Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

‘चुँ’सम्म गर्दैनन्, मिलेमतोमा खाने–खुवाउनहेहरू !

‘चुँ’सम्म गर्दैनन्, मिलेमतोमा खाने–खुवाउनहेहरू !

कन्टिर–बाबू नेपालको विकास निर्माण प्रक्रिया देखेर जिल्ल पर्छन् । कन्टिर–बाबूका अनुसार एक त यहाँको विकासका सम्बन्धमा कुनै ठोस, स्पष्ट दृष्टि अनुभूत हुन सकेको छैन । अर्कोतिर कछुवा तालमा हुने गरेका विकास–निर्माण पनि दीगो छैनन् । 

विकासका लागि राजनीति हुनु त ठीकै हो । तर यहाँका नेता आफ्नो राजनीतिका लागि विकास खोज्छन् । अधिकतरको ध्याउन्न एनी–हाउ पैसा कमाऊ हुने गरेको कुरा कसैबाट छिपेको छैन । 

विकासको यस्तै एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसले नेपालको विकास विकास–निर्माण प्रक्रियाको पोल खोल्ने कार्य गरेको छ ।

पुलको निर्माणमा व्यापक अनियमितता भएको छ । यो अवस्था सिर्जिनमा अनेकौँको मिलेमतो छ । यसको पुष्टि हुन शायद केही समय लाग्ला ! तर जनताले शीघ्रातिशीघ्र यसको जवाफ चाहेका छन् । 

धनुषा–सिरहा जोड्न करिब १० वर्ष लगाएर निर्माण गरिएको कमला नदीको पुल ठेकेदारले हस्तानतरण गर्नुअघि भासिएको छ । यो पुल अब काम लाग्दैन, यो त  कन्टिर–बाबूले बुझे तर के प्रकरणमा प्राकृतिक कारण वा भुलचुक लिनेदिने भन्दै सरोकारवालाहरू उम्कन सक्छन् ? यस अवस्थाका लागि दोषी को हुन् ? ठेकेदार ? बिचौलिया ? सरकारी कर्मचारी ? नेता ? वा सबै ? कसले जबाफ दिन्छ ?
 
कन्टिर–बाबूले सुनेका छन्– यस पुलको निर्माणमा व्यापक अनियमितता भएको छ । यो अवस्था सिर्जिनमा अनेकौँको मिलेमतो छ । यसको पुष्टि हुन शायद केही समय लाग्ला ! तर जनताले शीघ्रातिशीघ्र यसको जवाफ चाहेका छन् । 

कन्टिर–बाबुका अनुसार जनताको करको चरम दुरूपयोगको भएको एउटा नमुना हो यो भासिएको पुल । यसमा कतिले बाढी र पानीको तीव्र बहावलाई दोष देलान्, तर कन्टिर–बाबू यस्तो (कु)तर्क मान्नेवाला छैनन् । 

कन्टिर–बाबू सोध्छन्– के निर्माणभन्दा पहिले निर्माण–स्थलबारे आवश्यक अनुसन्धान गरिएको थिएन ? कमलाको पानीको बहावबारे अध्ययन गरिएको थिएन ? गरिएको थियो भने कसरी गरियो र के आधारमा गरियो ? अनि निर्माणका क्रममा नियमित अनुगमन भयो कि भएन ? भएन भने किन भएन र भयो भने आजको अवस्था कसरी सिर्जना भयो ?

यी केही यस्ता प्रश्न हुन, जसको उत्तर कन्टिर–बाबूले मात्र होइन, सरकारलाई कर तिर्ने सबै जनसामान्यले चाहेका छन् । यी प्रश्नका उत्तर कसले दिने ?

कन्टिर–बाबू छक्क परिरहेका छन् । पुल भासिएको तीन दिनभन्दा बढी भइसक्यो तर कुनै पनि सम्बद्ध निकायबाट यसबारे ‘चुँ’सम्म उच्चारण गरिएको छैन । प्रश्न त फेरि पनि उठ्छ नै किन होला ?

कोशी अनलाईनबाट धर्मेन्द्र झाको स्तम्भ 

प्रतिक्रिया