Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २० साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित

नागरिकता अध्यादेश झुक्याउने नियत

नागरिकता अध्यादेश झुक्याउने नियत

संस्कृतमा एक श्लोक छ– एको अहं, द्वितीयो नास्ति, न भूतो न भविष्यति ! अर्थात् एक ममात्र हुँ, बाँकी सबै मिथ्या हो । मजस्तो न कोही थियो, न त हुनेछ ।

कन्टिर–बाबूका अनुसार वर्तमानको नेपाली राजनीतिका पात्रसँग यो श्लोक निकै मेल खान्छ । अझ हाम्रा ओल्बाको हकमा त सय प्रतिशत सही छ यो । हो पनि, ओल्बालाई आफूलाई जतिखेर जे गर्न मन लाग्यो त्यही गर्छन् ।

नागरिकता अध्यादेशकै कुरा गरौँ । ओल्बा सत्ताका लागि जेसुकै कृत्य गर्न र जस्तोसुकै मूल्य चुकाउन तयार छन् भन्ने कुराको पछिल्लो प्रमाण हने, नागरिकतासम्बन्धी अध्यादेश । दोस्रो पटक संसद् विघटन गरेको भोलिपल्ट उनले गोजीबाट निकालेजस्तो गरेर फ्याट्ट यो अध्यादेश ल्याइदिए ।

ओल्बाले नागरिकतासम्बन्धी अध्यादेश यस बेला किन ल्याए ? यो त जगजाहेर कुरा हो । तर कन्टिर–बाबू यस कुरामा चकित छन् कि यसअघि उनि आफू वर्तमान पार्टीको संसदीय दलको विपक्षी नेता हुँदा चाहिँ संसदमा प्रस्तुत नागरिकतासम्बन्धी संशोधन विधेयकको घोर विरोध गरेका थिए तर अहिले उनकै अग्रसरतामा यो विधेयक आयो ।

कुरो क्लियर छ, अस्ति ओल्बाले जे आधारमा आफ्नो पक्षमा एक सय ५३ जना सांसद रहेकाले संविधानको धारा ७६ (५)अनुसारको प्रधानमन्त्री बनाई पाउँ भनी रापसमक्ष दाबी गरे त्यसै आधारको खालमा यो नागरिकता अध्यादेशरूपी तुरूपको एक्का फालिएको कसलाई थाहा छैन ?

त्यसो त कन्टिर–बाबू देशमा कोही पनि अनागरिक रहनुहुन्न र कुनै पनि नागरिकसँग कुनै आधारमा विभेद गरिनुहुन्न भन्ने मत राख्छन् । तर अहिले जुन ढङ्गले नागरिकतासम्बन्धी अध्यादेशका ल्याइएको छ, त्यो देखेर कन्टिर–बाबूका मनमा केही प्रश्न उठेका छन्– अहिले यो कुन नियतले ल्याइएको हो ? के ओल्बाले साँच्चै आवश्यक ठानेर यो अध्यादेश ल्याए त ? के यो अध्यादेश ल्याउने सर्वाधिक उपयुक्त समय यही नै थियो ? संसद् विघटन गरेर निर्वाचनको घोषणा भइसकेपछि निर्वाचन प्रभावित हुन सक्ने दूरगामी महत्त्वको अध्यादेश ल्याउनु पछाडिको रहस्य के हो ?

अरे यार, नागरिकतासम्बन्धी विधेयक विगत तीन वर्षदेखि संसदमा फुटबल बनिरहेको छ । र यो फुटबलमा सर्वाधिक बढीे फल हान्ने यिनै ओल्बा र यिनको पार्टीका खेलाडी हुन् । यसको प्रमाण सञ्चारमाध्यमका तत्कालीन लिखत तथा अडियो–भिडियो गुगलमा सर्च गरे हुन्छ । अहिले ओल्बाको हृदय अचानक के कारणले परिवर्तन भयो ? उत्तर उनैलाई थाहा छ । जेपिटी बोल्न, गर्न पल्केका ओल्बा सार्वभौम भनिएको जनता र संसदप्रति उत्तरदायी भए पो कुनै प्रतिक्रियाको अपेक्षा पनि गर्नु !

अरे यार कन्टिर–बाबू थप छक्क परिरहेका छन्, यस अध्यादेशको पक्षमा उफ्रिनेहरूको चाला देखेर । यो त उधारो प्रक्रिया हो नि ! कन्टिर–बाबूको प्रश्न छ– अरे यार संसदमै उभिएर नगदमा कारोबार गर्छैँ भन्नेहरू अहिले उधारोमा किन रमाएका ? अध्यादेश त छ महिनाभित्र संसदले पारित गर्नुपर्ने हुन्छ । संसदमा विचाराधीन विधेयकलाई नै प्रभावित गर्ने गरी ल्याइएको यो अध्यादेश भोलिका दिनमा संसदबाट पारित हुने वातावरण बन्न सकेन भने यसको हबिगत के होला ?

कन्टिर–बाबूको स्पष्ट मत छ– ओल्बाले सफा नियतले यो अध्यादेश ल्याएका हुँदै होइनन् । खाली तत्कालको खड्गो टार्न र भावी निर्वाचनमा मत माग्ने माध्यमका रूपमा प्रयोग गर्न खोजेका हुन् । बाँकी आफैँ मिलाएर बुझ्नुस् !  कोशी अनलाईनबाट 

प्रतिक्रिया