Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

लगातारको वर्षा सर्व–आहारीलाई खाने बहाना

लगातारको वर्षा सर्व–आहारीलाई खाने बहाना

अहिले केही दिनदेखि देशव्यापी रूपमा लगातार वर्षा भइरहेको छ । कन्टिर–बाबूका अनुसार यो वर्षा कसैका लागि आनन्दको र कसैका लागि दुःखको स्रोत बन्ने गरेको छ ।

वर्षा हुँदा कन्टिर–बाबूले केहीको मुखबाट सुन्ने गरेका छन्– मौसमले च्यालेन्ज दिइरहेको छ । यसो भन्नुको स्पष्ट अर्थ सबैलाई थाहै छ– पिने बालेको पिनेका बहाना चाहिए ।

तर वर्षाले साँच्चिकै च्यालेन्ज त तिनीहरूलाई दिन्छ– जो सीमान्तकृत छन्, निमुखा छन् । समस्याग्रस्त छन् । जो अन्त बस्ने ठाउँ नपाएर खोलाकिनारमा बस्न बाध्य छन् । जसको छानो चुहिन्छ, जसको गतिलो ओत छैन । 

कन्टिर–बाबूलाई ताज्जुब त त्यस बखत लाग्छ जब समस्याले हायल–कायल वर्गका बारेमा सरकारहरू केही सोच्दैनन् । सर्वहाराको नाममा राजनीति गर्नेलाई समेत लगातारको वर्षा सर्व–आहारी हुने बहाना बन्छ । रमाइलो, रमझम गर्नेदेखि कमिसन खानेसम्मको अवसर सिर्जना हुन्छ । 

नेपालमा अहिले सङ्घीय शासन प्रणालीअन्तर्गत स्थानीय, प्रदेश र सङ्घ गरी तीन तह छन् । तीनै तहका गरी सात सय ६१ वटा सरकार छन् । तर सङ्ख्यामा सरकार भएर के गर्नु ? 

ए बाबा जनताले सबैखाले सरकार सञ्चालन गर्न कर तिरेकै छन् । तर विडम्बना जनता दुःखमा हुँदा, बाढी–पहिरोमा बग्दा, कटान–डुबानमा पर्दा सरकारको अपेक्षित उपस्थिति भने हुँदैन । कोरोना अनुभवले प्रष्ट भइसकेको छ– परेको बेला सरकारको उपस्थिति दियो बालेर खोज्नुपर्ने खालको छ ।

कन्टिर–बाबूलाई थाहा छ– कोरोना, लकडाउन, लगातारको झरी, बाढी–पहिरोले हुनेखानेलाई केही गर्दैन, जे पर्छ हुँदा खानेलाई पर्छ ।

कन्टिर–बाबू अत्यन्त दुखी हुँदै भन्छन्– सरकारमा भएका मान्छेहरू आफू ‘एयर कन्डिसन’ कोठामा बसेर झ्यालबाट बाहिर झरी–वर्षाको रमिता हेर्दै मौसमको कथित च्यालेन्ज स्वीकार गर्नमै व्यस्त छन् । जनताको हालत कसलाई के मतलब ? कौन पुछे खेसडी के दाल ? अपना काम बनता ... भाँड में जाए जनता ।

कोशी अनलाईन बाट धर्मेन्द्र झा को स्तम्भ 

प्रतिक्रिया

ट्रेन्डिङ