Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०४ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

अभिव्यक्ति स्वतन्त्रताविरोधी कुकृत्य नआओस् नेपालमा

अभिव्यक्ति स्वतन्त्रताविरोधी कुकृत्य नआओस् नेपालमा

महान् पाठक–पाठिका सबैलाई थाहा होला कन्टिर–बाबू प्रेस, सूचना, विचार तथा अभिव्यक्ति स्वतन्त्रताका कुन हदसम्मका पक्षपाती हुन् ।

नेपालमात्रै होइन विश्वकै कुनै पनि ठाउँमा स्वतन्त्रतामाथि आघात पुग्छ भने कन्टिर–बाबू त्यसलाई आफ्नो सरोकारको विषय ठान्छन् । भारतको सन्दर्भप्रति त कन्टिर–बाबू अझै बढी संवेदनशील हुन्छन् । कारण, नेपालले बढी देखासिकी गर्ने भनेकै भारतीय समाजको हो ।

त्यसो त नेपाल सरकारले भारतको राम्रो उदाहरणको सिको गरे त राम्रै हुन्थ्यो । तर कन्टिर–बाबूको अपेक्षाविपरीत यहाँ हुन्छ उल्टो । यहाँको सरकारले खाली नराम्रो कुरामात्र सिक्छ ।

भारतमा अहिले एउटा पोस्टर काण्ड निकै चर्चामा छ । केही अभियन्ताले एक पोस्टर सार्वजनिक गरी भारत सरकारसँग कोभिडको उपचार र खोपका सम्बन्धमा प्रश्न गरेका छन् । तर भारत सरकारले ती अभियन्ताहरूको प्रश्न मन पराएको छैन र त्यस्ता उनीहरूलाई खोजी–खोजी पक्राउ गरिरहेको छ ।

भारत सरकारको सो (कु)कृत्यको निकै आलोचना भइरहेको छ । लोकतन्त्रमा प्रश्न र आलोचना गर्न पाउने अधिकारमाथिको आक्रमण ठानिएको छ । कन्टिर–बाबू यस कुरासँग सहमति व्यक्त गर्दै प्रश्न सोध्न पाउने जनताको अधिकार विश्वमा कहीँ पनि कुण्ठित हुन नहुने कुराको वकालत गर्छन् ।

त्यसै पनि वर्तमान नेपाल सरकार जनताको प्रश्न सोध्न पाउने अधिकारप्रति सुरुदेखि नै असहिष्णु रहँदै आएको छ । झन् भारतको पछिल्लो घटनाबाट सिकेर नेपाल सरकारले आफूलाई प्रस्तुत नगरोस् भन्ने पिरलोले यतिखेर कन्टिर–बाबू त्रसित छन् ।

कोभिड समस्या सुरुमै बुझ्न असफल ओल्बा नेतृत्व र सरकारको व्यापक आलोचना भइरहेकै छ । तर मनासिब आलोचना गर्दा पनि सरकारले पालेका अरिङ्गाल र साइबर–सेना भुरुरु खनिने देश हो यो । यस्तोमा सर्वसाधारण स्तरबाट भारतमा जस्तै पोस्टर मामिला देखिए सरकारले सजिलै पचाउन सक्ला भन्न कठिन छ ।

कन्टिर–बाबू भन्छन्– सबै बिपी–बाबूझैँ कहाँ हुन्छन् र ! बिपी–बाबूले त आफू सत्तामा हुँदा आफ्ना विरोधी विचारका पत्रकारलाई पैसा दिएर सरकारको आलोचना गर्न प्रोत्साहित गर्थे । कन्टिर–बाबूको प्रश्न छ– अहिलेका सरकारहरूमा छ यस्तो आँट ?

लोकतन्त्रमा प्रेस, सूचना र विचार अभिव्यक्तिको स्वतन्त्रता हुनुपर्छ भनेको त्यसैले हो । सर्वसाधारणले गरेको प्रश्न र आलोचनालाई सरकारले सुझावका रूपमा ग्रहण गर्नुपर्छ भन्ने विश्वव्यापी मान्यता हो ।

कन्टिर–बाबूको अनुभव छ, अमेरिका तथा युरोपमा विचार तथा अभिव्यक्ति स्वतन्त्रताका लागि त्यहाँका सरकारले सहयोग गर्छन् । तर नेपालमा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था के छ ? जगजाहेरै छ । नेपालमा सरकारको आलोचना गरेकै आधारमा धरपकड साथै भरौटे खटाएर धम्क्याउने कुकृत्य हुन्छ । कन्टिर–बाबू यस कुराको घोर विरोध गर्छन् ।

सामाजिक सञ्जाल वा कुनै मिडियामा सरकारका विपक्षमा कुनै विचार आए त्यसविरुद्ध सामूहिक रूपमा खनिनेहरूको योजनाबद्ध हर्कत प्रष्ट अनुभव गरेका छन् कन्टिर–बाबूले । सरकारले पुरस्कृत गर्ने बेलामा त्यस्तैलाई प्राथमिकता दिने गरेको पनि सुनेका छन् ।

अरे यार, यो त लोकतन्त्रविरोधी कर्तुत हो । कन्टिर–बाबूको चासो छ– यसलाई कसरी स्वीकार गर्न सकिन्छ ?

कोशी अनलाईन बाट साभार 

प्रतिक्रिया