Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २७ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै

लगातारको वर्षा सर्व–आहारीलाई खाने बहाना

लगातारको वर्षा सर्व–आहारीलाई खाने बहाना

अहिले केही दिनदेखि देशव्यापी रूपमा लगातार वर्षा भइरहेको छ । कन्टिर–बाबूका अनुसार यो वर्षा कसैका लागि आनन्दको र कसैका लागि दुःखको स्रोत बन्ने गरेको छ ।

वर्षा हुँदा कन्टिर–बाबूले केहीको मुखबाट सुन्ने गरेका छन्– मौसमले च्यालेन्ज दिइरहेको छ । यसो भन्नुको स्पष्ट अर्थ सबैलाई थाहै छ– पिने बालेको पिनेका बहाना चाहिए ।

तर वर्षाले साँच्चिकै च्यालेन्ज त तिनीहरूलाई दिन्छ– जो सीमान्तकृत छन्, निमुखा छन् । समस्याग्रस्त छन् । जो अन्त बस्ने ठाउँ नपाएर खोलाकिनारमा बस्न बाध्य छन् । जसको छानो चुहिन्छ, जसको गतिलो ओत छैन । 

कन्टिर–बाबूलाई ताज्जुब त त्यस बखत लाग्छ जब समस्याले हायल–कायल वर्गका बारेमा सरकारहरू केही सोच्दैनन् । सर्वहाराको नाममा राजनीति गर्नेलाई समेत लगातारको वर्षा सर्व–आहारी हुने बहाना बन्छ । रमाइलो, रमझम गर्नेदेखि कमिसन खानेसम्मको अवसर सिर्जना हुन्छ । 

नेपालमा अहिले सङ्घीय शासन प्रणालीअन्तर्गत स्थानीय, प्रदेश र सङ्घ गरी तीन तह छन् । तीनै तहका गरी सात सय ६१ वटा सरकार छन् । तर सङ्ख्यामा सरकार भएर के गर्नु ? 

ए बाबा जनताले सबैखाले सरकार सञ्चालन गर्न कर तिरेकै छन् । तर विडम्बना जनता दुःखमा हुँदा, बाढी–पहिरोमा बग्दा, कटान–डुबानमा पर्दा सरकारको अपेक्षित उपस्थिति भने हुँदैन । कोरोना अनुभवले प्रष्ट भइसकेको छ– परेको बेला सरकारको उपस्थिति दियो बालेर खोज्नुपर्ने खालको छ ।

कन्टिर–बाबूलाई थाहा छ– कोरोना, लकडाउन, लगातारको झरी, बाढी–पहिरोले हुनेखानेलाई केही गर्दैन, जे पर्छ हुँदा खानेलाई पर्छ ।

कन्टिर–बाबू अत्यन्त दुखी हुँदै भन्छन्– सरकारमा भएका मान्छेहरू आफू ‘एयर कन्डिसन’ कोठामा बसेर झ्यालबाट बाहिर झरी–वर्षाको रमिता हेर्दै मौसमको कथित च्यालेन्ज स्वीकार गर्नमै व्यस्त छन् । जनताको हालत कसलाई के मतलब ? कौन पुछे खेसडी के दाल ? अपना काम बनता ... भाँड में जाए जनता ।

कोशी अनलाईन बाट धर्मेन्द्र झा को स्तम्भ 

प्रतिक्रिया