Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

उपचार गदागर्दै संक्रमित हुन्छन स्वास्थ्यकर्मी

उपचार गदागर्दै संक्रमित हुन्छन स्वास्थ्यकर्मी

जिल्ला अस्पताल मंगलसेनमा कार्यरत एक अहेब २ पटक संक्रमित भए । अन्य बिरामी र कोरोना संक्रमित बिरामीको उपचार गर्दागर्दै उनी ६ दिन अघि दोस्रो पटक संक्रमित भएपछि सेल्फ आइसोलेसनमा बसेका छन् । तर आफू दोस्रो पटक संक्रमित भएको कुरा घरमा सुनाउन सकेका छैनन् । आमा बुवाले चिन्ता मान्ने र आत्तिने डरले संक्रमित भएको ६ दिनसम्म भन्न नसकेका हुन् । ‘आमा अन्य रोगको बिरामी पनि हुनुहुन्छ । कोरोना संक्रमणको हल्ला सुरु भएदेख नै उहा“लाई मेरो चिन्ता लागेको हो । आमाले थाहा पाउनु होला भनेर नै मैले नाम भन्न सकिन ’ उनले भने ,‘ थोरै संक्रमित भएको बेला अघिल्लो वर्ष म संक्रमित भएको थिए । त्यतिखेर आफूलाई छुट्टै खालको डर लाग्थ्यो । तर अहिले आफैं संक्रमितको उपचारमा खटिएको बेला संक्रमित भए । खासै लक्षण पनि छैन । त्यस्तो डर पनि लागेको छैन ।’ तर , सामान्य अवस्थामा अस्पताल आउने र उपचार गर्दागर्दै मृत्यु हुनेको संख्या जिल्ला अस्पतालमा बढेपछि आफूलाई पनि डर लागेको उनको अनुभव छ ।‘ उपचार गर्दागर्दै बिरामीसंग हाम्रो छुट्टै खालको पेम हुन्छ । निको भएर जादा आफैंलाई सञ्चो भएको महसुस हुन्छ । मृत्यु नै हुदा त हामीलाई जति पिडा अरुलाई हुदैन होला जस्तो लाग्छ ।’ उनले भने ।  स्वास्थ्यकर्मीको अभाव भएका संक्रमित भएकै अवस्थामा आइसोलेसनमा भएका संक्रमितको उपचारमा जान तयार रहेको उनले सुनाए ।‘ बिरामीको उपचार गर्नु हाम्रो जिम्मेवारी नै हो । अहिले जिल्ला अस्पतालमा अक्सिजन सकियो । एक सिलिण्डर मात्र्रै छ । यसको प्रभाव नेताहरु , अन्य सरोकारवालाई के कती पर्छ थाहा भएन । बिरामी हाम्रो अगाडी छट्पटिएको हुन्छ यसको प्रत्यक्ष प्रभाव हामीलाई पर्छ ।’ उनले भने ।

मंगलसेन नगरपालिका –४ मा कार्यरत अनमी रत्ना रावल सोडारी बिरामीको उपचारमा खटिरहेकै बेला  १० दिन अघि संक्रमित भइन् । घरघरमा पुगेर उपचार गर्ने , रोग पत्ता लगाइ दिने , सुझाव सल्लाह दिने काममा व्यस्त थिइन् । त्यो बाहेक स्वास्थ्य चौकीमा अन्य बिरामी चेकजा“च गरिरहेकै बेला संक्रमण पुष्टि भयो । ‘ उपचारमा खटिएकी थिए“ । संक्रमण पुष्टि भयो । घरमा १७ वर्षको छोरालाई ४८ घण्टासम्म १०३ डिग्री ज्वरो आयो । उसलाई पनि संक्रमण देखियो । सासु पनि अहिले संक्रमित हुनुहुन्छ ’ उनले भनिन् ,‘ केहि दिनसम्म त मलाई गाह्रो भएको थियो । अहिले म ठिक छु । घरमा बसेर सासु र छोराको उपचार गरीरहेकी छु । कहिले फेरी काममा फर्किन पाएला जस्तो भइसक्यो ।’ सुरुसुरुमा संक्रमितको उपचारमा खटिदा पनि डर नलागेको उनको अनुभव छ । तर अहिले आफेना नसजकका आफन्त र आफैंले उपचार गरेका बिरामीको कोभिड संक्रमणका कारण मृत्यु भएपछि डर लाग्न थालेको उनको अनुभव छ । ‘ मेरा नजिकका २ जना आफन्तको पनि कोभिडका कारण मृत्यु भयो । आफैंलाई पनि संक्रमण भयो । अरुको उपचारमा रातदिन खटिनेलाई पनि डर त लाग्दो रहेछ भन्ने महसुस भयो ।’ उनले सुनाइन । स्वास्थ्यकर्मी भएको परिवारमा अरुभन्दा बढि चिन्ता हुने गरेको उनको अनुभव छ । ‘ दोस्रो डोज खोप लगाउदा पनि संक्रमण भयो । अहिले छरछिमेक वरपर र बाटोमा हिंड् मान्छे पन स्वासथ्यकर्मी भनेपछि डराउन थाले ।

उच्च जोखिमा पटकपटक संक्रमण हु“दा पनि थप सेवा सुविधा नपाएको उनको गुनासो छ । ‘अघिल्लो वर्ष २ महिना ५० प्रतिशतका दरले जोखिम भत्ता पाइएको थियो । यो वर्ष भने केहि छैन ।  रातदिन नभनीकन उच्च जोखिममा काम गर्ने स्वासथ्यकर्मीको कुनै मुल्यांकन नभए जस्तो लाग्छ ’ उनले भनिन् ,‘ कतिपय अवस्थामा आफैं संक्रमणको बेला पनि संक्रमितको उपचारका लागि निस्कनुपर्छ ।’

 

प्रतिक्रिया