Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

दोस्रो प्राथमिकतामा खोप लगाएका १५ लाखलाई दोस्रो डोजको चिन्ता, लगाउन नपाए के हुन्छ ?

दोस्रो प्राथमिकतामा खोप लगाएका १५ लाखलाई दोस्रो डोजको चिन्ता, लगाउन नपाए के हुन्छ ?

गत फागुन २३ गते पछाडि दोस्रो प्राथमिकतामा परेर कोरोनाविरुद्धको खोप लगाएका करिब १५ लाख नागरिकलाई दोस्रो डोज खोपको चिन्ता बढेको छ । पहिलो खोप लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो डोज खोप लगाउनुपर्ने भएपनि खोपको व्यवस्था नहुँदा करिब १५ लाख जनसङ्ख्यालाई दोस्रो डोजको चिन्ता बढेको हो । 

यसअघि भारतबाट १० लाख डोज अनुदान,१० लाख डोज खरिद र कोभ्याक्स सुविधा अन्तरगतको ३ लाख ४८ हजार डोज गरी कूल २३ लाख ४८ हजार डोज खोप नेपाल आएको थियो ।

जसमध्ये पहिलो प्राथमिकतामा परेका करिब ४ लाखले दोस्रो डोज खोपसमेत लगाइसकेका छन् । बाँकी पहिलो चरणको दोस्रो प्राथमिकताका परेका करिब १५ लाख जनसङ्ख्यालाई वैशाख २३ गतेदेखि जेठ २३ गतेभित्रै दोस्रो डोज खोप दिनुपर्ने हुन्छ । कतिपयले चैतको ३ गतेसम्म पनि खोप लगाएको हुनाले ढिलामा पनि असारको ३ गतेभित्रै १५ लाख जनसङ्ख्याले दोस्रो डोज खोप लगाइ सक्नुपर्नेछ ।

यी सबै खोप भारतमा उत्पादित कोभिशिल्ड खोप भएको कारण पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका करिब १५ लाख नागरिकले दोस्रो डोज पनि सोही खोप लगाउनुपर्ने हुन्छ । तर सरकारसँग न दोस्रो डोजका लागि खोपको मौज्दात छ,न त दोस्रो डोजका लागि समयमै दिने प्रतिवद्धता उत्पादक देश र कम्पनीले गरेको छ । जसका कारण पहिलो चरणको खोप अभियानको दोस्रो प्राथिमकतामा परेका करिब १५ लाख जनसङ्ख्यालाई दोस्रो डोजका लागि अन्योल बढेको छ ।

कोरोनाविरुद्धको खोप पहिलोपटक लगाएको ८ देखि १२ साताभित्र अर्को खोप लगाउनुपर्ने हुन्छ । सो समयावधिमा लगाएको खोपको प्रभावकारिता बढी हुने अनुसन्धानले देखाएको छ । त्यसकारण पहिलो चरणको दोस्रो प्राथमिकतामा परेर खोप लगाएकाहरुले वैशाखमा २३ गतेदेखि ढिलोमा असारको ३ गतेभित्रै खोपको दोस्रो डोज लगाइसक्नुपर्छ ।

दोस्रो डोज लगाउन नपाए के हुन्छ ?

 

कोरोनाविरुद्धको पहिलो खोप लगाएको ८ हप्तादेखि १२ हप्तासम्म दोस्रो डोज लगाएमा प्रभावकारीरुपमा काम गर्ने जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित बताउँछन् । पहिलो डोज लगाएको कम्तीमा ३ महिनाभित्र दोस्रो डोज लगाउनै पर्ने हुन्छ ।

पहिलो डोज लगाएको ३ महिनाभित्रै दोस्रो डोज लगाउन नसकेको खण्डमा पहिलो डोजको प्रभावकारिता घट्ने दीक्षित बताउँछन् । यद्यपि खोपको पहिलो डोजमात्रै लगाएर दोस्रो डोज नलगाए पनि शरीरमा त्यसले असर भने नगर्ने उनको भनाइ छ ।

कोभिशिल्ड नआए अर्को खोपको दोस्रो डोज दिन मिल्छ कि मिल्दैन ?

