Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

ऐन जारीपश्चात जातीय विभेदकै कारण ३४ जनाले गुमाए ज्यान, छुवाछूतमुक्त नेपाल घोषणामै सीमित

ऐन जारीपश्चात जातीय विभेदकै कारण ३४ जनाले गुमाए ज्यान, छुवाछूतमुक्त नेपाल घोषणामै सीमित

नेपाललाई डेढ दशक अघि नै जातीय छुवाछूतमुक्त घोषणा भए पनि समाजमा अझै निर्मुल नभएको भन्दै अधिकारकर्मीले चिन्ता व्यक्त गरेका छन् । छुवाछूतविरुद्धको दिवसको अवसर पारेर आयोजित भर्चुअल अन्तरक्रियामा सहभागीले जातीय विभेद तथा छुवाछूतको उत्पीडनबाट प्रताडित समुदायले मुक्ति पाउन गरेको आशा अझै पनि पूरा नभएको औँल्याएका हुन् ।

कार्यक्रममा समता फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रदीप परियारले त्यस्तो घोषणा कार्यान्वयन गर्ने खास योजना कार्यक्रम तथा बजेट विनियोजन नहुँदा समाज अझै छुवाछुत मुक्त हुन नसकेको दाबी गरे । परियारका अनुसार सामाजिक हैसियत, आर्थिक अवस्था, शिक्षा, रोजगारी, भूमि तथा न्यायमा पहुंच जस्ता अवस्थामा प्रगति हुन नसक्दा विभेद पनि हट्न नसकेको हो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता प्रकाश नेपालीले २०६८ मा जातीय भेदभाव तथा छुवाछूतविरुद्धको ऐन जारी भएपश्चात ३४ जना दलित समुदायका व्यक्तिले जातीय विभेदकै आधारमा ज्यान गुमाएको बताए । महामारीको बेला दलित समुदायका व्यक्तिहरू झनै समस्यामा रहेको उनको भनाइ थियो । कार्यक्रममा सहभागी दलित अधिकारकर्मीहरूले राज्यका हरेक तहमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने औँल्याएका थिए ।

जातीय तथा सामाजिक छुवाछूत र भेदभाव(कसूर र सजाय) ऐन, २०६८ मा संसोधन गर्नुपर्ने, संविधानको धारा ४० मा उल्लेखित मौलिक हक कार्यान्वयनको लागि एकीकृत छाता ऐन बनाउन पर्ने, जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी मुद्दाको सुनुवाइ गर्न प्रत्येक जिल्ला अदालतमा द्रुत सेवासहित विशेष इजलासको स्थापना गर्नुपर्ने उनीहरूको सुझाव थियो ।

प्रतिक्रिया