Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

पहिले 'तीन महिनाभित्र सबैले खोप पाउँछन्' भनेजस्ता नहोस, अबचाँही प्रधानमन्त्रीले बोलेको पुगोस

पहिले   'तीन महिनाभित्र सबैले खोप पाउँछन्' भनेजस्ता नहोस,  अबचाँही प्रधानमन्त्रीले बोलेको पुगोस

प्रायः ‘उटपट्याङ’ कटाक्ष गर्ने प्रधानमन्त्री खड्गप्रसाद ओलीले सोमवार भने गम्भीर र जिम्मेवार अभिव्यक्ति दिए । राजनीतिक भद्रगोलका बीच सम्बोधन गर्दा पनि प्रधानमन्त्री ओली आफ्नो स्वभावविपरीत कोभिड(१९ को महामारीमा केन्द्रित हुनु स्वयंमा सुखद आश्चर्य हो । 

प्रधानमन्त्री ओलीले सम्बोधनमा कोभिड(१९ को सङ्कटलाई सम्भवतः पहिलोपटक गम्भीरतापूर्वक स्वीकारे । गएको वर्ष प्रधानमन्त्री ओलीले यति गम्भीरतामात्र देखाएको भए पनि सम्भवतः यसपटक महामारीको सामना गर्न अपेक्षाकृत सहजरूप हुनेथियो । पोहोर सरकार निषेध, अकर्मण्यता र आर्थिक अनियमिततामै रमाइरह्यो ।

यसै वर्ष पनि केही दिन पहिलेसम्म प्रधानमन्त्री ओली र उनका मन्त्रीहरू भिड जम्मा गरेर कोभिड फैलाउन व्यस्त थिए । प्रधानमन्त्रीको सरकारी निवासमा उनकैसमेत उपस्थितिमा पार्टीका बैठक गरिएका थिए । निर्माणाधीन ‘धरहरा’ को उद्घाटन भन्दै त्यस्तै भिडको तमासा देखाइएको थियो । 

यसैगरी, मूर्तिको शोभायात्राका नाममा प्रधानमन्त्री ओलीले नै एक जना मन्त्रीको नेतृत्वमा बालुवाटारदेखि चितवनको माढीसम्म कोभिडलाई निम्ता दिने भिड पठाएका थिए । यिनै प्रधानमन्त्री ओली यसरी महाव्याधिको कहरप्रति गम्भीर भएर त्यसको सामना गर्ने विषयमा सरकारका विभिन्न निकायलाई निर्देशन दिनु वास्तवमै सुखद आश्चर्य हो । 

हुनत, कोभिड(१९ को महामारीको पहिलो चरणमा पनि राज्यको ढुकुटीबाट ठूलै रकम खर्चेर देशभर भौतिक संरचनालगायत पूर्वाधार बनाइएका थिए । तर, दोस्रो चरणको महामारीको सामनाको तयारी पुनः शून्यबाटै गर्नुपर्ने अवस्था देखियो । गत वर्षका असफलताबाट सिक्ने कामसमेत भएन ।
भारतमा महामारी फैलन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सावधानी अपनाउन दिएको सल्लाहको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीले सार्वजनिकरूपमै धज्जी उठाएको घटना त स्वयं प्रधानमन्त्री ओलीले पनि बिर्सी सकेका छैनन् होला । स्वास्थ्य मन्त्रालयले भन्नेबित्तिकै विद्यालयमात्र बन्द गरिएको भए पनि सङ्क्रमण केही मत्थर पक्कै हुनेथियो । 

पश्चिमका केही सहरमा  कोभिड-१९ सङ्क्रमित सिकिस्त बिरामीको उपचार अस्पतालमा शय्या नपाएपछि बाहिरै गराउन परेको छ । ठूला अस्पतालहरू भएका राजधानी काठमाडौं उपत्यकामा समेत अस्पतालमा शय्या नपाएपछि महँगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउने वा सङ्क्रमित सिकिस्त बिरामीलाई परिवारसँग घरैमा राख्ने हो रोज्न जनसाधारण विवश भएका छन् । 

यस्तो भयावह अवस्थामा  काठमाडौंका ठूला अस्पताललाई कोभिड अस्पतालमा  परिणत गर्ने, सङ्क्रमितलाई अलग्गै राख्ने भौतिक संरचना प्रदेशहरूमा पनि तयार गर्ने, स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिनेलगायत घोषणा प्रधानमन्त्रीबाट सुन्दामात्रै पनि आशा जाग्छ । परन्तु, यसअघि गरिएका घोषणाहरूको कार्यान्वयन नभएकाले विश्वास गर्न भने सकिँदैन ।

विगतमा प्रधानमन्त्री ओलीले आफ्नोमात्र हैन राज्यकै साख गिराएका छन् । यसपटकका घोषणा पनि २०७७ माघ १४ गते प्रधानमन्त्री ओलीले ‘तीन महिनाभित्र सबैले खोप लगाउन पाउनेु भनेजस्तो ‘हावादारीु नहोस् भनेर राज्यसको सबै संयन्त्र चनाखो हुनुपर्छ । प्रधानमन्त्रीले सोमबार नेपाली जनतासामु गरेका वाचा पूरा गर्न उनी स्वयं बढी गम्भीर हुनुपर्छ ।  

प्रतिक्रिया