Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

४० प्रतिशत काम अझै बाँकी धरहरा उद्घाटनमा हतारो:

४० प्रतिशत काम अझै बाँकी  धरहरा उद्घाटनमा हतारो:

बाहिरी आवरण हेर्दा लाग्छ, धरहराको पूरै काम सकियो। टुप्पोमा सुनको गजुर सजिएको छ। २० औं तलामा उपत्यका नियाल्न मिल्ने बार्दली बनेको छ। धरहरा सेतो रङ पोतेर चिरिच्याट्ट पारिएको छ। ठाउँठाउँमा झिलिमिली बत्ती राखिएका छन्। तर बाहिरी आवरणमा देखिएझै धरहराको पुनर्निर्माण पूरा सकिएको छैन। बाहिरबाट सिंगो रुप देखिएको धरहराको अझै धेरै काम गर्न बाँकी छ। काम नसकिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते ‘धरहरा बनिसक्यो’ भनेर उद्घाटन गरेका थिए। तर धरहराको ६० प्रतिशत मात्रै काम सकिएको छ। धरहराको पूरा काम सकिन अझै १ वर्ष पर्खनुपर्छ। कोभिडका कारण काम रोकियो भने अझै बढी समय लाग्नेछ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको काम नसकिँदै उद्घाटन गर्न हतारो गरेपछि ठेकेदार कम्पनीले बाहिरी बनावटको काम मात्रै सकेको थियो। दुईवटा लिफ्ट जडान र बाहिरी रुप तयार पारेपछि प्रधानमन्त्री ओलीले उद्घाटन गरेका थिए। तर २२ तले धरहरामा चढ्ने भर्‍याङ अझै बनिसकेको छैन। ठेकेदार कम्पनीले सिढी बनाउने काम बल्ल सुरु गरेको छ। 

प्रधानमन्त्रीलाई उद्घाटन गर्न हतार भएपछि ठेकेदार कम्पनीले काम नसकिँदै लिफ्ट जडान गरेको थियो। २० औं तलासम्म पुग्ने भर्‍याङ (सिढी) बनाउन समय लाग्ने भएपछि लिफ्ट जडान गरिएको थियो। तर राम्रोसँग लिफ्ट नराखिएका कारण फेरि खोेलेर फिटिङ गर्ने कार्य भइरहेको छ। हतारमा बाहिरी र माथिल्लो तलाको मात्रै काम सकाउँदा अन्य काम गर्न कठिन परेको धरहरा पुनर्निर्माणमा खटिएका कामदार बताउँछन्। उनीहरूले माथिल्लो तलाकै भित्री काम धेरै बाँकी रहेको अवस्थामा उद्घाटन गरिएको बताए।

त्यसो त धरहराको फेद पनि बनिसकेको छैन। वरिपरि सम्याउन बाँकी छ। ‘काम अझै धेरै बाँकी छ, मोटामोटी काम सकेर उद्घाटन भयो । हतारमा काम गर्दा बिग्रिन सक्छ, हतार गर्दा लिफ्ट फेरि खोलेर जडान गर्नुपरेको छ,’ एक कामदारले भने, ‘हामीले आफ्नो सुरले काम गर्न पाएनौं, त्यसैले धरहरा निर्माण कार्य भद्रगोल भयो।’  

ठेकेदार कम्पनीले उद्घाटनपछि पनि धेरै काम बाँकी रहेको जानकारी दियो। ठेक्का पाएको रमण निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले बाँकी काम भइरहे पनि तोकिएको समयमा नसकिने अवस्था देखिएको बताए। उनले तीव्र गतिमा निर्माण कार्य भए पनि कोरोनाका कारणले प्रभावित बन्न सक्ने बताए। उनले भने, ‘धेरैलाई उद्घाटन गरेपछि धेरै काम सकियो भन्ने लागेको छ तर खास अप्ठेरो र समय लाग्ने काम गर्ने बाँकी छ, त्यसैले कम्तीमा पनि १ वर्ष लाग्छ।’ उनले कोभिडका कारण कामदार घर फर्कन थालेकोले काम प्रभावित बन्न सक्ने बताए।

