Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

रामारोशन गाउँपालिकामा मात्रै ५१ टुक्रे योजना

रामारोशन गाउँपालिकामा मात्रै  ५१ टुक्रे योजना

गत वर्ष भदौ २ गते रातिको कैलाश खोलाको बाढीले अछामको रामारोशन गाउपालिका ५ सैनी बजारका २४ घर बगे । १७ जना बेपत्ता भए । सडकको नामोनिसान मेटियो । खानेपानीका धारा, पानी घट्ट, खेतलाई बाढीले तहसनहस गर्‍यो । रामारोशन–३ मुजाबगर, वडा १ को गज्जड र खालबजारलगायतका बस्तीमा बाढी पसेर ठूलो क्षति भयो ।

घटनाको तेस्रो दिन भदौ ५ मा तत्कालीन गृहमन्त्री रामबहादुर थापा, नेताहरू भीम रावल र लेखराज भट्टको टोली हेलिकप्टरबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा पुग्यो । उनीहरू बाढीपीडित परिवारलाई सरकारले छिटै राहत सहयोग र बाढी नियन्त्रणका योजना तत्काल सुरु गर्ने आश्वासन दिएर फर्के । त्यसपछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टसहितको टोली पनि हेलिकप्टरबाटै रामारोशन पुग्यो । मुख्यमन्त्री भट्ट पनि पीडितलाई राहत र स्थानीय सरोकावालालाई चाडै सडक, खानेपानी, तटबन्ध जस्ता नष्ट भएका भौतिक संरचना पुनर्निर्माणका लागि बजेट व्यवस्था गर्ने आश्वासन दिएर फर्के ।

संघीय र प्रदेश सरकारका शक्तिशाली मन्त्री, मुख्यमन्त्री प्रभावित क्षेत्रमा पुगेपछि बाढी प्रभावित परिवारले सरकारबाट राहतसँगै विकास निर्माणका काम सुरु हुने ठूलो भरोसा गरेका थिए । १० महिनापछि मुख्यमन्त्री कार्यालयले आर्थिक वर्ष सकिन २१ दिन अगाडिमात्रै बाढी प्रभावित क्षेत्रका लागि ५१ वटा टुक्रे योजनामा तीन करोड बढी बजेट पठाएको छ । ‘आर्थिक वर्षको अन्त्यमा टुक्रे योजना दिए । ती योजनाले बाढी प्रभावित क्षेत्रको लागि केही काम पनि गर्न सकिने अवस्था छैन,’ एक स्थानीयले भने, ‘कतिपय योजनाका उपभोक्ता समिति बनेको छैन । गठन भएका समितिले काम पनि सुरु गरेका छैनन् ।’

आर्थिक वर्ष सकिनै लाग्दा रामारोशन गाउँपालिकामा आएका ५१ वटा योजना सम्पन्न गर्न चुनौती भएको गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावल बताउँछिन् । उनका अनुसार ५१ वटा योजनामा सडक मर्मत, खानेपानी, तटबन्ध निर्माणजस्ता छन् । ‘मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसरी योजना पठाउन नै हुन्थेन । आर्थिक वर्षको अन्त्यमा यसरी योजना आउँदा कर्मचारी, जनप्रतिनिधि र प्राविधिकलाई समस्या भएको छ,’ उनले भनिन्, ‘ती योजनाका लागि ३ करोड १५ लाख बजेटको अख्तियारी असार ७ गते आयो । अझै धेरै योजनाको सम्झौता प्रक्रिया नै अगाडि बढेकै छैन ।’ करोडौं बजेट विनियोजन गरेर दर्जनौं योजना दिनुभन्दा बाढी प्रभावित क्षेत्रका लागि प्याकेजमा बजेट ल्याएर काम सम्पन्न गर्नुपर्ने उनको तर्क छ । प्रदेश सरकारले बाढी प्रभावित क्षेत्रको नाम लिएर प्रभाव नै नपरेको ठाउँमा योजना दिएको रामारोशन–१ गज्जड बजारका ताराप्रसाद खनालले बताए । ‘बाढी प्रभावित क्षेत्र गज्जड, मुजाबगर, खालबजार, सैनीबजारलगायतका मुख्य क्षेत्र हुन् । तर सुरुमा प्रदेश सरकारले पठाएको २ करोड ८० लाख बजेटमा गज्जड र मुजाबगर क्षेत्र परेनन्,’ उनले भने, ‘प्रदेशका योजना कैलाशखोलाको प्रभाव नपर्ने ठाउँ, धेरै माथिका लेकमा गएका छन् । कमिसन लिएर नै ५/७ लाखका योजना आवश्यकता विपरित आएको पाइयो ।’

उनका अनुसार गज्जड बजारमा तटबन्धका लागि १० लाख आएको र त्यसको काम उपभोक्ता समितिमार्फत गरिने छ । ‘गत वर्षको बाढीले धेरै क्षति भएको छ । अब यो १० लाखले के कति काम हुन्छ गर्छौं । भर्खरै सम्झौता गरेर सकियो । २/३ दिनपछि काम सुरु गर्ने तयारीमा छौं,’ उनले भने, ‘तटबन्धको लागि चाहिने निर्माण सामग्री अहिले पाइएको छैन । फेरि पानी पर्न सुरु भए काम नै गर्न सकिदैन ।’

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्षको अन्तमा पहुँच भएका र कमिसन दिने व्यक्तिलाई योजना हचुवाको भरमा अछाम, बाजुरा र बझाङमा करोडौंका योजना बाँडेको भन्दै यतिबेला प्रदेशभरि चर्चाको विषय बनेको छ । आर्थिक वर्षको अन्तिममा आउने प्रदेशका टुक्रे योजनामा स्थानीय जनप्रतिनिधिको संलग्नता र कमिसनमा मिलेमतो रहेको रामारोशनका एक जनप्रतिनिधिले बताए । ‘अहिले प्रदेशको बजेटबाट आएका ७ वटा योजना १०/१० लाखका र अन्य ५/७ लाखका योजना छन्,’ उनले भने, ‘धेरै सिँचाइ, कुलो जस्ता ससाना योजना छन् । यस्ता योजना सिधै आफू निकटका कार्यकर्तालाई बाँडेर खानलाई दिएको हो ।’

योजना छनोट गर्ने, रकमको हिसाबकिताब राख्ने र उपभोक्ता समिति बनाउने काममा जिम्मेवार पदमा रहेका केही जनप्रतिनिधि नै कमिसन संकलन गरेर प्रदेश सरकारलाई बुझाउन जाने गरेको उनको आरोप छ । ‘कुन योजनामा कति कमिसन दिने भनेर मुख्यमन्त्रीको कार्यालयमा कुरा पुग्छ । त्यताबाट कमिसनको टुंगो लागेपछि योजना आउँछन्,’ नाम उल्लेख नगर्ने सर्तमा ती जनप्रतिनिधि भन्छन्, ‘जनताको आवश्यकता हेर्ने होइन, बिचौलियाले आफ्नो व्यवसाय गरी राखेका हुन्, कमिसनको खेल चलिरहेको छ ।’ ती जनप्रतिनिधिका अनुसार अछाममा मात्र होइन बाजुरा र बझाङमा गरी करिब ११ करोडका टुक्रे योजना असार पहिलो साता टुंगो लगाएर बजेटको अख्तियारी पठाएको दाबी गरे ।

प्रतिक्रिया