Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

असारे विकास : जताततै विकासे काम

असारे विकास : जताततै विकासे काम

आर्थिक वर्षको अन्तिमतिर अछाका ग्रामिण भेगमा मजुदुरलाई काम गर्ने अवसर फालाफाल छ ।  कोरोना भाइरसको  संक्रमणको कारण करिब एक वर्षसम्म कुनै काम गर्न नपाएका मजुदुरलाई भने यो चालु आर्थिक वर्ष सकिन केहि दिन बाकी रहदा आफ्रले सोचेजस्तै ज्याला पाए रोजेर काम गरिरहेका छन् ।  कतै गोरेटो बाटो निर्माण , कतै नाली सफा , खानेपानी मर्मत , सिचाइकुलो निर्माण , पोखरी निर्माण , मन्दिर निमार्ण जस्ता काम जताततै हुन थालेका छन् ।  गत  आर्थिक वर्षमा कोरोना भाइरस संक्रमणको डरले न त  संघ , प्रदेश र स्थानीय सरकारले विकास निर्माणका काममा चासो देखाए न त मजदुरले । तर , चालु आवमा पनि संक्रमणको दर घटेको छैन । बरु कोरोना परिक्षण दर कम छ । जिल्लामा असाढ २१ गतेसम्म जिल्ला प्रशासन कार्यालय अछामले निषेधज्ञा जारी गरेको छ । तर यसको प्रभाव कतै देखिदैन । 

‘अघिल्लो वर्ष कोरोनाको डर लाग्यो । आफैं पनि काम खोज्दै हिंड्न सकिएन । यो वर्ष कतै बाट राहत पनि पाइएन । दैनिकी चलाउन गाह्रो भयो । काम खोज्दा पाईएन । तर अहिले जति पनि काम पाइएको छ ’  तुर्माखाँद गाउपालिका ४ की ममता शाहीले भनिन् ,‘ यसरी काम गराउदा कसलाई के फाइदा हुन्छ त्यो थाहा छैन । मजस्ता काम गरेरै गुजारा चलाउनेलाई भने राम्रो भएको छ ।’

मजुदुरी गरेर कमाउनेहरुका लागि असाढ मसान्तमा जताततै काम खुलेको  कालबजार नगरपालिका १ की राधा विकले बताइन् । ‘हिउँदमा कतै काम पाइएन् । अहिले त ठूला योजनाका काम जताततै काम नै काम छ । जता बढि ज्याला दिन्छौं भन्छन् उतै काम गर्न जान्छौं ’ उनले भनिन् । 

वर्षा नजिकिदै गर्दा किसानहरु खेतबारीमा व्यस्त हुने र अन्य ठाउँमा काम पाइने भएकाले भएकाले उपभोक्ता समितिबाट गराउनु पर्ने काम चुनौतीपुर्ण रहेको रामारोशन गाउपालिका २ का खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष चन्द्र साउद बताउछन् ।  ‘असाढ मसान्त अघि नै सक्नु पर्ने १० लाखको आयोजना हो ।। तर खेतबारीको काम गर्ने मौसम र जताततै योजनाका काम भइरहेकामले मान्छे पाइदैनन् ।’ उनले भने ,‘ सधैं दिइरहेको ज्यालामा केहि रकम थपेर दिन्छौं भन्दा पनि कोहि आउदैनन् ।’

जनप्रतिनिधिले आफ्नो निर्देशनमा चलाउन पाउनेबजेट अन्तिम समय भएकाले चालु आवको अन्तिममा बढी टुक्रे योजनाको काम भइरेको पंचदेवल बिनायक नगरपालिका –२ का हिमेश अधिकारीले बताए । ‘ टुक्रे योजना जताततै छन् । यी योजनाले वातावरणमा के कस्तो प्रभाव पार्छ भन्ने कसैलाई मतबल छैन । आफ्ना कार्यकर्ता कसरी काम पाउछन् भन्ने चासो यो वर्ष जनप्रतिनिधिलाई धेरै बढेको छ ’ उनले भने , ‘ आगामी आवको कजेट समेतमुखी छ । अबको बजेट पनि फागुन अगाडी यसैगरी सकिन्छ भन्ने धेरैको आ“कलन छ ।’
देशको संरचना बदलिए पनि असाढमा नै बजेट सक्न भ्याइनभ्याइ गर्ने प्रवृतिमा कमि नआएको अर्का स्थानीय झुलेन्द्र शाही बताउछन्  । ‘असारे विकास भन्नासाथ बजेट सक्ने झारा टार्ने काम हो भनेर सहजै बुझ्न सकिन्छ । र, यही असारे विकासले आर्थिक अनियमितता बढाएको छ ।’ उनले भने , ‘यसरी असार लागेपछि बजेट सक्नकै लागि विकास निर्माणका काममा चासो दिने यो प्रवृत्ति गलत छ जसलाई निरुत्साहित गर्नैपर्छ ।’

 

प्रतिक्रिया