Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २१ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

के वीरेन्द्र भइदिएका भए नेपालमा अझै राजतन्त्र रहन्थ्यो?

के वीरेन्द्र भइदिएका भए नेपालमा अझै राजतन्त्र रहन्थ्यो?

आजभन्दा २० वर्षअघि, १९ जेठ २०५८ मा नेपालले अकल्पनिक बीभत्स घटनाको सामना गर्नुपर्‍यो। राजा वीरेन्द्र, रानी ऐश्वर्य र राजपरिवारका अन्य आठ सदस्यको राति खाना खाने बेला दरबारभित्रै हत्या भएको थियो। 

मध्य काठमाडौंका बासिन्दाले साँझ पौने नौ बजे स्वचालित गोलाबारीको आवाज सुनेका थिए। र, माओवादीले दरबारमा आक्रमण गरेछ भन्ठानेर डराएका पनि थिए। तर, पछि के बुझियो भने त्यतिवेला युवराज दीपेन्द्रले स्वयंलाई मार्नुअघि बुबा, आमा, भाइ, बहिनी, काका, काकी र अन्य आफन्तलाई गोली हानेका थिए। 

राजपरिवारको संहार भएको त्यो घटनाले नेपालमा मात्र विश्वलाई नै स्तब्ध बनाएको थियो। 

त्यो वेला नेपालमा माओवादीको हिंसात्मक व्रिदोह चर्किएको थियो, जसको लक्ष्य थियो राजतन्त्र अन्त्य। तर, राजतन्त्र आफैं  क्षयउन्मुख थियो।

दरबार हत्याकाण्डको पाँच महीनाभित्र माओवादीले तत्कालीन शाही नेपाली सेनाको आधारक्षेत्रमा हमला गर्दै हिंसात्मक गतिविधि थप चर्काए। त्यो सिलसिला थप पाँच वर्ष लम्बियो। यो अवधिमा जनधनको थुप्रै क्षति भयो ।

राजा घोषणा गरिएका दीपेन्द्र चार दिनसम्म कोमा (अचेत अवस्था) मा रहे। उनी बितेपछि उनका काका ज्ञानेन्द्र राजा बने।

दरबार हत्याकाण्ड भएको यो १९ जेठमा ठ्याक्कै २० वर्ष पुगेको छ। राजा वीरेन्द्रलाई चिन्‍नेहरू अझै पनि उनलाई सम्झिन्छन्, उनीप्रति शोक व्यक्त गर्छन् र उनी दिवंगत नभएका भए सायद नेपालमा अझै संवैधानिक राजतन्त्र रहन्थ्यो भन्‍ने मान्छन्। 

कतिका लागि उनी ‘महाराज सरकार’ थिए भने कोही उनलाई प्रिय ‘वीरेन दाइ’ भन्थे, उनी शालीन राजा थिए र धेरैले उनलाई भगवान् विष्णुका अवतार मान्थे। दरबारका सहकर्मीदेखि सरकारी कर्मचारी, आफन्त र राजनीतिकर्मी सबै उनका बारेमा असल कुरा मात्रै गर्छन्। 

बाल्यकालदेखि नै वीरेन्द्र शान्त, सौम्य, मधुरभाषी र दयालु स्वभावका थिए। दार्जीलिङ, इटन, हार्वर्ड र टोक्योमा पढेका उनले कठोर राजा बन्‍न कहिल्यै स्विकारेनन्। २०४६ सालको पहिलो जनआन्दोलनपछि उनले दरबारका कट्टर राजावादीसहित आफ्नै परिवारको सल्लाह विपरीत राजाबाट संवैधानिक राजाका रूपमा आफ्नो शक्ति घटुवा गरेका थिए।

दरबार हत्याकाण्ड हुँदा भारतका लागि नेपाली राजदूत रहेका भेषबहादुर थापाले उक्त घटनाबारे नयाँदिल्लीस्थित बाह्रखम्बा रोडको दूतावास निवासमा टीभीमा आएको समाचार हेरेर थाहा पाएका थिए। भोलिपल्ट सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदा उनी भक्कानिएर रोए।  

आज दुई दशकपछि पनि आफूलाई नेपालकै कान्छो अर्थमन्त्री नियुक्त गरेका राजालाई सम्झिँदा थापाको बोली अवरुद्ध हुन्छ। “शान्ति स्थापनाका लागि उहाँले आफूलाई गौण भूमिकामा राख्नुभयो,” थापा भन्छन्, “राजा वीरेन्द्र युद्ध र हिंसालाई घृणा गर्नुहुन्थ्यो र माओवादी विद्रोह बढ्ने देखेपछि त्यसको शान्तिपूर्ण अवतरणका लागि उपायको खोजीमा तल्लीन हुनुहुन्थ्यो।”

