Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०४ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

एसईई अन्योलले तनावमा विद्यार्थी

एसईई अन्योलले तनावमा विद्यार्थी

मंगलसेन नगरपालिका – ५ की तुलसी भाट शोडषा मावि मंगलसेनमा कक्षा १० पढ्छिन् । कोरोना भाइरसको संक्रमण फैलिएपछि उनको पढाइ पनि अस्तव्यस्त बन्यो । नियमित कक्षा संचालन भएको भए अहिले उनी कक्षा ११ मा पढिरहेकी हुन्थिन् । तर अहिलेसम्म एसईई परिक्षा दिन नपाउदा उनी तनावमा छिन् । ‘अघिल्लो वर्ष पनि तनावमा बित्यो । यो पटक पढाइ भएको छैन । एसइई परिक्षा अन्योल छ । भविष्य नै बिग्रने डर लागेको छ’ उनले भनिन् ,‘निषेधज्ञा मात्र भइराख्ने हो , विद्यालय बन्द हुने हो र परीक्षाको बारे निर्णय नदिदा मजस्ता धेरै विद्यार्थी तनावमा छन् ।’

परिक्षा हुने वा नहुने भएपछि कहिले हुन्छ भन्नेबारे विद्यार्थीलाई जानकारी दिनु पर्ने  शोडषा माविमा कक्षा १० मा अध्ययनरत छात्र मनोज साउद बताउछन् ।‘ पढेको् कुरा पनि बिर्सि सक्यौं ।  ३० प्रतिशत भन्दा बढि पढाइ भएको छैन । वैकल्पिक विधिबाट पनि पढाइ भएको छैन ’ उनले भने ,‘ विद्यार्थीलाई अन्योलमा राखेर तनाव दिने काम भइरहेको छ । एसईई बारे केहि सूचना आउछकी भनेर नेटमा हेर्ने । सञ्चार माध्यममा समाचार सुनिरहन्छु । तर केहि जानकारी आउदैन ।’ शहरबजारका विद्यार्थीले अन्लाइनबाट पढेर कोर्स पुरा गरेको भएता पनि दुर्गमका विद्यार्थीले राम्रोसंग पढ्न नपाएको गुनासो गरेका छन् ।

विद्यालयले आन्तरिक मुल्यांकनबाट नम्बर दिदा अघिल्लो वर्षका धेरै विद्यार्थीको चित्त नबुझेको मनकामना मावि बलाताकी छात्रा सिता साउद बताउछिन् । ‘ वर्षभरी पढाइको बारेमा सोच्दा सोच्दै बस्छौं । महंगो शुल्क तिरेर अतिरिक्त कक्षाहरु लिन्छौं । अन्तमा सरहरुले आफ्नो नजरमा विद्यार्थी जस्तो छ त्यहि मुल्याकंन गरेर नम्बर दिन्छन् ’ उनले भनिन् ,‘ कोर्स पुरा गरेर परिक्षा दिन पाउनुपर्छ भन्ने हाम्रो माग हो । तर अहिलेसम्म केहि टुंगो छैन ।’ 

कोरोना भाइरसको संक्रमणका कारण एसईई मात्र नभएर अरु कक्षाका पढाइ र परिक्षा पनि अन्याmेमा छन् । विद्यालय निरन्तर संचालन नभएपछि र अन्य मनाध्यमबाट पनि पढाई नभएपछि छोराटछोरीको भविष्यको बारेमा अभिभावक पनि उत्तिकै चिन्तित छन् । ‘ घरमा बसेर पढेन लगाउदा पनि पढाइ केहि भएको छैन हामी जान्दैनौं के पढ्ने भन्छन् । गाउमा सबै केटाकेटी जम्मा हुन्छने् डुल्छन् । पढाइ बिर्सिसकेकी जस्तो लाग्छ ’ मंगलसेन ५ का अभिभावक पार्वती ढुंगानाले भनिन् ,‘सधैंभरि यस्तै भइराख्ने हो भने छोराछोरी बिग्रन्छन् भन्ने पिर लाग्छ ।’

जाल्पा आधारभुत विद्यालयकी शिक्षक रमना खनाल लकडाउनमा बालबालिका जोखिममा मात्रै नभएर पढाएको समेत बिर्सने गरेको बताउछिन् । ‘रेडियोको पहुँच नै नभएको गाउँमा अन्ललाइन कक्षा र टेलिभिजन कक्षा त सपना जस्तै हुन् ।  पढाइ पुरा नहुदा हामी पनि तनावमा छौं ।’ उनले भनिन् ।

अघिल्लो शैक्षिक शत्र जस्तो यो शैक्षिक शत्रमा शिक्षकले मनोमानि ढंगले नतिजा सार्वजनिक गर्न नसक्ने शोडषा मावि मंगलसेनका प्रधानाध्यापक देबेन्द्र दुब्बे बताउछन् । उनका अनुसार शोडषा माविका कुनै पनि विषको पुरा पढाइ भएको छैन । ‘ अहिले नियमीत ३ महिना पढाइ भएको छ । पुरा कोर्स हुनलाई कम्तिमा ७ महिना पढाइ हुनुपर्छ । अहिलेसम्म विद्यार्थी उतिर्ण हुनेसम्मको पढाइ भएको छैन ’ उनले भने , ‘झन्झन् कोरोना बढ्दैछ । एक शैक्षिक शत्र नै रोक्नुपर्छ । यस्तै अवस्था परिक्षा लिन र हामीलाई मुल्यांक गर्न गाह्रो हुन्छ । अर्ध वार्षीक परिक्षाले सबै मुल्यांकन हुँदैन ।’

जिल्लामा कोरोना संक्रमणको दर बढेपछि ७८ हजार विद्यार्थीको पढाइ अन्योल भएको शिक्षा विकास तथा समन्वय इकाइ अछामका प्रमुख लक्ष्मण गीरी बताउछन् । जिल्लामा सामुदायिक विद्यालय ४ सय ८५ र संस्थागत विद्यालय १९ विद्यालयमा पढ्ने विद्यार्थी यतिखेर तनावमा रहेको उनले बताए । ‘अहिलेसम्म अछामका कुनै विद्यालयले अनलाइन कक्षा संचालन गर्न सकेका छैनन् । सबै एकै ठाउँमा बसेर छलफल गर्न पाएका छैनौं । धेरै जसो शिक्षक विद्यार्थी पनि संक्रमित छन् ’ उनले भने , ‘ भविष्यको बारेमा सोच्ने धेरै अभिभावक र विद्यार्थी यतिखेर तनावमा छन् । अहिलेसम्म सरकारले ठोस निर्णय दिन सकेको छैन ।’ शैक्षिक शत्रको अन्तिम भएकाले अब के गर्ने भन्ने बारे सरकारले नै समयमा उचित निर्णय लिनु पर्ने गीरी बताउछन् ।‘विद्यालयबाट शिक्षकले नम्बर दिँदा खासै प्रभावकारी भएन । औसतमा नम्बर दिने गरेको पाइयो । यसरी नम्बर दि“दा विद्यार्थीको सही मुल्यांकन हुन सक्दैन ।’ उनले भने ।
 

प्रतिक्रिया