Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

लकडाउन संगै खाद्यान्नको मूल्य आकासियो, खुद्राले होलसेल देखाउछ, होलसेल ले कम्पनि, मौन छन प्रशासन र स्थानिय तह

लकडाउन संगै खाद्यान्नको मूल्य आकासियो, खुद्राले होलसेल देखाउछ, होलसेल ले कम्पनि, मौन छन  प्रशासन र स्थानिय तह

कोरोना भाइरसको दोस्रो चरणको संक्रमण दिनानुदिन बढ्ने क्रम जारी रहेको बेला सुदुरपश्चिम प्रदेशमा खाद्यान्नको मूल्य अकासिएको छ। सुदुरपश्चिम प्रदेशमा कोरोनाको संक्रमण रोक्न र फैलिन नदिन केहि ठाउँमा लकडाउन वा निषेधाज्ञा भईसकेको र केहिठाउँमा लकडाउन जारी गर्नु पुर्वै व्यापारीहरू खाद्यान्नसहित अन्य दैनिक उपभोग्य सामानको मूल्य बढाएको हो। सुदुरपश्चिम प्रदेशमा पछिल्लो समय संक्रमितको संख्या दिनानुदिन बढिरहेको बेला अत्यावश्यक खाद्य सामानको मूल्यबृद्धि भएको हो। पसल सञ्चालकहरूले होलसेलमै मूल्य बढाएर दिने गरेकाले खुद्रामा मूल्यबृद्धि गरेर बेच्न बाध्य भएको बताउँछन्। बजारमा चामल, चिनी, दाल, चना, मटर, तेललगायतका खाद्यवस्तुमा मूल्यबृद्धि भएको छ।

व्यवसायीहरूले आफूहरूले महँगो मूल्यमा खरिद गरेका कारण बिक्री गर्दा त्यस्ता वस्तुको मूल्यमा बृद्धि गर्नु परेको बताएका छन्।एक पसल सञ्चालकका अनुसार मुसुरोको दाल २ दिन अगाडि १ सय ८ रुपैयाँमा पाइरहेकोमा लकडाउनको हल्लाले १ सय ३५ देखि ५० सम्ममा दिने गरेको बताए । त्यस्तै खाने तेल २ हजार २ सय ५० मा किन्ने गरेका खुद्रा व्यापारीहरूले २ हजार ६ सयमा किन्ने गरेको बताएका छन्। सनफ्लावर खानेतेल समेत मूल्यवृद्धि गरेर होलसेलरहरूले खुद्रा व्यापारीहरूलाई २ हजार २ सय २५ मा दिने गरेता पनि अहिले २ हजार ६ सय ५० मा दिने गरेका छन्।

खुद्रा व्यापारीका अनुसार लकडाउनको हल्ला भएपश्चात होलसेलले दालमा प्रतिकेजी २७ देखि ४०, चनामा प्रतिकेजी २०, चामलमा १० देखि १२ रुपैयाँ तथा सन्फ्लावर तेल प्रतिकार्टुन २ सयदेखि २ सय ५० रुपैयाँ, चिनीमा प्रतिकेजी १० रुपैयाँका दरले मूल्यवृद्धि गरेका छन्। होलसेल बिक्रेताले सबै वस्तुमा मूल्य बढाएका कारण खुद्रा बिक्रेताले समेत बाध्य भएर मूल्य बढाउनु परेको व्यवसायीको भनाइ छ। ढुवानी तथा लोड अनलोड गर्ने मजदुरको अभाव देखाउँदै होलसेल बिक्रेताले सबै वस्तुमा मूल्य बढाएको खुद्रा बिक्रेताको भनाइ छ।

जिल्ला तथा नगरपालिका बाट अनुगमन गर्न आउने अनुगमन टोलीले नेसेधाज्ञा वा लकडाउनको समयमा उपभोग्य सामानहरुको मुल्य र गुणस्तरको अनुगमन नगर्ने हुँदा व्यपारिहरुले ढुक्क भएर अस्वाभाविक रूपमा दैनिक उपभोज्ञ सामग्रीको मूल्यवृद्धि गरेको र सोही कारणले उपभोक्ताहरु महँगो खाद्यान्न किन्न बाध्य भएका छन्।

प्रतिक्रिया