राजा महेन्द्रले नेपाल राष्ट्र ब्यांकको गर्भनर बनाउन अमेरिकामा अध्ययनरत थापालाई काठमाडौं बोलाएका थिए। र, युवराज वीरेन्द्रलाई देशको अर्थतन्त्र र विकासबारे जानकारी दिन सातामा एक पटक कक्षा लिइदिन भनेका थिए। एक पटक वीरेन्द्रले ‘म बुबाजस्तो होइन, देशका लागि मेरा आफ्नै योजनाहरू छन्’ भनेको कुरा आफूलाई झलझली याद आउने थापा बताउँछन्।

सैन्य सचिवका रूपमा विवेक शाहले वीरेन्द्रसँग २७ वर्षभन्दा बढी समय काम गरे। उनी पनि राजालाई शान्त र संकटमा नअत्तालिने व्यक्तिका रूपमा स्मरण गर्छन्। “उहाँ धेरै बोल्नुहुन्‍न थियो, तर जब बोल्नुहुन्थ्यो निकै गहन र सुविचारित अभिव्यक्ति दिनुहुन्थ्यो,” शाह सम्झिन्छन्, “आफू वरिपरिका सबैप्रति करुणा देखाउनुहुन्थ्यो।”

शाहका अनुसार, वीरेन्द्र नेपाली जनतालाई माया र श्रद्धा गर्थे भने देशको सीमित साधन–स्रोत दोहन हुँदै गएकोमा चिन्ता लिन्थे। उनी आफ्नो परिवारभन्दा बढी देश र जनताका लागि दत्तचित्त थिए।

“राजा वीरेन्द्र जीवित भएका भए आज पनि नेपालमा राजतन्त्र हुन्थ्यो र उनले आफ्नो सम्पूर्ण समय र ऊर्जा अहिलेको कोभिड–१९ महामारी जस्ता चुनौतीको समाधानमा लगाइरहेका हुन्थे,” शाह भन्छन्। 

सबैका प्रिय

 

राजा वीरेन्द्रभन्दा इमानदार व्यक्ति मैले भेटेकी छैन। उनी प्रशंसनीय र असल मानिस थिए। सबैसँग दयालु व्यवहार गर्थे। उनी रिसाएर चर्को आवाजमा बोलेको मैले कहिल्यै सुनिनँ। सानोमा चाहिँ अलि बदमास थिए। 

राजा बनेपछि वीरेन्द्र निकै चर्चित र सबैका प्रिय बने। मलाई लाग्छ, आज उनी हामीमाझ भइदिएका भए देश अहिले राम्रो मान्छेको हातमा हुने थियो। 

त्यो हत्याकाण्डमा म घाइते भएकी थिएँ। मलाई ढाडमा हानिएको थियो। अझै उक्त भयानक सम्झनासहित बाँच्नुपरेको छ। त्यो साँझ के के भएको थियो, एक–एक कुरा सम्झनामा छन्। 

 

चिन्तनशील व्यक्ति

राजा वीरेन्द्र र मबीच उमेरमा यस्तै १०/१२ वर्षको फरक हुँदो हो। म हुर्किँदै गर्दा उनी कहिले स्कूलमा थिए, कहिले कलेजमा। जे जति सम्झना छन्, त्यसको आधारमा भन्दा उनी शान्त र राम्रो मन भएका व्यक्ति थिए। 

त्यो बेला अटोग्राफ जम्मा गर्ने चलन थियो, वीरेन्द्रले मेरा लागि अटोग्राफ साइन गरेर मेरो चित्र बनाएको म सम्झन्छु। उनी राम्रा चित्रकार थिए भन्ने धेरैलाई जानकारी छैन। हामी सानो छँदा उनी हामीलाई गाडीमा राखेर घुमाउन लग्थे। धेरै नबोले पनि राम्रा श्रोता थिए। दार्जीलिङ पढ्दा हामी यहाँबाट सँगै जान्थ्यौं। 

राति सँगै खाना खान र हजुरआमाहरूसँगै फिल्म हेर्न प्रायः छुटाउँदैन थिए र विदेशबाट फर्केका वेला परिवारका सबै सदस्यलाई सधैं उपहार लिएर आउँथे। मैले पनि केही उपहार पाएकी थिएँ। उनी निकै चिन्तनशील व्यक्ति थिए र परिवारका अन्य सदस्यभन्दा भिन्‍न थिए। 

 