विज्ञहरुका अनुसार कोरोनाविरुद्धको खोपको पहिलो डोज कोभिशिल्ड लगाएका व्यक्तिले दोस्रो डोज पनि त्यही लगाउनुपर्छ । किनभने,औषधिको उत्पादन गर्दा नै त्यही अनुसारको पदार्थ र एन्टीबडी बनाइएको हुन्छ । यो खोप आफैं ट्रायल पिरियडमा रहेको छ । जसका कारण अर्को खोपसँग तत्कालै ट्रायल गर्नसक्ने अवस्था पनि छैन । तर,यदि पहिलो डोज लगाएको खोप उपलब्ध नभएमा दोस्रो डोजका लागि अर्कै खोप लगाउन मिल्छ कि मिल्दैन भन्ने कुरा अहिलेसम्म न अध्ययन भएको छ,न कसैले ट्रायल गर्ने साहस नै गरेका छन् ।

खोप निर्माण गर्ने कम्पनीले पहिलो चरणको खोप मानौं कोभिशिल्ड खोप र दोस्रो चरणको खोप सिनोफार्मले उत्पादन गरेको खोप लगाउँदा के हुन्छ भनेर अध्ययन नगरेकाले तत्काल दुई चरणमा दुई थरी खोप लगाउँदा के हुन्छ भन्न नसकिने बताउँछन्,शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डाक्टर शेरबहादुर पुन ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीरकुमार अधिकारी पनि फरकफरक कम्पनीका खोप लगाउन हुन्छ कि हुँदैन भन्ने बारेमा अध्ययन नभएकाले के हुन्छ भनेर अहिले नै भन्न नसकिने बताउँछन् ।

यसको अर्थ के हो भने चीन सरकारले दिने वा चीनको सिनोफार्ममा उत्पादन भएको खोपलाई दोस्रो डोजका रुपमा प्रयोग गर्न सकिने अवस्था छैन । कतिपयले चीनबाट आउने खोप लगाए भइहाल्छ नि भने पनि त्यस्तो ट्रायल गर्न सकिने अवस्था छैन ।

त्यसकारण,यदि भारतले खोप नदिएमा वा अक्सफोर्डएस्ट्राजेनेकाको खोप नेपालमा ल्याउन नसकेको अवस्थामा तत्कालै करिब १५ लाख जनालाई दोस्रो डोज लगाउन खोपको अभाव हुने देखिन्छ ।

खोप जसरी पनि आउँछ : स्वास्थ्य मन्त्रालय

पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका करिब १५ लाख जनसङ्ख्यालाई खोप लगाउन सुरु गर्नुपर्ने समय आइसकेको भएपनि खोपको मौज्दात नहुँदा सरकारले सूचनासमेत निकाल्न सकेको छैन । तत्कालै करिब १५ लाख डोज खोप आवश्यक पर्ने भएपनि न सेरम इन्स्टिच्युटले खोप दिने प्रतिवद्धता जनाएको छ,न कोभ्याक्स सुविधाको खोप आउने छाँटकाँट नै छ ।

तर स्वास्थ्य मन्त्रालय भने पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका सबैले समयमै दोस्रो डोज खोप पाउने दाबी गर्छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम अहिले नेपाल सरकारले खरिद गरेको १० लाख डोज र कोभ्याक्स सुविधाबाट आउनेमध्ये ५ लाख डोज खोप तत्कालै उपलब्ध गराइदिन पहल भइरहेको बताउँछन् ।

खोप आयातका लागि अहिले कुटनीतिक पहल भइरहेको भन्दै अहिले तत्कालका लागि १५ लाख डोज खोप ल्याउने गरी काम गरिरहेको उनको भनाइ छ । खोप आएपछि जेठको अन्तिम सातादेखि असारको पहिलो साताभित्रै १५ लाख जनसङ्ख्यालाई दोस्रो डोज खोप दिने गरी पहल भइरहेको प्रवक्ता गौतमको भनाइ छ ।

यद्यपि शुक्रबार साँझसम्म पनि खोप आउनेबारे निश्चित भने भइसकेको छैन । अहिले कुटनीतिक पहल गरेरै खोप ल्याउने तयारी गरिरहेको मन्त्रालयले जनाएपनि उत्पादक कम्पनीले खोप दिने प्रतिवद्धता नजनाएसम्म दोस्रो डोज लगाउनुपर्ने १५ लाख जनसङ्ख्या ढुक्क बन्ने अवस्थामा भने छैनन् ।

राटोपाटि 

प्रतिक्रिया