Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

संघीय सरकारमा चारजना मन्त्री भएको सुदूरपश्चिममा अक्सिजन र बेडको हाहाकार

संघीय सरकारमा चारजना मन्त्री भएको सुदूरपश्चिममा अक्सिजन र बेडको हाहाकार

सुदूरपश्चिममा पछिल्लो दुई साता यता कोरोना संक्रमणमा कारण दुई सय जनाभन्दा बढीले ज्यान गुमाइरहेका छन् । ज्यान गुमाउनेमा कैलाली कञ्चनपुरका बढी छन् । प्रत्येक जिल्लाका सरकारी अस्पताल संक्रमितले भरिएका छन् । अस्पतालहरुले अक्सिजनको अभावमा नयाँ संक्रमितलाई भर्ना गर्न समस्या हुने बताउँदै आएका छन् । अक्सिजनकै अभावमा दैनिक तीन/चारजनाले ज्यान गुमाएको खबर सार्वजनिक भइरहेको छ ।

सुदूरपश्चिममा अहिले दैनिक १५० वटा मात्रै अक्सिजन सिलिण्डर उत्पादन भइरहेको छ । त्यो पनि कतिपय अवस्थामा अक्सिजन प्लान्टले काम गरिरहेको छैन । त्यसैले चितवन, नेपालगञ्जबाट अक्सिजन भरेर ल्याउने काम भइरहेको छ । अहिलेकै अवस्थामा सुदूरपश्चिममा दैनिक सात सय अक्सिजन सिलिण्डरको आवश्यकता पर्छ । जुन उत्पादनको तुलनामा निकै कम हो ।

वेड पनि उस्तै हाहाकार छ । वेडको अभावमा संक्रमित भुइमै सुत्न बाध्य छन् । यसबाहेक पर्याप्त मात्रामा स्रोतसाधन नहुँदा संक्रमितलाई समयमै अस्पतालसमेत पुर्याउन सकिएको छैन । पछिल्लो समय सरकारी संयन्त्रभन्दा निजी संघसंस्था अक्सिजन सिलिण्डरको जोहो गर्न सक्रिय छन् । कञ्चनपुरको महाकाली अस्पताललाई व्यावसायीले उपचार र अक्सिजनका लागि आर्थिक सहयोग गर्न थालेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदी अक्सिजनको समस्या बढ्दै गएको बताउँछन् । उनको बुझाईमा भारतमा लागेको कुम्भमेला, नयाँ वर्षमा भारतबाट घर आउनेको भीड र आन्तरिक पर्यटकको जमघटका कारण कोरोनाको जोखिम बढेको हो । सुदूरपश्चिमका हजारौं नेपाली मजदुरीका लागि भारत पुग्ने गरेका छन् ।

भारतमा कोरोनाको महामारी सुरु भएपछि उनीहरु घर फर्किएका थिए । पहिलो लहरको कोरोना केही कम भएपछि अनिवार्य क्वारेन्टिनसमेत फितलो बनेको थियो । सुदूरपश्चिम प्रदेश सरकारले अक्सिजन प्लान्टका लागि विभिन्न अस्पताललाई रकम दिए पनि सरकारी प्रक्रियामा जाँदा लामो समय लाग्ने सम्भावना छ । त्यसो त सुदूरपश्चिमबाट संघीय सरकारमा चारजना मन्त्री छन् ।

उद्योगमन्त्री लेखराज भट्ट, श्रम तथा रोजगारमन्त्री गौरीशंकर थारु, सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना र वनमन्त्री प्रेम आले छन् । तर, चारमन्त्री मन्त्री नै संघीय सरकारमा भएको प्रदेशमा अक्सिजनकै अभावमा नागरिकले ज्यान गुमाउनुपरेकोमा नागरिकले उनीहरुको आलोचना गर्दै आएका छन् । उनीहरुले अक्सिजनलगायत स्वास्थ्य सामाग्रीको प्रबन्ध गर्न नसकेको भन्दै आलोचना भइरहेको हो । प्रदेश सरकारको समेत प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । 

प्रतिक्रिया