Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

आलोपालो काममा व्यस्त किसान

आलोपालो काममा व्यस्त किसान

वर्षाको मौसम सुरु भयो । यतिबेला अछामका प्रत्येक गाउँमा किसान व्यस्त छन् । कतै रोपाइको चटारो त कतै धान र मकै गोड्ने चटारो । कोरोना भाइरसको संक्रमणका कारण भारतलगायत अन्य ठाउँमा भएका पुरुषहरु पनि गाउँमै छन् । महिला रोपारा जाने र पुरुष बाउसे काम गर्ने यहाको पुरानो चलन हो । आफ्नो खेतबारीको काम एक्लैले नभ्याउने भएपछि यहा एकअर्काकोमा अर्मपर्ममा जाने चलन पनि पुरानो नै हो ।

गोडमेल, रोपाइ र अन्य कामको मौसमका भएको बेला यहा“का महिला र पुरुष खेतबारीमा व्यस्त देखिन्छन् । । ‘पहिले देखि नै हामीले आलोपालो  काम गर्ने गरेका छौं । आज एकको भाली अर्कोको काम गर्छाैं ’ मंगलसेन –५ कि धौली नगार्जीले विकले भनिन् ,‘ पहिले जस्तो आलोपालो काम अहिले कम भएको छ । अहिलेको पुस्ताले खेतबारीको काम गर्न चाहन्न् ।  ।’ पुस्ता परिवर्तन संगै  काम गर्ने शैली बदलिए पनि पहिलेका पुस्ताले मिलिजुली काम गर्ने गरेको उनको भनाइ छ ।

‘बिहानै उठ्छौं । जसको काम बा“कि छ उतै सबै जना उतै काम गर्न जान्छौं । कहिले धान कहिले , कहिले कोदो गोड्ने काममै गर्छौं’ मंगलसैन कै रुप्सि विकले भनिन् ,‘काम पनि हुन्छ । सुख , दुःखका कुरा हुन्छन् । यो चलन जोगाइ राख्न मुस्किल छ ।’ दैनिक ज्याला दिएर काम गर्ने आर्थिक अवस्था नभएपछि महिलाहरु नै समूहमा आबद्ध हुनु परेको रुप्सिले बताइन् । ‘एक दिन काम गर्न बोलाए चारसय सम्म ज्याला दिनुपर्छ । हामी सबैको आर्थिक अवस्था एउटै भएकाले समूहमा काम गर्छौ ।’ उनले भनिन् ।

कतिपय ठाउ“महिलाहरु समूहमा आबद्ध भएर विभिन्न खालका अभियान गर्न थालेपछि घरको काममा पनि एकअर्कालाई सहयोग गर्ने भावना पैदा भएको मंगलसेन ५ जमुना ढुंगाना बताउछिन् । ‘पैसा बचत गर्ने , विकृतिका विरुद बोल्न थालेपछि सामूहिक काम गर्न थालेका हौं । पहिले यस्तै चलन थियो । बिचमा हरायो । हामीले फेरी यसलाई निरन्तरता दिएका छौं ’ उनले भनिन् । उनका अनुसार यो क्षेत्रका अधिकांश बस्तीहरु रित्तिन थालेका छन् । बसाइ सरेर तराइतिर झर्नेको संंख्या दिनप्रतिदिन बढ्दैछ । पहिले–पहिले उब्जनी हुने फँ“टसमेत अहिले बा“झै हुन थालेका छन् ।

काम गर्ने जनशक्तिको ठाउँठाउँमा अभाव छ । बस्तुभाउ पाल्ने र घाँस  काट्ने पहिले जस्तो काम पनि अत्यन्तै कम हुने गरेको छ । ‘पैसा कमाएर सहरमा घरघडेरी जोडेपछि कोही पनि गाउ “फर्कंदैन,’ मंगलसेन ५ कि वडा सदस्य पारु नगार्जीले भनिन्, ‘आर्यआर्जनका कार्यक्रम, युवालाई गाउँमा स्वरोजगार र दुर्गम बस्तीसम्म राज्यको उपस्थितिका लागि हामी लागेका छौं । बसाइ सराइ रोक्ने उपाय यही नै हो ।’ सर्वसाधारण गाउँको बस्ती चटक्कै छाडेर किन सहर झर्छन् । महिलाहरुले गाउँमा चलाएका आलोपालो काम गर्ने चलनहरुलाई जोगाउन सक्यो भने पनि बसाइसराई रोक्न सकिने उनको भनाइ छ । 

 

प्रतिक्रिया

ट्रेन्डिङ