Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ३० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नेपालमै ३ युवाले बनाए सेन्सरयुक्त सेनिटाइजर मसिन

नेपालमै ३ युवाले बनाए सेन्सरयुक्त सेनिटाइजर मसिन

नुवाकोटका तीन युवाले सेन्सरयुक्त सेनिटाइजर मसिन निर्माण गरेका छन् । विज्ञान विषयका शिक्षक काजी खान र अन्य दुई इन्जिनियर युवाहरु नरेश्वर पाण्डे र यशराज खड्काले जारी निशेधााज्ञाबीच एक हप्ताको अवधिमा यस्ताे मसिन निर्माण गरेका हुन् ।

नुवाकोट साइन्स क्लबका यी तीन युवाले निर्माण गरेको ‘अटोमेटिक सेनिटाइजर डिस्पेन्सर’ गुणस्तरीयताको हिसाबले अन्तराष्ट्रिय उत्पादनभन्दा कम नभएको काजी बताउँछन् ।

विदेशी बजारबाट आउने मसिन एसीको मद्दतले मात्र चल्छ भने यो मसिनमा एसी, डीसी दुवै किसिमको ब्याट्री ब्याकअप रहेको उनले बताए ।

यस्तै अन्य मसिनमा सेन्सर भए पनि हात नहटाएसम्म सेनिटाइजर झरिरहन्छ । तर यस मसिनमा एक पटकमा एक सेकेण्डका लागि एक मिलिलिटर सेनिटाइजर झर्दछ ।

यसमा हात राखेको तीन सेकेण्डमा एक मिलिलिटर स्यानिटाइजर निस्किएर स्वतः बन्द हुन्छ । साथै यस मसिनबाट निस्कने सेनिटाइजरको परिमाण पनि आवश्यकताअनुसार बढाउन तथा घटाउन सकिने गरी निर्माण गरिएको छ ।

अरु मसिनमा आईआर सेन्सर प्रयोग गरिएको हुन्छ । यस मसिनमा अल्ट्रासोनिक सेन्सर प्रयोग गरिएको छ । यसको उचाइको आकारसमेत बच्चा, वयस्क तथा बुढाबुढीका लागि बढाउन तथा घटाउन सकिन्छ ।

दुई लिटर क्षमताको सेनिटाइजर कन्टेनर भएको (आवश्यकताअनुसार सेनिटाइजर भण्डारणमा पाइप जोडेर बढाउन सकिने) उक्त मसिनमा सेन्सरको प्रयोग गरिएको छ । यसमा माइक्रो कन्ट्रोलर सर्किट प्रयोग गरिएको काजी खानले बताए ।

सो कन्टेनरमा सेनिटाइजरको अलावा साबुनपानी वा स्याम्पुसमेत राखेर प्रयोग गर्न सकिने काजीले टेकपानालाई बताए ।

स्थानीय सामग्रीहरुको प्रयोग गरेर निर्माण गरिएको यो मसिन अन्तर्राष्ट्रिय ब्राण्डभन्दा धेरै प्रभावकारी रहेको काजीकाे दाबी छ ।

बाल्ट्रा जस्ता अन्तर्राष्ट्रिय ब्राण्डहरुले हाल यस्तो किसिमको अटोमेटिक सेनिटाइजर मसिन प्रति युनिट १० हजारमा बिक्री गरिरहेको अवस्थामा यो मसिन बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउने काजी बताउँछन् ।

सेन्सरयुक्त मसिनबाट आफैं सेनिटाइजर खस्ने हुँदा मसिनमा हात छोएर संक्रमण फैलिने जोखिम न्यून हुन्छ । साथै मसिनबाट प्रति सेकेण्ड एक मिलिलिटर सेनिटाइजर झर्ने हुँदा खपत पनि कम हुन्छ । हाल यो मसिनको परीक्षण पूर्ण रुपमा सफल भइसकेको छ ।

आफूहरुले निर्माण गरको यो मसिन नवीन विशेषतासहितको नेपालको पहिलो सेन्सरयुक्त सेनिटाइजर मसिन भएको उनीहरुले बताएका छन् ।

मसिनकाे माग भए व्यवसायिकरुपमा पनि अगाडि लिएर जाने यी युवाहरुको योजना छ । तर हाल निषेधाज्ञाको कारण मसिनको बजारीकरणमा उनीहरूले समस्या देखेका छन् । तर बजारमा माग भए सय वटा मसिन बनाउन सक्षम रहेकाे उनीहरु सुनाउँछन् ।

नुवाकोटका स्थानीय तह तथा सरकारी कार्यालयले आफूहरुको सेटिनाइजर मसिन खरिद गरिदिए मात्रै पनि यस्ताे विज्ञान प्रविधि प्रवर्द्धनात्मक कार्यलाई हौसला मिल्ने उनीहरुको अपेक्षा छ ।

सेन्सरयुक्त ह्याण्ड सेनिटाइजर मसिनबाहेक यी युवाहरुले हालसम्म स्वचालित हाेम कन्ट्रोल मसिन, अटोमेटिक वाटर ट्यांक कन्ट्रोल प्रणालीलगायत उपकरणहरुको व्यवसायिक उत्पादन गरिसकेका छन् ।

आफूहरुले निर्माण गरेको उक्त मसिनलाई कसैले खरिद गर्न चाहेमा प्रि-अर्डर दिनसक्ने साथै लगानीका लागि इच्छुक हुनेहरुले समेत सम्पर्क गर्नसक्ने काजीले बताए ।

प्रतिक्रिया