Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

प्रभावकारी छैन प्रधानमन्त्री रोजगार कार्यक्रम

प्रभावकारी छैन प्रधानमन्त्री रोजगार कार्यक्रम

अछाम

मंगलसेन नगरपालिका ५ की बार्की  विक प्रधानमन्त्री रोजगार कार्यक्रममा छनोट भएकी छन् । १ सय दिन काम गर्नु पर्ने र दैनिक ज्याला ५ सय २७ रुपैयाँ पाउने गरी उनी माघ २५ गते देखि काममा लागेकी हुन् । अब उनले काम गर्न थालेको १ सय दिन पुग्नै लाग्यो । यो समयसम्म उनले जति काम गरिन् त्यसमा आफैं सन्तुष्ट छैन । ‘दिनको ज्याला मात्रै दिइएको छ । काम गर्ने ठाउँ देखाइ दिएका छन् । तर सामाग्री केहि पनि छैन ’ उनले भनिन् ,‘ हामीसंग कुटो कोदालो बाहेक अरु सामाग्री केहि छैन । आउने आफूस“ग भएका सामाग्रीले काम गर्ने गरेका छौं ।’ 

खानेपानी मर्मत , गोरेटो बाटो निर्माण , मन्दिरको पर्खाल(पेटी) निमार्ण , सिचाइ कूलो निर्माण जस्ता ससाना योजनामा कामदारहरु खटाइएका छन् । दैनिक ज्याला ५१७ दिने सरकारको निति छ । तर काम भने झारपात उखेल्ने मात्रै भएको कामदारहरु नै बताउँछन् । ‘ जिल्ला अस्पतालको ंगोरेटो बाटो मर्मत गर्ने काम पायौं । पछिल्लो दिन पानीले बगाएर लग्यो । आफूले गरेको काममा सन्तुष्ट छनौं ’मंगलसेन –५ कि दिपा विकले भनिन् ,‘ एक सय दिन रोजगारी दिने भनेर छनोट गरेका हुन् । काम ५० दिनमा सकिन्छ ।’ 

लामो समयसम्म काम हुने र दैनिक काम पाइने योजनामा आफूहरुलाई समावेश गराउनु पर्ने कामदारको तर्क छ । ‘हामी अन्य ठाउँमा कहाँ काम पाइन्छ भन्दै खोज्दै हिड्छौं । काम नपाए खाने गुजारा चलाउन सकिदैन । हामी काम गर्न तयार छौं । सधैं काम हुनु पर्यो ।’ मंगलसेनकी प्रेमकला बजागाइले भनिन् ,‘ ३०÷४० दिन झारपात उखेलेर पाएको दैनिक ज्यालाले हामीलाई पुग्दैन । हतारमा गरेको काम राम्रो पनि हँुदैन बरु काम धेरै गर्न परोस् । निरन्तर चलोस् । निमांण सामाग्रीको व्यवस्था होस्’ रोजगारीको हकसम्बन्धी ऐन, २०७५ ले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरी बेरोजगारहरुको पहिचान र सूचीकरण गर्ने र रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरूलाई एक आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी प्रत्याभूति गरिने व्यवस्था गरेको छ । यसरी न्यूनतम रोजगारी प्रदान गर्न नसके सरकारले हरेक बेरोजगार परिवारलाई एक जना श्रमिकले एक सय दिन काम गर्दा प्राप्त गर्ने न्यूनतम पारिश्रमिकको पचास प्रतिशत रकम निर्वाह भत्ता दिनु पर्ने व्यवस्था छ । 

श्रमीकलाई ज्यालाको मात्रै व्यस्था भएकाले प्रधामन्मन्त्री रोजगार कार्यक्रम प्रभावकारी हुन नसकेको मंगलसेन नगरपालिकाका रोजगार संयोजक लक्षमण शाही बताउँछन् । उनका अनुसार मंगलसेन नगरपालिकामा २ सय ६२ जना श्रमीकले नगरका १८ वटा योजनामा काम गरिरहेका छन् । तर नगरपालिकाका् १० र ११ नम्बर वडाका स्थानीयले सामाग्री आफैं लिएर काम गर्नु पर्ने र ज्याला बाहेक अरु केहि नदिने भने पछि काम गर्न नमानेको शाहीले बताए । ‘नगरपालिकामा जम्मा १ करोड ५७ लाख रुपैयाँ यस कार्यक्रमका लागि आएको छ । यो ज्याला मात्रै हो ’ उनले भने ,‘ गरिब , विपन्न , दलित , एकल महिला कार्यक्रममा समेटिएका छन् । उनीहरुस“ग सामाग्री केहि पनि हुँदैन हामीसंग पनि किन्नलाई छुट्टै बजेट छैन ।’

स्थानीय तहसंग साझेदारी गरेका योजना बाहेक अन्य योजना प्रभावकारी हुन नसकेको पंचदेवल बिनायक नगरपालिकाका रोजगार संयोजक भरत अधिकारीले बताए ।‘ अलिअलि मर्मत गर्ने , सरसफाइ गर्ने योजनाहरु छन् । ठूला योजनाका लागि निर्माण सामाग्री चाहिन्छ । स्थानीय तहसंग साझेदारी गरेका योजना प्रभावकारी भएका छन् ’ उनले भने ,‘ श्रमीकहरु स्वतन्त्र छन् । हामीले दिनकै अनुगमन गर्न सक्दैनौं । उहाँहरु काम गरिदिनु हुन्न ।’ उनका अनुसार नगरमा ४ सय १८ जना श्रमिकका लागि २ करोड १६ लाख रुपैयाँ आएको छ । गत वर्ष आएको कजेटमा ७५ प्रतिशत रकम श्रमिकलाई र २५ प्रतिशत रकम सामाग्री खरिदका लागि आउने गरेता पनि यो आवमा सामाग्री खरिद कटौती गरिएको अधिकारीले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सूचीकृत बेरोजगार व्यक्तिहरुलाई न्यूनतम रोजगारी सुनिश्चित गर्न व्यावसायिक कृषि, सिंचाई, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायात पूर्वाधार लगायतका सार्वजनिक निर्माण तथा अन्य सार्वजनिक कार्यहरुमा सहकार्य र समन्वय गरी एकिकृत रुपमा थप आन्तरिक रोजगारी सिर्जना गर्नु पर्ने भएता पनि गोरेटो बाटो मर्मत , खानेपानी मर्मत जस्ता काममा अल्झाइएको सरोकारवाला बताउछन् ।
 

प्रतिक्रिया