Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बाँच्नेलाई पनि समस्या, मर्नेलाई पनि समस्या !

बाँच्नेलाई पनि समस्या, मर्नेलाई पनि समस्या !

हिन्दी भाषामा एक उखान छ– आसमान से गिरा, खजुर पे अटका । नेपाली भाषामा यसको सामान्य अनुवाद हुन्छ– आकाशबाट झरेर खजुरको बोटमा अडकिनु । यसको भावार्थ हुन्छ– एउटा समस्याबाट पार पाउन सकिएको छैन, अर्काे समस्या खडा भइसकेको हुन्छ ।

नेपालको सन्दर्भमा हालको परिस्थिति ठिक यस्तै छ भन्ने ठान्छन् कन्टिर–बाबू । एकमाथि एक समस्या खप्टिँदै गइरहेका छन्, तर समाधानको भेउ पाउन सकिएको छैन ।

अरे ल सुन यिनका कुरा । कोरोनाको कहर त छँदै थियो । यसमाथि उपचार पाउन कति गाह्रो छ भन्ने कुरा कन्टिर–बाबूलाई मात्र होइन, सबैलाई थाहा छ । कोरोनाबाट मृत्यु हुनेहरूको सद्गत गर्न पनि त्यतिकै गाह्रो छ ।

कन्टिर–बाबू भन्छन्– नेपालीको बाँच्न पाउने हक सङ्कटमा त थियो नै अब सद्गत गर्ने सांस्कृतिक हक पनि कुन्ठित हुने अवस्था छ । सद्गतकै सन्दर्भमा हाम्रो सरकारले पशुपति आर्यघाटमा दाउराको कमी हुन दिइन्न भन्ने उद्घोष गर्‍यो । तर यस्तो उद्घोषको के अर्थ ? जब कि दाह-संस्कार कार्यमा पनि अब महँगो शुल्क तिर्न मान्छेहरू बाध्य बनाइएका छन् ।

कन्टिर–बाबू भन्छन्– सरकार कतिसम्म लाचार भएको ? अरे यार जनतालाई उपचार त दिन सकिएन नै अब दाह–संस्कारमा पनि शुल्क ?

कुरा यतिमात्र होइन, अक्सिजन समस्याको थोते समाधान हुन खोजेको हो कि हो कि जस्तो भानमात्र के भएको थियो बजारमा सिटामोलकै अभाव छ भन्ने कुरा आउन थाल्यो । कन्टिर–बाबू आश्चर्यचकित हुँदै भन्छन्– अरे भाइ आखिर यो ओल्बा–राजमा भइ के रहेको छ ?

कुरा यहीँ टुङ्गिदैन । कोरोनाको एकथरी भेरिएन्टले हायलकायल पारेकै थियो त्यसमाथि कोरोनाको अर्को ढिटखाले नयाँ भेरियन्ट नेपालमा फेला पर्‍यो रे ! तर हाम्रो सरकार छ कि आकाशमार्गबाट हुने विदेश यात्रालाई अझै पूर्ण रूपमा निषेध गर्न गम्भीर बनेको छैन ।

अस्ति मन्त्रिपरिषद् बैठकमा ओल्बाले हाकाहाकी भनिदिए– कोरोनाले यति उग्र रूप लेला भन्ने अनुमान सुरूमा मलाई थिएन । अहिले अर्को जब्बर भेरियन्ट आउँदै गर्दा सरकारको व्यवहार जस्तो छ, त्यसलाई विचार्दा एक–दुईपछि सरकारका तर्फबाट प्रतिक्रिया आउने होला– यो भेरियन्टले यसरी जनधनको क्षति गर्छ भन्ने अनुमान सुरुमा थिएन । कन्टिर–बाबू मनमनै कल्पिरहेछन्– हे भगवान् ! थेथरको उपचार के छ ?

यस्तोमा जनसामान्यले गर्ने ? उही पहिले–पहिले राजाहरूले भन्ने गरे जस्तो श्री पशुपतिनाथले रहलपहल, बाँकी बचेका सबैको कल्याण गरुन् भनेर जपी बस्ने कि सरकारलाई जबाफदेही बनाउन गत वर्षको झैँ ‘इनफ इज इनफ’ भन्दै सडकमा आउने ? कन्टिर–बाबूले केही सोच्न सकेका छैनन् ।

कोशी अनलाईनबाट साभार 

प्रतिक्रिया