Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

दातृ निकायले दिएको स्वास्थ्य सामाग्री खोइ ? सरकार भन्‍छ- अस्‍पताललाई पठायौँ, अस्‍पताल भन्‍छ- पाएनौं

दातृ निकायले दिएको स्वास्थ्य सामाग्री खोइ ? सरकार भन्‍छ- अस्‍पताललाई पठायौँ, अस्‍पताल भन्‍छ- पाएनौं

नेपालमा कोभिडको दोस्रो लहर फैलिएसँगै स्वास्थ्य सामाग्रीको अभाव भयो । अस्पतालमा बेड र स्वास्थ्य सामनग्रीको अभाव भएपछि विभिन्‍न राष्ट्रले स्वास्थ्य सामाग्री दिने घोषणा गरे । घोषणा गरे अनुरुप स्वास्थ्य सामाग्री आइरहेकै छ ।

करिब ३० भन्दा बढी दात्तृ निकाय संघ, सस्था तथा मुलुकले स्वास्थ्य सामाग्री सहयोग गरिसकेका छन् । विदेशबाट करिब दुई लाखको संख्‍यामा स्वास्थ्य सामाग्री आइसकेको छ ।

अमेरिका, थाइल्याण्ड, तिब्बत, स्वीजरल्याण्ड, सिंगापुर, चीन, फिनल्याण्ड, बेलायत, फ्रान्स, जर्मन, डेनमार्क, आयरल्याण्ड, युएई र जापानलगायत मुलुकले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । मन्त्रालयले विभिन्‍न देशले दिएको स्वास्थ्य सामाग्री कहाँ कति कसरी प्रयोग भइरहेको छ ? यकिन तथ्यांक छैन । केही दिनअघि स्वास्थ्य मन्त्रालयले विभिन्‍न अस्पताललाई वितरण गरिएको सामाग्रीको सूची सार्वजनिक गर्‍यो । तर त्यहाँ कुन देशले पठाएको कुन सामाग्री कता पुग्यो त्यसको यकिन विवरण छैन । 

प्राप्‍त तथ्यांकअनुसार अक्सिजन सिलिण्डर ६ हजार २ सय ४५, अक्सिजन कन्सर्नट्रेटर १ हजार २ सय, पन्जा २९ लाख ३२ हजार ५ सय, फेस सिल्ड ४ लाख ७४ हजार २ सय, मास्क १ करोड १० लाख १ हजार ४ सय ६०, भेन्टिलेटर १ सय ६०, एन्टीजेन्ट कीट १४ लाख ९ हजार २५, बडी ब्याग ५ हजार ८ सय र अन्य ५ लाख भन्दा बढी स्वास्थ्य सामाग्री आयात भएको हो । 

महामारीमा छिमेकी राष्ट्रले स्वास्थ्य सामाग्री सहयोग गरे तर त्यसको सही परिणाम नआएको विभिन्‍न अस्पतालले गरेको गुनासोले सरकारले तथ्यांकहरू लुकाएको पुष्टि हुन्छ । अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव भइरहेको समयमा आएका सामाग्री वितरणमा पनि सरकारले एकरुपता नअपनाएको गुनासो छ ।सञ्चारमाध्यममा अस्पतालको नाममा स्वास्थ्य सामाग्री वितरण गरिएको कुरा सार्वजनिक भए पनि त्यसमा कुनै सत्यता नभएको अस्पतालहरूले बताएका छन् ।  

पछिल्लो समय स्वास्थ्य मन्त्रालयले अस्पतालमा पठाएको स्वास्थ्य सामाग्रीको सूची सार्वजनिक गर्‍यो । त्यो सूचीमा २८० भन्दा बढी उपचार केन्द्रको नाम सार्वजनिक गरिएको छ । अधिकांश सूचीमा महत्त्वपूर्ण स्वास्थ्य सामाग्री अक्सिजन तथा भेन्टिलेटर १० भन्दा धेरै वितरण गरिएको उल्लेख छ ।

