Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०९ बैशाख २०८२
प्रचलनमा:
ताजा अपडेट
राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने :  जयगढ बजार आगलागी राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने : जयगढ बजार आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट अछामको जयगढ बजारमा ठुलो  आगलागी अछामको जयगढ बजारमा ठुलो आगलागी छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै

स्वास्थ्यकर्मीहरु भन्छन ‘झ्यालबाट हाम फालेर बच्यौं’

स्वास्थ्यकर्मीहरु भन्छन ‘झ्यालबाट हाम फालेर बच्यौं’

भेरी अस्पताल नेपालगन्जको कोभिड वार्डमा बिहीबार रात्रिकालीन ड्युटी सुरु भएको थियो। दाङको तुलसीपुर उपमहानगरपालिका–११ का ५२ वर्षका डिल्लीराज रावतको अवस्था गम्भीर थियो। ४ जेठदेखि भेरीमा उपचार गराइरहेका रावतको स्वास्थ्यमा सुधार आएको थिएन। स्टाफ नर्स अश्विनी गुरुङका अनुसार अक्सिजन लेबल २० देखि ३० सम्म पुगेको थियो। चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्न सुरु गरे पनि रावतलाई जोगाउन सकेनन्। 

‘केही दिनदेखि भेन्टिलेटरमा राख्न माग गर्ने मृतक रावतका आफन्तले भेन्टिलेटरमै राखेर निधन भएको आरोप लगाए। तपाईंहरूले किन भेन्टिलेटरमा राख्नुभयो। त्यसले गर्दा गाह्रो भयो भन्नुभयो’, ड्यूटीमा रहेका डा.चन्द्रप्रकाश साहूले भने, ‘अस्ति उहाँले नै भन्नुभयो, भेन्टिलेटरमा राख्नलाई। हामीलाई कहाँ–कहाँबाट फोन आयो। मन्त्रीको पनि फोन आएको थियो, उहाँलाई भेन्टिलेटरमा राख्नलाई। सिस्टरहरूलाई थर्काउनु भयो, कहाँबाट डिग्री गरेर आउनुभयो ? म पनि त्यहीँ थिए।’

रावतको निधन भएलगत्तै आफन्तहरू आएर उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि हातपात र अभद्र व्यवहार गर्न थालेको उनले बताए। स्टाफ नर्स सदीक्षा गैरेले ६– ७ जना आएर ‘यही हो’ भन्दै आफ्नो घाँटीमा समाएको बताइन्। ‘छेउकै बिरामीको कुरुवा बसेको अब्दुल दाइ अगाडि आएपछि म त्यहाँबाट भाग्न सकेँ। त्यसपछि रुँदै डाक्टरलाई घटना बताए’, कोतरिएको घाँटी देखाउँदै गैरेले भनिन्। 

भागेर ज्यान जोगाएकी अर्का स्टाफ नर्स अश्विनी गुरुङका अनुसार वार्डमा ड्युटीमा रहेका २ जना डाक्टरमध्ये डा.दीपक गुप्ता प्रहरीलाई खबर गर्न बाहिर निस्केका थिए। ३ जना स्टाफ नर्स ड्यूटीमा रहेको र अर्को एक जना ड्यूटी हेन्डओभरकै प्रक्रियामा हुँदा घटनामा परेकी थिइन्। मृतकका आफन्तले डा.साहूसहित सदीक्षा गैरे, अश्विनी गुरुङ, रीता अधिकारी र कविता पुनलाई वार्डमै लखेटेका थिए। उनीहरू ज्यान जोगाउन आइसोलेसन वार्डभित्रै रहेको क्याबिनमा पसेका थिए। 

‘हामी चुक्कुल लगाएर बस्यौं। अब सुरक्षित हुन्छांै होेला भनेका थियौं। ढोका फुटाउन थाले। त्यसपछि ५ जना नै क्याबिनको शौचालयभित्र पसेर चुक्कुल लगायौं। कोठाको ढोका फुटाएर फेरि शौचालयको ढोका फुटाउन आए। अब बाँचिन्न भन्ने लाग्यो। २ तले भवनको शौचालयको झ्यालबाट हाम फालेर ज्यान जोगायौं।’

