Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

‘चुँ’सम्म गर्दैनन्, मिलेमतोमा खाने–खुवाउनहेहरू !

‘चुँ’सम्म गर्दैनन्, मिलेमतोमा खाने–खुवाउनहेहरू !

कन्टिर–बाबू नेपालको विकास निर्माण प्रक्रिया देखेर जिल्ल पर्छन् । कन्टिर–बाबूका अनुसार एक त यहाँको विकासका सम्बन्धमा कुनै ठोस, स्पष्ट दृष्टि अनुभूत हुन सकेको छैन । अर्कोतिर कछुवा तालमा हुने गरेका विकास–निर्माण पनि दीगो छैनन् । 

विकासका लागि राजनीति हुनु त ठीकै हो । तर यहाँका नेता आफ्नो राजनीतिका लागि विकास खोज्छन् । अधिकतरको ध्याउन्न एनी–हाउ पैसा कमाऊ हुने गरेको कुरा कसैबाट छिपेको छैन । 

विकासको यस्तै एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसले नेपालको विकास विकास–निर्माण प्रक्रियाको पोल खोल्ने कार्य गरेको छ ।

पुलको निर्माणमा व्यापक अनियमितता भएको छ । यो अवस्था सिर्जिनमा अनेकौँको मिलेमतो छ । यसको पुष्टि हुन शायद केही समय लाग्ला ! तर जनताले शीघ्रातिशीघ्र यसको जवाफ चाहेका छन् । 

धनुषा–सिरहा जोड्न करिब १० वर्ष लगाएर निर्माण गरिएको कमला नदीको पुल ठेकेदारले हस्तानतरण गर्नुअघि भासिएको छ । यो पुल अब काम लाग्दैन, यो त  कन्टिर–बाबूले बुझे तर के प्रकरणमा प्राकृतिक कारण वा भुलचुक लिनेदिने भन्दै सरोकारवालाहरू उम्कन सक्छन् ? यस अवस्थाका लागि दोषी को हुन् ? ठेकेदार ? बिचौलिया ? सरकारी कर्मचारी ? नेता ? वा सबै ? कसले जबाफ दिन्छ ?
 
कन्टिर–बाबूले सुनेका छन्– यस पुलको निर्माणमा व्यापक अनियमितता भएको छ । यो अवस्था सिर्जिनमा अनेकौँको मिलेमतो छ । यसको पुष्टि हुन शायद केही समय लाग्ला ! तर जनताले शीघ्रातिशीघ्र यसको जवाफ चाहेका छन् । 

कन्टिर–बाबुका अनुसार जनताको करको चरम दुरूपयोगको भएको एउटा नमुना हो यो भासिएको पुल । यसमा कतिले बाढी र पानीको तीव्र बहावलाई दोष देलान्, तर कन्टिर–बाबू यस्तो (कु)तर्क मान्नेवाला छैनन् । 

कन्टिर–बाबू सोध्छन्– के निर्माणभन्दा पहिले निर्माण–स्थलबारे आवश्यक अनुसन्धान गरिएको थिएन ? कमलाको पानीको बहावबारे अध्ययन गरिएको थिएन ? गरिएको थियो भने कसरी गरियो र के आधारमा गरियो ? अनि निर्माणका क्रममा नियमित अनुगमन भयो कि भएन ? भएन भने किन भएन र भयो भने आजको अवस्था कसरी सिर्जना भयो ?

यी केही यस्ता प्रश्न हुन, जसको उत्तर कन्टिर–बाबूले मात्र होइन, सरकारलाई कर तिर्ने सबै जनसामान्यले चाहेका छन् । यी प्रश्नका उत्तर कसले दिने ?

कन्टिर–बाबू छक्क परिरहेका छन् । पुल भासिएको तीन दिनभन्दा बढी भइसक्यो तर कुनै पनि सम्बद्ध निकायबाट यसबारे ‘चुँ’सम्म उच्चारण गरिएको छैन । प्रश्न त फेरि पनि उठ्छ नै किन होला ?

कोशी अनलाईनबाट धर्मेन्द्र झाको स्तम्भ 

प्रतिक्रिया