तर धरहरामा काम गर्ने कामदारलाई छुट्टै राखेर निर्माण कार्य छिटो सक्ने योजना कम्पनीको छ। प्रोजेक्ट म्यानेजर श्रेष्ठका अनुसार धरहराको भित्री भागको काम धेरै बाँकी छ। २० वटा तलामा भर्‍याङ बनाउन बाँकी छ। त्यस्तै १८ औं तलामा अवलोकन कक्ष बनाउन बाँकी छ। यो तलामा उपत्यकाका खासखास सम्पदा र संस्कृतिलाई डिस्प्लेमा देखाइनेछ। २०, २१ र २२ औं तलाबाट उपत्यका अवलोकन गर्न सकिनेछ। यी तलाभित्र मेच राख्ने ठाउँलगायत बनाउन बाँकी छ। त्यस्तै अन्य तलामा टायल राख्न बाँकी रहेको ठेकेदार कम्पनीले जनाएको छ।

‘माथिल्लो तला मात्रै होइन, ग्राउन्ड तहको पनि धेरै काम बाँकी छ, त्यो सबै फिनिसिङअन्तर्गत पर्छ,’ प्रोजेक्ट म्यानेजर श्रेष्ठले भने, ‘राम्रो काम गर्न सोचेभन्दा धेरै समय लाग्छ।’ त्यस्तै भूमिगत तलामा पार्किङको काम अझै सुरु भएको छैन। भुइँतलामा म्युजिकल फाउन्टेन बनाउने कार्य पनि सुरु भएको छैन। धरहराको उत्तर र दक्षिणमा टक्सार म्युजियम राखिनेछ। त्यसको काम पनि बाँकी छ। उक्त म्युजियममा नेपाल राष्ट्र बैंकद्वारा जारी पुराना सिक्का राखिनेछ। पुराना सिक्कालाई डिजिटल डिस्प्लेबाट प्रदर्शन गरिनेछ। त्यस्तै भूमिगततर्फको एक तलामा भूकम्प आउँदा बच्ने र कसरी सतर्क रहने भन्ने सामग्री डिस्प्लेमा देखाइनेछ। सोही तलाको एक भागमा क्यान्टिन ब्लक राखिनेछ। त्यसका लागि काम भइरहेको छ।  

मुख्य गेटअगाडि पश्चिम साइटमा वाटर ट्यांक राखिनेछ। यसबाहेक अन्य काम पनि बाँकी रहेको प्रोजेक्ट म्यानेजर श्रेष्ठले बताए। उनले धरहरालाई जस्वित राख्न सजावटको काम महत्वपूर्ण हुने बताए। उनका अनुसार यसबाहेक पुरानो सुन्धारा (ढुंगेधारा) पुनर्निर्माणको काम पनि गरिनेछ। सुन्धारामा जलप राख्ने र पानी आउने बनाइनेछ। यो धाराको पानी पिउन मिल्नेगरी शुद्धीकरण गरिनेछ। त्यस्तै बाहिरतर्फ बगैचा र हरियालीको काम पनि बाँकी छ। ‘काम धेरै बाँकी रहेकाले पुनर्निर्माण प्राधिकरणले दिएको म्याद बढाउँछौं, ३ सय बढी कामदार थिए, उदघाट्नपछि सयजना मात्रै छन्,’ उनले भने। धरहराको पूरा काम सकिँदासम्म ३ अर्ब ४८ करोड रूपैयाँ सकिने अनुमान छ। हालसम्म १ अर्ब ६८ करोड खर्च भइसकेको ठेकेदार कम्पनीले जनाएको छ। २०७२ वैशाखको भूकम्पले लडाएको धरहरा पुनर्निर्माण कार्य २०७५ मा सुरु भएको थियो।

प्रतिक्रिया