अस्पतालमा बाल कोभिड वार्ड निर्माणको काम जारी रहेकाले झ्यालमुनि बालुवा र ढुंगागिट्टीको थुप्रो थियो। बालुवामा खसेकाले उनीहरूलाई चोटपटक भने लागेन। यो घटना हुँदा रातिको ९ बजिसकेको थियो। २ घण्टासम्म उनीहरू अस्पतालकै एनआईसी भवनमा लुकेर बसे। रातिको ११ बजे फेरि वार्डमा फर्केर उपचार गर्न गएको डा.साहूले बताए। 

राति नै प्रहरीले घटनाका अभियुक्त मृतक रावतका छोरा लोकराज रावत, भाइहरू मानबहादुर रावत र भरतबहादुर रावतलाई नियन्त्रणमा लिएको थियो। उनले भने, ‘एक जना बिरामीले गर्दा अरू उपचारबाट बञ्चित हुनुहुँदैन भने हामी फेरि ड्युटीमा गयौं। सबै बिरामीलाई हेर्न नभ्याउँदै घटना भएको थियो। बाँकी रहेका बिरामीलाई औषधि उपचार गर्‍यौं। घटनाकै बीचमा एक जना सिकिस्त बिरामीको मृत्यु भइसकेको रहेछ।’ 

जिल्लाका स्वास्थ्यकर्मीले बिहान ८ बजेदेखि भेरी अस्पताल परिसरमा विरोधका कार्यक्रममा सहभागी हुँदा पनि उनीहरू ड्यूटी सकेर नै पुगेका थिए। उनीहरूमा डरत्रास र आक्रोश थियो। स्टाफ नर्स गैरेले ४ पटकसम्म भेरीमा स्वास्थ्यकर्मीमाथि आक्रमण र दुव्र्यवहार हुँदासम्म सहेर बसे पनि कहिलेसम्म सहने भनेर विरोध प्रदर्शन उत्रन बाध्य भएको बताइन्। यसअघि पनि भेरीको इमरजेन्सीका एचएमाथि कोरोनाबाट मृत्यु भएका व्यक्तिका आफन्तले आक्रमण गरेका थिए। चेकजाँचका क्रममा धम्की दिँदा चिकित्सक र नर्सिङ स्टाफ शौचालयमा लुकेर बसेका थिए। यी घटनामा कसैलाई कारबाही भएको थिएन।

अर्की स्टाफ नर्स गुरुङले भने यो घटनाले सेवाका लागि भनेर रोजेको नर्सिङ पेशा नै असुरक्षित हुन थालेपछि किन रोजिएछ भनेर पछुतो भएको प्रतिक्रिया दिइन्। उनीहरूका आक्रमणकारीलाई कारबाहीको माग गर्दै दिनभर भेरी अस्पताल र जिल्ला प्रशासन कार्यालयभित्र स्वास्थ्यकर्मीको सुरक्षाका मागका नाराहरू गुञ्जेका थिए। सिमसिमे पानीमा रुझ्दै उनीहरूले स्वास्थ्यकर्मीको सुरक्षाको माग गर्दै प्ले कार्ड प्रदर्शन गरेका थिए। 

भेरी अस्पताल नेपालगन्जको कोभिड विशेष आइसोलेसन वार्र्डमा स्वास्थ्यकर्मीमाथि बिहीबार राति आक्रमण भएपछि घटनाको सर्वत्र निन्दा र भत्र्सना भएको छ। राष्ट्रप्रमुखदेखि सरकार प्रमुख, राजनीतिक दल, स्वास्थ्यका पेशागत संघ–संगठनले त्यसप्रति विरोध जनाएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार ट्विटरमार्फत दुःख व्यक्त गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण भए त्यसलाई ड्युटीमा खटिएका सुरक्षाकर्मीमाथि भएको आक्रमणसरह नै दण्डनीय मानिने बताएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आक्रमणमा संलग्नमाथि कडा कारबाही गर्न र घटनाको छानबिन गर्न माग गरेका छन्। 

नेपाल चिकित्सक संघ भेरीलगायत बाँकेमा कार्यरत स्वास्थ्यकर्मीका १५ वटा संघ–संस्थाले पनि दोषीलाई कारबाही, स्वास्थ्यकर्मीको उचित सुरक्षा व्यवस्था गर्न माग गरेका थिए।  अन्नपुर्ण पोष्ट 

प्रतिक्रिया