Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

भित्तेचित्र देखेर तर्सिने, खाना खुवाएको मन नपराउने

भित्तेचित्र देखेर तर्सिने, खाना खुवाएको मन नपराउने

कन्टिर–बाबूका सामु अनेक विषय आइलाग्छन् । पन्छिन खोज्दाखोज्दै पनि पन्छिन सक्दैनन् । कुनै प्रतिक्रिया व्यक्त गर्न नचाहँदा–नचाहँदै पनि प्रतिक्रिया व्यक्त गर्नबाट आफूलाई रोक्न सक्दैनन् । 

यतिबेला कन्टिर–बाबूका सामु पछिल्लोपटक काठमाडौँ महानगर प्रमुख विद्यासुन्दर शाक्यजीको सन्दर्भ बडेमाको जिज्ञासा भएर ठडिएको छ । यिनी पनि गजबै रमिता गर्छन्, बेला–बेलामा । कहिले खुलामञ्चअगाडि लकडाउनपीडित मजदुरहरूलाई भात खुवाउन पाइँदैन, काठमाडौँको बेइज्जत हुन्छ भन्छन्, कहिले भात खुवाउने संस्थाले जेडेका थाल–भाँडा, पानीको जार खोसेर लान्छन् ! तर कन्टिर–बाबूले अहिले चर्चा गर्न लागेको सन्दर्भचाहिँ एउटा भित्तेचित्रसँग सम्बन्धित छ ।

अरे यार केही उत्साही युवाको पहलमा रत्नपार्कको आकाशे पुलको भित्तामा आकर्षक भित्ते–चित्र बनाइएको थियो । उक्त चित्र कोरोनासँगको लडाइँमा फ्रन्टलाइनबाट नेतृत्व गर्नेहरूको सम्मानमा बनाइएको थियो । तर मेयर साहबलाई उक्त चित्र मन परेन छ । मेयर साहबको सोच देखेर कन्टिर–बाबूलाई गजब लागेको छ ।

भित्ते–चित्रले त्यो भित्ता सुन्दर भएको, फ्रन्टलाइनहरुको आत्मबल बढेको चित्त नबुझेर मेयर साहबले त्यो मेटाउन लगाए । कन्टिर–बाबूको प्रश्न छ– आखिर त्यो चित्र मेयर साहबलाई मन नपर्नुको कारण चाहिँ के हो ? कन्टिर–बाबूले थाहा पाए अनुसार सो चित्र काठमाडौँ महानगरपालिका वडा नम्बर ८ को सहमति र स्वीकृतिमै बनाइएको थियो । तर मेयर साहबले त्यसमा निहुँ खोज्नुपर्ने कारण के परेछ ?

कन्टिर–बाबू कपारमा हात राखेर सोचिरहेछन्– आखिर यो कस्तो स्थानीय नेतृत्व हो, जो न कला चिन्छ, न कलाकार, न भोकको भाषा बुझ्छ ?

यस सन्दर्भमा च्यवनले ट्विटेको प्रतिक्रिया कन्टिर–बाबूलाई निकै चित्त बुझ्दो लागेको छ । च्यवन लेख्छन्– भित्तेचित्र बनाउनै परेपछि सम्माननीय प्रधानमन्त्री वा राष्ट्रपतिको पो बनाउनुपर्छ । ज्यान बचाउने स्वास्थ्यकर्मी र फ्रन्टलाइनरको चित्रमात्रै बनाएर सरकारका काम र उपलब्धिलाई अवमूल्यन गर्न खोज्ने, हेप्नी !

बुझ्नेका लागि यति नै कुरो काफी छ । कन्टिर–बाबूलाई थाहा छ– भैँसीका अगाडि जति बिन बजाए पनि भैँसी नाच्ने होइन । तर पनि कन्टिर–बाबू देखेको कुरा भन्नु आफ्नो कर्तव्य ठान्छन् र भन्छन्– लागेपागे बुढुवा–बुढियाके दोष !

कोशी अनलाईन बाट धर्मेन्द्र झाको स्तम्भ 

प्रतिक्रिया