Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

खुसी छैनन् नपढेरै पास भएका विद्यार्थी

खुसी छैनन् नपढेरै पास भएका विद्यार्थी

कोरोना भाइरसको संक्रमण समुदायसम्म फैलिएपछि यसको मारमा विद्यार्थी परेका छन् । शैक्षिकसत्रका दुइ वर्ष सकिए । विद्यालयमा भर्ना भएका विद्यार्थी नपढेरै माथिल्लो कक्षामा गए । तर यसरी विद्यालयले अन्तिरिक मुल्यांकन भन्दै निकालेको नतिजामा न त अभिभावक सन्तुष्ट छन् न त विद्यार्थी । 

मंगलसेन नगरपालिका – ७ की भरु ढुंगाना गंगा मावि तेसिंमा कक्षा ७ मा भर्ना भएकी थिइन् । विद्यालयमा नया कक्षा भर्ना भएपछि उनी लगभग २ महिना मात्रै विद्यालय गइन् । कोरोना भाइरसको दोस्रो भेरिएन्ट सुरु भएपछि सबैभन्दा पहिले विद्यालय बन्द भए । उनी त्यसपछिका दिनमा पनि पढाइको बारे चिन्तित भइन् । जब उनी नपढेरै ७ कक्षा पास भएर ८ कक्षामा पढ्ने जानकारी पाइन् तब उनी अचम्म परिन । ‘ न पढेरै दुइ वर्ष पास भइयो । कसैले ७ कक्षामा के के पढाइ भयो भन्दा के भन्ने होला ’ उनले भनिन् ,‘ खासै पढाइ पनि भएको थिएन । त्यसै पास भइएछ । पढेरै पास भए जस्तो खुसी नहुने रहेछ ।’

कोरोना भाइरसको संक्रमण फैलिएपछि भरु जस्तै धेरै विद्यार्थिको पढाइ अस्तव्यस्त बन्यो ।  आन्तिरिक मुल्याकंनबाट माथिल्लो कक्षा गएकी मंगलसेन ५ की डम्बरा सुबेदी भविष्यमा अहिलेको नतजिाले असर पार्ने बताउछिन् । ‘ ९ कक्षामा पढियो । परिक्षा दिन पाइएन । १० मा नपढेरै एसईईको नतिजा आउने हल्ला छ । दुई वर्षदेखि पढ्नै पाएको छैन । राम्रो विषय पढ्न् गाह्रो हुने भयो ’ उनले भनिन् ,‘ प्लस टु मा साइन्स पढेरे पछि मेडिकल लाइन तिर जाने सोच थियो अब के गर्ने भन्ने थाहा छैन ।’ इसईईमा राम्रो नतिजा आएर पछि सोचेजस्तो विषय पढ्नलाई योजना बनाएका धेरै विद्यार्थी अन्योलमा भएको उनको बुझाइ छ ।

नपढेरै माथिललो कक्षामा जादा भविष्यबारे चिन्ता गर्ने विद्यार्थी खुसी हुन नसक्ने  शोडषा माविमा कक्षा १० मा अध्ययनरत छात्र मनोज साउद बताउछन् ।‘ पढेको कुरा पनि बिर्सि सक्यौं ।  ३० प्रतिशत भन्दा बढि पढाइ भएको छैन । वैकल्पिक विधिबाट पनि पढाइ हुनु पथ्र्यो ’ उनले भने ,‘ विद्यार्थीलाई अन्योलमा राखेर तनाव दिने काम भइरहेको छ । एविद्यालयले आन्तरिक मुल्यांकनबाट नम्बर दिदा अघिल्लो वर्षका धेरै विद्यार्थीको चित्त नबुझेको मनकामना मावि बलाताकी छात्रा सिता साउद बताउछिन् । ‘ वर्षभरी पढाइको बारेमा सोच्दा सोच्दै बस्छौं । महंगो शुल्क तिरेर अतिरिक्त कक्षाहरु लिन्छौं । अन्तमा सरहरुले आफ्नो नजरमा विद्यार्थी जस्तो छ त्यहि मुल्याकंन गरेर नम्बर दिन्छन् ’ उनले भनिन् ,‘ कोर्स पुरा गरेर परिक्षा दिन पाउनुपर्छ भन्ने हाम्रो माग हो । तर अअब नतिजा आउने चरणमा छ भन्छन् ।’ 

अघिल्लो शैक्षिक शत्र जस्तो यो शैक्षिक शत्रमा शिक्षकले मनोमानि ढंगले नतिजा सार्वजनिक गर्न नसक्ने अडान राख्दा पनि अन्तमा बाध्य भएको शोडषा मावि मंगलसेनका प्रधानाध्यापक देबेन्द्र दुब्बे बताउछन् । उनका अनुसार शोडषा माविका कुनै पनि विषको पुरा पढाइ भएको छैन । ‘ अहिले नियमीत ३ महिना पढाइ भएको छ । पुरा कोर्स हुनलाई कम्तिमा ७ महिना पढाइ हुनुपर्छ । अहिलेसम्म विद्यार्थी उतिर्ण हुनेसम्मको पढाइ भएको छैन ’ उनले भने , ‘झन्झन् कोरोना बढ्दैछ । एक शैक्षिक शत्र नै रोक्नुपर्छ  भन्ने मेरो बुझाइ थियो ।  यस्तै अवस्था परिक्षा लिन र हामीलाई मुल्यांक गर्न गाह्रो हुन्छ । अर्ध वार्षीक परिक्षाले  निष्पक्ष मुल्यांकन हुँदैन ।’

 

प्रतिक्रिया