसकेपछि कति वास्तविक मजदुर–किसान सपना र भ्रमबाट बाहिरिए ? त्यसको यकिन तथ्याङ्क त कन्टिर–बाबूसँग छैन । तर उनलाई थाहा छ– आगामी मतपत्रमा त्यसको राम्रै प्रतिबिम्बन देखिनेछ ।

कन्टिर–बाबू आफैँ पनि एक शुद्ध श्रमजीवी (कलमजीवी) हुन् । आजसम्म दैनिक लेखेरै आफूलाई टिकाइरहेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सबै शुद्ध मजदुर–किसान, श्रमिकहरूको जीवन स्तरोन्नतिको कामना गर्छन् ।

कोसी अनलाईन बाट धर्मेन्द्र झा को स्तम्भ 

प्रतिक्रिया