Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

लापरबाहीले संक्रमण बढ्दै

लापरबाहीले संक्रमण बढ्दै

पंचदेवल बिनायक नगरपालिका ३ का ५२ वर्षीय पुरुषले २१ गते कमलबजार आरटि पिसिआर प्रयोगशालामा कोरोना परिक्षणको लागि स्वाब दिए । त्यति बेलासम्म उनलाई अवस्था गाह्रो भएको थियो । रिर्पोट नआउदै उनको २२ गते मृत्यु भयो । आइतबार ३२ गते मात्रै रिर्पोट आयो । उनलाई गाउ“मा ठूलो भिडभाड गरेर अन्तिम दाहसंस्कार गरियो । समुदायमा संक्रमण भएको शंका हुँदा पनि सचेत नभएको कमलबजार नगरपालिकाका सूचना अधिकारी टेकबहादुर विष्टले बताए । ‘कोरोना संक्रमण भएका हंका भएको मान्छेको मृत्यु हुदा पनि मान्छे डराएको देखिएन ’ उनले भने ,‘ पहिले त समयमा स्वास्थ्य संस्थामा पुग्दैनन् । स्वयम् व्यक्तिले नै लापरबाही बढेको छ ।’ परिक्षणको दायरा बढाउनुको साटो घटेको उनले बताए । समुदायमा परिक्षण गर्न जादा पनि लक्षण देखिएकाहरुले स्वाब दिन नमानेको उनले बताए ।‘

कमलबजार नगरपालिका ४ को चाल्सामा परिक्षणका लागि जादा कसैले पनि स्वाब दिन मानेनन् । उनीहरुलाई सचेत गराउन सबैले लागे मात्रै समुदायमा संक्रमण दर घट्न सक्छ ।’ उनका अनुसार बयालामा २० जनाको परिक्षण गर्दा १३ जना पोजेटिभ देखिएका छन् । ‘ अहिले पनि नेगेटिभ भन्दा पोजेटिभ आउने दर बढेको छ । परिक्षणको दायारा बढाउनुपर्छ ।’

उनका अनुसार अछाममा निषेधज्ञा लागु भएको एक महिना बितिसक्दापनि समुदायमा कोरोना भाइरसको संक्रमण दर घटेको छैन । गाउँमा भएका संक्रमितहरु सामूहिक काममा जाने , एकान्तवासमा नबस्ने र लक्षण देखिएका व्यक्तिले परिक्षण नगर्ने जस्ता कारणले समुदायमा संक्रमण बढेको हो । कोरोना  संक्रमण देखिएका व्यक्तिहरु खुलेआम हिड्न थालेपछि गाउ“ नै जोखिममा रहेको कमलबजार नगरपालिका ३ बयालाका योगेश ढकालले बताए । कोरोना भाइरसको संक्रमण पुष्टि भएका व्यक्ति र तिदनका घरका सदस्यले गरेको लापरबाहिले सोच्न बाध्य बनाएको छ । २०/२५ जना महिलाहरु रोपाई गर्न जान्छन् । त्यहि भिडमा कोरोना संक्रमितहरु पनि छन्’ उनले भने ,‘ बयालामा परिक्षण गराएका ८० प्रतिशतमा संक्रमण देखिएको छ । यस्तो बेला पनि गम्भिर लापरबाहि देखिएको छ ।’ स्थानीय तहले संक्रमितको अवस्थाबारे जानकारी नलिने , वास्ता नगर्ने गरेका कारण लापरबाही बढेको ढकाल बताउछन् ।  

संक्रमितहरुको लापरबाहिको कारण समुदायमा संक्रमित बढेको कमलबजार नगरपालिका ७ जामाका महेश जैशीले बताए । ‘ भारतबाट आउदा पनि होम क्वारेन्टाइन बसेनन् । परिवारसंग घुलमिल बसे । अहिले संक्रमित हुदा पनि सचेत भएको देखिदैन’ उनले भने ,‘ लक्षण नदेखिएका संक्रमितहरु कोरोना केहि पनि होइन भन्दै  घुम्छन् । लक्षण देखिएकाहरु पनि लापरबाही गरिरहेका छन् ।’ गोडमेल र रोपाइको सिजन चलिरहेको बेला सामुहिक काम गर्न जाने भएकाले समुदायमा संक्रमणको दर बढ्न सक्ने उनको भनाइ छ । ‘गाउँमा सामुहिक काम हुन्छन् । रोपाई गर्दा पनि ३०/३५ जना जम्मा हुन्छन् । यो बेला झन् संक्रमणको डर देखिएको छ’ उनले भने ,‘ प्रशासनले निषेधज्ञा गरेको छ । तर स्थानीयले नै उलघंन गरिरहेका छन् । बजारमा मात्रै निषेधज्ञा देखिन्छ ।’ 
 

प्रतिक्रिया

ट्रेन्डिङ