Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

निषेधाज्ञामा खाद्यवस्तुका उद्योग पनि बन्द हुन थाले, गुडलाइफ बिस्कुट र मगमग चाउचाउ बन्द

निषेधाज्ञामा खाद्यवस्तुका उद्योग पनि बन्द हुन थाले, गुडलाइफ बिस्कुट र मगमग चाउचाउ बन्द

कडा निषेधाज्ञा कारण मालवस्तुको बिक्री र ढुवानीमा असर परेपछि पूर्वका खाद्यवस्तुका उद्योग बन्द हुन थालेका छन्। गत वर्षको लकडाउनमा शत प्रतिशत क्षमतामा उत्पादन र कारोबार गरेका खाद्यवस्तुका उद्योगलाई नेपाल र भारतको कडा लकडाउनले यस पटक बन्दको अवस्थामा पुर्‍याएको छ।

गुडलाइफ ब्रान्डका बिस्कुटका उत्पादक सुनसरीमा सञ्चालित एसियन बिस्कुट इन्डस्ट्रिज शुक्रबारदेखि बन्द भएको हो। उद्योगका सञ्चालक महेश जाजूले दैनिक ४० टन उत्पादन क्षमताको एसियन बिस्कुट अर्को सूचना नहुन्जेलसम्मका लागि बन्द गरिएको जानकारी दिए। एसियन बिस्कुटले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न योग्य बिस्कुटको उत्पादन गरिरहेको दाबी उद्योग पक्षले गरेको छ।

‘लकडाउन सुरु भएपछि हामीले उद्योगको क्षमता क्रमशः घटाउँदै लग्यौं,' सञ्चालक जाजूले भने, ‘बिहीबारसम्म आइपुग्दा उद्योगको उत्पादन २० प्रतिशतमा झरेको थियो। तर उत्पादनले सबै गोदाम भरिइसकेका छन्। पूर्वपश्चिम उत्तरदक्षिण कतैबाट पनि मालको अर्डर आउँदैन। अर्डर आए पनि पुर्‍याउन समस्या छ। यस्ता अवस्थामा हामीले उद्योग बन्द नै गर्नुपर्ने टुंगोमा मा पुग्यौं।’

उनले गत वर्षको लकडाउनमा मानिस नडराई बजारसम्म निस्किए पनि यस पटक डराएको उल्लेख गर्दै यस वर्ष बजार पनि सुनसान हुँदा मालवस्तुको बिक्री बन्द भएको स्पष्ट पारे। उनले बिस्कुट उद्योगमा ५ सयभन्दा बढी कामदार भएको जनाए। त्यस्तै रमपम चाउचाउको उत्पादक सुनसरीको एसियन थाई फुड्सको उत्पादन पनि आधामा सीमित भएको छ। एसियन थाईका सञ्चालक जाजूले भने, ‘यस्तै हो भने ७ दिनभित्र चाउचाउको उत्पादन पनि बन्द हुनेछ।’

उनले गत वर्षको लकडाउनका बेला दाल, चामल, बिस्कुट, चाउचाउ लगायतका मालवस्तुको प्याकिङ बनाएर विभिन्न राजनीतिक दल र सामाजिक संघसंस्थाले देशभरि नै राहत सामग्री वितरण गरेकाले खाद्यवस्तुका उद्योगको सञ्चालन सहज हुन सकेको स्मरण गरे। त्यस्तै झापा जिल्लाको मेचीनगर नगरपालिकामा सञ्चालित मगमग ब्रान्डको चाउचाउको उद्योग मनसा थाई फुड पनि बिहीबारदेखि बन्द गरिएको छ।

मनसाका सञ्चालक बुद्धिप्रकाश घिमिरेले बुधबार साँझमा सूचना प्रकाशित गरेर अर्को सूचना जारी नगरिएसम्म बिहीबारदेखि उद्योगको उत्पादन बन्द गरिएको पुष्टि गरे। ‘हामी दैनिक २५ देखि ३० टन चाउचाउ उत्पादन गरिरहेका थियौं,’ सञ्चालक घिमिरेले भने, ‘हामी आधाभन्दा बढी उत्पादन भारत निर्यात गरिरहेका थियौं। तर आन्तरिक बजार सुकेसँगै भारतबाट अर्डर आउन पनि बन्द भयो। त्यसैले २ सय कामदार कार्यरत उद्योग बन्द गर्न बाध्य हुनुपर्‍यो।’ 

क्वालिटी बिस्कुटका सञ्चालक नबलकिशोर काबराले सुनसरीस्थित उद्योगको क्षमता ६० प्रतिशत कटौती गरिएको बताए। सञ्चालक काबराले दैनिक ५० टन उत्पादन गरिरहेको उद्योग २० टन उत्पादनमा साँघुरिएको सूचना दिए। उनको चाउचाउ उद्योग क्वालिटी नुडल्स पनि ३० प्रतिशत क्षमतामा चलिरहेको छ।‘बैंक बन्द छ, ढुवानी ठप्प छ, कामदारको आवागमन सहज छैन,’ उनले भने, ‘यति धेरै समस्या छन्, भनेर साध्य छैन। बैंक नै बन्द गरिएपछि कामदारलाई साप्ताहिक भुक्तानी गर्न पनि समस्या भएको छ।’

अर्को उद्योग क्वालिटी थाई फुड्सका सञ्चालक विपिन काबराले उद्योग परिसरमा उत्पादन गरिने चाउचाउ, इनर्जी ड्रिङ्क्स, स्न्याक्स लगायतका वस्तुको उत्पादनमा ६० देखि ७० प्रतिशत कमी आएको गुनासो गरे।‘यस्ता बेलामा सबैभन्दा ठूलो क्रेता स्थानीय सरकार हुनुपर्छ,’ उनले भने, ‘सबै स्थानीय तहले आफ्ना क्षेत्रका विपन्न समुदायलाई राहतको अभियान सञ्चालन गर्ने हो भने खाद्यवस्तुका उद्योगले प्राण पाउने छन्।’

कोभिडका कारण संकटमा परेका उद्योगका समस्या आगामी बजेटमा सम्बोधन गरिनुपर्ने उनले आग्रह गरे।

प्रतिक्रिया