चीनले अक्सिजन दियो, आफ्नो सरकारले तीन वटा कन्सन्‍ट्रेटर

कोभिड उपचार केन्द्रमा उक्त सामाग्री नपुगेको अस्पतालका अधिकारीहरू बताउँछन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जका प्रवक्ता रामविक्रम अधिकारीका अनुसार, स्वास्थ्य विभागबाट तीन वटा अक्सिजन कन्सन्‍ट्रेटर दिएको छ । अस्पतालमा अक्सिजन अभाव हुँदा चीनले दिएको ठूला-ठूला अक्सिजन सिलिण्डर मात्र प्राप्त भएको उनको भनाइ छ ।

'स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सूचीमा हाम्रो अस्पतालको नाम परेको छ,' अधिकारी भन्छन्,' मन्त्रालयले भने अनुसार हामीलाई कुनै पनि स्वास्थ्य सामाग्री आएको छैन । हाम्रो नाममा गलत डाटा समावेश भएको छ ।'

सरकारी अस्पताल भएकाले पर्याप्‍त मात्रामा स्वास्थ्य सामाग्री रहेको अधिकारीले जानकारी दिए । अहिले अक्सिजन प्लान्टबाट उत्पादन हुन थालिसकेकाले अक्सिजनको अभाव नभएको उनको भनाइ छ ।  

अधिकारीले पछिल्लो समय अस्पताललाई सरकारीस्तरबाट कुनै पनि सहयोग प्राप्‍त नगरेको प्रस्ट पारे । केही दिन यता अस्पतालमा संक्रमितको संख्या घटेकाले पनि अस्पतालमा भएका स्वास्थ्य सामाग्रीले पुग्‍ने उनको दाबी छ । त्रिवि शिक्षण अस्पतालले अब आउने संक्रमितलाई सहजै उपचार गर्न सकिने उनले बताए ।

आवश्यक सामाग्री पठाएनन्

मोरङको विराटनगरस्थित कोशी कोभिड अस्पतालमा सरकारले पठाएको सूचीमा एन्टीजनेन्ट कीट पाँच सय दिएको उल्लेख छ । तर, अस्पताल स्रोतका अनुसार कुनै पनि एन्टीजेन्ट कीट त्यहाँ पुगेको छैन ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. चुमनलाल दासका अनुसार केन्द्र सरकारले पठाएको भन्दा स्थानीय र प्रदेश सरकारल दिएको स्वास्थ्य सामाग्री छ । विभिन्‍न संघ संस्थाले दिएको स्वास्थ्य सामाग्री मात्र रहेको उनले जानकारी दिए ।

'सरकारको नामबाट अक्सिजन कन्सन्‍ट्रेटर पाँच थान मात्र प्राप्‍त भएको छ,' डा. दास भन्छन्,' अस्पतालका लागि केन्द्र सरकारबाट उपलब्धिमूलक सहयोग भएको छैन ।' अस्पतालले आफ्नै स्रोतबाट सामाग्रीको व्यवस्थापन गरेको दासले दाबी गरे । मास्क र पन्जा एक हजारको संख्यामा प्राप्‍त भएको उनले जानकारी दिए । केही दिनदेखि यता संक्रमणदर घटेकाले पनि अस्पतालमा संक्रमितको चाप घट्दै गएको उनको भनाइ छ ।

'नपुगेको ठाउँमा पठाउँछौँ'

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार सबै अस्पताललाई स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ । सबै कुराहरू स्वास्थ्य मन्त्रालयलाई थाहा नहुने उनले बताए । स्वास्थ्य सामाग्रीको सम्पूर्ण विवरण विभिन्‍न शाखाले हेर्ने गरेको उनले जानकारी दिए ।

'कुन-कुन अस्पतालमा मन्त्रालयले पठाएको सामाग्री पुगेन त्यस विषयमा बुझिन्छ,' उनले भने,' यदि पुगेको छैन भने पुन पठाउन सकिन्छ ।' उनका अनुसार मन्त्रालयका विभिन्‍न विभाग छन् । सामाग्री आपूर्तिमा अन्य शाखाले काम गरिरहेका हुन्छन् ।

'स्वास्थ्य सामाग्री आवश्यक ठाउँ र माग गरेका अस्पतालमा हामीले पठाएका छौँ,' डा. पौडेल भन्छन् । कुनै पनि सामाग्री अनावश्यक ठाउँमा प्रयोग नभएको उनको दाबी छ । 

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सामाग्री वितरणको तथ्यांक 

प्रतिक्रिया