राष्ट्रिय स्वार्थप्रति कटिबद्ध

वीरेन्द्र असाध्यै असल मानिस थिए। राष्ट्रवादी र एक शालीन व्यक्ति। देश र जनताप्रति उनको दृष्टिकोण उच्च कोटिको थियो। जब उनले मलाई मन्त्री बन्‍न प्रस्ताव गरे, मैले शिष्टतापूर्वक अस्वीकार गरेर उनलाई सहयोग गर्न अर्थशास्त्र र अर्थव्यवस्थामा दक्षता भएको कुनै विज्ञको आवश्यकता छ भनी सुझाव दिएको थिएँ। 

म योजना आयोगमा छँदा राजा महेन्द्रले मलाई वीरेन्द्रलाई कक्षा दिन भन्‍नुभएको थियो। त्यसपछि मैले उनलाई हप्तैपिच्छे भेट्न थालेँ। त्यतिवेलै एकचोटि उनले मलाई ‘मेरो बुबाका आफ्नै भिजन (परिकल्पना) छन्, मेरा आफ्नै छन्’ भनी बताएका थिए। त्यही वेलादेखि वीरेन्द्रप्रति गहिरो सम्मान जागेको थियो। 

राष्ट्रिय स्वार्थप्रति उनी कटिबद्ध थिए। शालीन स्वभाव भएकाले उनी आफ्नै परिवार र समाजको दबाबमा परेको हुनुपर्छ। परिवार र प्रमुख सल्लाहकारले समेत उनलाई जति गम्भीरतापूर्वक लिनुपर्थ्यो, त्यति नलिएका हुनुपर्छ।

राजा बन्‍नासाथ उनले जनता र देशको अवस्था प्रत्यक्ष रुपमा बुझ्‍ने काम शुरु गरेका थिए। उनी आफ्नै आँखाले देखेपछि मात्रै विश्वास गर्थे र विज्ञभन्दा पनि सीधै जनतालाई सुन्‍न रुचाउँथे।

देशको अवस्थाप्रति चिन्तित

त्यो भयावह हत्याकाण्ड नभइदिएको भए सायद अहिले पनि नेपालमा संवैधानिक राजतन्त्र रहन्थ्यो र देशको अवस्था अहिले जे छ त्योभन्दा अत्यन्तै फरक हुने थियो।

राजा वीरेन्द्रसँग मैले २७ वर्षभन्दा बढी सँगै काम गरेँ। उहाँ साह्रै सरल, नरम र दयालु हुनुहुन्थ्यो। ‘चाहे जेसुकै होस्, आफ्ना मान्छेका लागि मैले मेरो बुँताले भ्याउनेजति सबै गर्नुपर्छ’ भन्‍ने कुरा मैले उहाँबाटै सिकेको हुँ।

उहाँका लागि नेपाल मातृभूमि मात्रै थिएन, आफ्नो अस्तित्वको सम्पूर्ण अर्थ नै यही थियो। देश विकासका लागि स्रोत अभाव रहेको र राजनीतिक उथलपुथल र माओवादी संकटलाई लिएर उहाँ पीर गरिरहनुहुन्थ्यो। हिंसा र युद्धले उहाँलाई चिन्तित बनाएका थिए। 

२०४६ सालको जनआन्दोलनपछि, परिस्थिति सहज हुनेछैन भन्‍नेबारे राजा वीरेन्द्रलाई जानकारी थियो, तर उहाँले शान्ति ल्याउन सकेजति प्रयास गर्नुभयो। उहाँको एउटै लक्ष्य भनेको राजनीतिक पहलबाट द्वन्द्व समाधान गर्नु थियो। उहाँ सधैं समाधानको खोजीमा रहनुहुन्थ्यो। देशमा परिवर्तन ल्याउन शान्ति स्थापना अत्यावश्यक छ भन्ने उहाँलाई थाहा थियो।

पछिल्लो समय उहाँको दिमागमा थुप्रै कुरा थिए। उहाँ अनेक दबाबमा हुनुहुन्थ्यो। तर, आफ्नो लक्ष्य प्राप्ति गर्न लागिपर्नुभएको थियो। उहाँ परिवारप्रति समर्पित त हुनुहुन्थ्यो, तर सारा नेपालीलाई नै आफ्नो परिवार मान्नुहुन्थ्यो। 

मलाई सम्झना छ, २०४६ सालको जनआन्दोलनका वेला हिंसा भड्किएर थाम्‍नै नसक्ने भएको थियो र उहाँलाई त्यो सम्हाल्न निकै मुस्किल परेको थियो। उहाँ युद्धविराम चाहनुहुन्थ्यो। द्वन्द्व शुरु भएपछि त्यसको शान्तिपूर्ण अवतरणका लागि उहाँले अथक प्रयास गर्नुभएको थियो। 
 

हिमाल खबर 

 

 

प्रतिक्रिया

ट्रेन्डिङ