Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

जो आफैं बिरामी छन् तर निरन्तर संक्रमितको उपचार गर्दैछन्

जो आफैं बिरामी छन् तर निरन्तर संक्रमितको उपचार गर्दैछन्

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको कोभिड आइसोलेसन वार्डमा कार्यरत डा. पुरुषोतम बर्मा आफै अस्वस्थ छन्। कोरोना संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहने उनलाई विगत ५/६ दिनदेखि ज्वरो, रुघाखोकी र श्वास फेर्ने समस्याले सताइरहेको छ। कोरोनाको लक्षणसँग मिल्दोजुल्दो रहेको आफ्नो स्वास्थ्य समस्याभन्दा उनी वार्डमा भर्ना भएका संक्रमितको स्वास्थ्यप्रति बढी चिन्तित छन् र त आफू अस्वस्थ हुँदा पनि उपचारमा तल्लिन भइरहेका छन्।  

‘मलाई ५/६ दिनदेखी त्यति सञ्चो छैन, हिजो (शनिबार) त झन् धेरै गाह्रो भयो,’ उनले भने ‘कोरोनाको लक्षण पुरै छ, पिसिआरको लागि स्वाब दिइसकेको छु, रिपोर्ट अझै आएको छैन।’ कोरोनाको शंका लागेर बिरामीको उपचार गर्दै आफै आइसोलेट भएर बसिरहेको डा. बर्माले सुनाए। बाँके, डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी निवासी ३० बर्षका उनी विगत डेढ वर्षदेखि अस्पतालको मेडिकल अफिसर पदमा कार्यरत छन्।  

उनी यसअघि शिक्षण अस्पताल नेपालगन्जको मेडिकल आइसियु कक्षमा कार्यरत थिए। नयाँ भेरियन्टको रूपमा कोरोना महामारी फैलिएपछि अस्पतालले सोही कक्षलाई आइसोलेसन वार्ड बनायो। कोरोना संक्रमितको उपचार गर्नकै लागि उनी सोही वार्डमा काम गर्न थालेका हुन्। ‘अहिले दैनिक रूपमा कोभिडका बिरामीलाई नै हेर्नुपर्छ, मलाई आफ्नोभन्दा धेरै चिन्ता बिरामीको हुन्छ,’ उनले थपे।  

बर्मासहित मेडिकल कलेजमा कार्यरत अन्य थुप्रै स्वास्थ्यकर्मी संक्रमित छन्। अस्वस्थ भए पनि ड्युटी निभाउनुलाई डा. बर्मा आफ्नो दायित्व र कर्तव्य सम्झिन्छन्। उनले थपे, ‘अस्पतालले त मलाई बिदामा बस्नुस् भनेको हो, तर मैले यस्तो महामारीको बेलामा बिरामीको उपचार गर्न छाडेर बिदामा बस्न सकिन।’ डाक्टर र नर्सले संक्रमितको उपचारमा ध्यान दिएमा धेरैको ज्यान बच्ने बर्मा बताउँछन्। घर परिवारले पनि महामारीको समयमा आफु सुरक्षित भएर बिरामीको सेवा गर्न सल्लाह दिने गरेको उनी सम्झिन्छन्।

नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया