Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ३० जेठ २०८२
प्रचलनमा:
ताजा अपडेट
अमृत डिष्ट्रिलरीद्वारा बाम्काबजारका आगलागी पीडितलाई राहत वितरण अमृत डिष्ट्रिलरीद्वारा बाम्काबजारका आगलागी पीडितलाई राहत वितरण बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने यस्तो छ संघिय सरकारको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटको पूर्णपाठ यस्तो छ संघिय सरकारको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटको पूर्णपाठ संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर !

रवि लामिछानेको जनमैत्री अस्पतालको ठगी धन्दा : पैसा तिर्न नसक्दा उठेन सङ्क्रमितको शव

रवि लामिछानेको जनमैत्री अस्पतालको ठगी धन्दा : पैसा तिर्न नसक्दा उठेन सङ्क्रमितको शव

‘सरकार नभए पनि हामी छौँ’ भन्दै रवि लामिछानेको नेतृत्वमा सञ्चालित अस्पतालले नै महाविपत्तिलाई कमाऊधन्दाकाे उपयोग गरिरहेको पुष्टि भएको छ । ‘पैसा तिर्न सक्नेका लागि सबै सुलभ र पैसा नहुनेहरूका लागि सित्तैमा उपचार गर्ने’ नारा बजाउँदै आएको सो समूहले नै लुट मच्चाइरहेको देखिएको छ । 

महँगो शुल्क लिने अरू अस्पतालको सर्वत्र टीकाटिप्पणी भइरहेको बेलामा रवि लामिछानेद्वारा प्रसार प्रसार गरिएको जनमैत्री अस्पतालले पनि कोभिडका बिरामीका लागि एकै दिनको एउटा क्याबिनको सरकारले तोकेभन्दा बढी शुल्क लिएको देखिएको छ । विकृति विसंगतिविरुद्ध आवाज उठाउँदै आएको सो समूह लेनै समाजसेवाको आडमा ठगी धन्दा गरिरहेको भन्दै बिरामीका आफन्तले आलोचना गरेका छन् । 

बालाजु चोकस्थित जनमैत्री अस्पताल लामो समययता बन्द थियो । केही साताअघि रवि लामिछाने र सञ्चालनमा नआइसकेको उनको ग्यालेक्सी टेलिभिजनको समूहको सहकार्यमा सो अस्पताल चलाइएको हो । अस्पताल प्राङ्गणमा ग्लोक्सी टेलिभिजनको गाडी र रवि लामिछाने फाउन्डेसनको ब्यानर समेत देख्न सकिन्छ ।

रवि लामिछाने आफैले ‘सरकारले कोरोना सङ्क्रमितको उपचार गर्न नसकेको र निजी अस्पतालमा शुल्क महँगो भएको कारणले’ आफूहरूले निःशुल्क उपचार गर्ने दाबी गर्दै सामाजिक सञ्जालमा भिडियो भाइरल गराइरहेका छन् ।  तर यो सबै लामो समयदेखि बन्द रहेको अस्पताल खुलाइएपछि गरिएको विज्ञापन साबित भएको छ । ‘निःशुल्क तथा सस्तो सुलभ शुल्कमा उपचार गर्ने’ विज्ञापन अस्पतालको विजिनेस बढाउन गरिएको फण्डा रहेछ भन्ने एक उदाहरण हो एक लाख १६ हजार रुपैयाँ तिर्दा पनि शव लैजान नदिनू ।

मृतकको आफन्तले उपचार खर्च सबै नतिरेको भन्दै जनमैत्री अस्पताल प्रशासनले कोरोना सङ्क्रमितको शव उठाउन दिएन । नयाँ बजार निवासी कोरोना सङ्क्रमित ६० वर्षीय रामचन्द्र श्रेष्ठ त्यहाँ वैशाख ३० गतेदेखि उपचाररत थिए । आइसियुमा उपचाररत उनको बिहीबार बिहान २ बजे निधन भयो ।

कोरोना सङ्क्रमितको मृत्यु भएपछि गरिने सबै प्रक्रिया पुरा भएपछि शव उठाउनुपर्ने हो । मृतककी पत्नी सानुमाया श्रेष्ठलगायत सनाखत गरिसकेका थिए । दाहसंस्कारको लागि कोरोना सङ्क्रमितको शव लिन नेपाली सेनाको टोली तयार थियो । तर मृतकाका आफन्तबाट अझै एक लाखभन्दा बढी शुल्क लिर्न बाँकी रहेको भन्दै अस्पताल प्रशासनले शव लैजान दिएन । 

यता बिरामीको मृत्युपछि शोकमा रहेका परिवार तथा आफन्त अस्पतालले मागे बमोजिमकोे पैसा  जुटाउन लागे । यसअघि उनीहरूले बिरामी भर्नाको समयमा १६ हजार र १ लाख रुपैयाँ सिद्धार्थ बैङ्कबाट ट्रान्सफर गरिदिएका थिए । अस्पतालले बाँकी ७७ हजार र औषधिको थप केही रकम मागेको थियो । सो रकम तत्काल तिर्न भन्दै अस्पताल प्रशासनबाट मृतकका आफन्तलाई लगातार फोन गरी दबाब आइरहेको थियो । 

आफन्तले उपचार खर्च महँगो भएको भन्दै गुनासो राखे । सबै पैसा तिरे पनि सबै हिसाब बुझाउने अस्पतालले बतायो । तर ‘कुन कुन शीर्षकमा कति खर्च भएको हो’ भनेर बिल नदिएसम्म पैसा भुक्तानी नगर्ने आफन्तले बताएपछि दाहसंस्कार गर्न अस्पतालले शव दिन मान्यो । मृत्यु भएको १३ घण्टापछि दिउँसो ३ बजेपछि मात्रै सेनाको टोलीले शव उठाएर लग्यो । कुन कुन शीर्षकमा कति कति खर्च भएको भन्ने हिसाब खोजेपछि मात्रै पैसा माग्न छाडेको मृतकका सालो नाता पर्ने सबु श्रेष्ठले बताए । उनले भने ‘हामीले एक लाख १६ हजार तिरिसकेका छौँ । कति खर्च भएको हो ? 

कुन कुन शीर्षकमा कति खर्च भएको देखाइदिनुस् भनेपछि अस्पतालले हिसाब देखाउन सकेन । अनि ल भैगो भन्दै तिर्नु पदैन भनेको छ ।’ सरकारले कोभिडका बिरामीको उपचार गरेबापत सरकारी अस्पताललाई शुल्क तिर्छ । अस्पतालमा कोभिड–१९ केयर सञ्चालन सम्झौतामा सङ्क्रमितको उपचार व्यवस्थापनमा लाग्ने खर्च सामान्य उपचारका लागि ३ हजार ५ सय, मध्यम उपचारका लागि ७ हजार र गम्भीर उपचार (भेन्टिलेटर) का लागि १५ हजार प्रति बिरामी प्रतिदिन तय गरिएको छ। तर जनमैत्री अस्पतालले भने मृतक रामचन्द्र श्रेष्ठको उपचारको लागि एक दिनको २२ हजार भन्दा बढी शुल्क देखाएको आफन्त बताउँछन् ।

मृतकका आफन्त भन्छन् ‘एक साताको बिल २ लाख बढी आउनु भने सरकारले तोकेभन्दा अत्यधिक बढी शुल्क राखेर नै हो । नियम अनुसारको शुल्क लिने हो भने दैनिक ७ हजारका दरले ५० हजार हाराहारीको मात्रै बिल आउँथ्यो ।’

रविले ल्याएको १०० सिलिन्डर अक्सिजन खै ?

एक साताअघि रवि लामिछाने र एक मन्त्रीबीचको संवाद भिडियो भाइरल भयो । भिडियोका मुख्य पात्र उनै रवि लामिछाने थिए, जो पछिल्लो समय पत्रकारिता छोडेर व्यापार/व्यवसाय एवम् समानान्तर सरकार चलाउन खोजेको आरोप खेपिरहेका व्यक्ति हुन् ।

मन्त्री रामवीर मानन्धर राजधानीको जनमैत्री अस्पतालको गेटमा गाडीबाट उत्रिएका थिए । मन्त्री अस्पतालबाट फर्कँदै गरेको दृश्य थियो त्यो ।  भिडियोमा रवि लामिछाने र मन्त्रीका बीचमा नोकझोक भएको देखिन्छ । यही बीचमा लामिछानेले ‘जाबो एक सिलिन्डर अक्सिजन ल्याउन नसक्ने, झन्डा हल्लाएर हिँड्ने, झन्डा खोल्नोस्’ भन्दै अराजक रुपमा प्रस्तुत भएका थिए ।  हुन पनि हो, त्यो अवस्थामा अक्सिजन जुटाइदिने नै भगवान् बराबर थिए । बिरामीले अक्सिजन नपाइरहेको त्यो अवस्थामा ‘सय वटा सिलिन्डर आफूले ल्याएको छु’ भनेर रवि लामिछानेले दाबी गरेका थिए । धेरैले त्यो भिडियोमा रवि लामिछानेको बोलेका कुरा पत्याइदिए । उनको धेरै प्रसंंशा पनि भयो ।

तर उक्त भिडियो पनि सस्तो लोकप्रियताको लागि फण्डाको रुपमा मात्रै प्रचार गरिएको पुष्टि भएको छ । अस्पतालमा जति पनि उपचाररत बिरामी छन् अधिकांशले आफैँले अक्सिजन ल्याउँदै आएका छन् ।  स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई समानुपातिक रुपमा अक्सिजन वितरण गरेपछि केही सिलिन्डर सो अस्पतालले पनि पाएको छ । तर पनि अस्पतालले ‘अक्सिजन छैन’ भनेपछि बिरामीका आफन्तले मध्यराति ललितपुर साततोबाटोसम्म चहारेर अक्सिजन ल्याउनुपरेको भेटिएको छ। 

एक जना बिरामीका आफन्तले भने ‘सयौँ सिलिन्डर असिक्जन अस्पतालमा ल्याएको छु भनेर प्रचार भएकै दिन मेरा आफन्त त्यही अस्पतालमा भर्ना भए, तर अस्पतालले असिक्जन छैन, आफैँ ल्याउनु भन्यो । मध्यराति सयौँ ठाउँमा चहार्दा एउटा खाली सिलिन्डर भेटेँ । अक्सिजन उद्योगमा गएर भरेर ल्याएँ ।’

चर्को शुल्क असुल्नु कानुन विपरीत 

सरकारले तोकेभन्दा बढी शुल्क लिएको पाइएमा जुनसुकै अस्पताललाई तत्काल कारबाही गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चेतावनी दिएका छन् । उनले कुनै अस्पतालले पनि तोकभन्दा बढी शुल्क लिने नपाउने स्पष्ट पारे ।  उनले महामारीमा बढी शुल्क लिनेविरुद्ध बोली होइन, मन्त्रालय ‘एक्सन’ मै जाने स्पष्ट पारे । उनले भने ‘प्रमाण लिएर आउनुहोस् । हामीसँग मेकानिज्म छ। तत्काल थुनिदिन्छौँ, तर यहाँ बोल्ने, लेख्ने मात्रै भो ।' 

नेपाल फ्ल्यास बाट  साभार 

प्रतिक्रिया