Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २० साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित

मिति सकिएको अस्त्र लिएर महायुद्धमा काङ्ग्रेस, भनाइमा लोकतन्त्र, व्यवहारमा कन्जुस्याइँ

मिति सकिएको अस्त्र लिएर महायुद्धमा काङ्ग्रेस, भनाइमा लोकतन्त्र, व्यवहारमा कन्जुस्याइँ

यी काङ्ग्रेसीजनका कुरा पनि बडा गजबका छन् । कन्टिर–बाबूलाई यिनका कुरा कहिलेकाहीँ उदेकलाग्दासमेत लाग्छन् । 

प्रायः सबै काङ्ग्रेसीहरू आफूलाई बिपीका सच्चा अनुयायी र लोकतन्त्रका पहरेदार ठान्छन् । पार्टीको नेतृत्व पङ्क्तिमा रहेकाहरू आफू ‘लोकतन्त्रको च्याम्पियन’ खेलाडी भएको दाबी गर्छन् । तर पार्टीको आन्तरिक जीवन र स्वयम् आफैँभित्र लोकतन्त्रको व्यावहारिक अभ्यास गराइमा भने कन्जुस्याइँ देखाउँछन् । अब यति भन्दा कोही काङ्ग्रेसजनलाई नराम्रो लाग्छ भने कन्टिर–बाबू केही गर्न सक्दैनन् ।

कन्टिर–बाबूले थाहा पाए अनुसार विधानतः नेपाली काङ्ग्रेसको कार्यसमितिको पदावधि चार वर्षको हो । काबुबाहिरको समस्या भए वा कोरोनाजस्तै केही भैपरी आए एक वर्ष म्याद थप्न सकिने प्रावधान छ । तर जेसुकै गरे पनि पाँच वर्षभित्र सबै तहको अधिवेशन, महाधिवेशन सम्पन्न र नयाँ नेतृत्व चयन गरिसक्नुपर्छ । 

तर ले घाँस, नेपाली काङ्ग्रेसको महाधिवेशनको म्याद गुज्रिसकेको कति भयो ? धेरै जनालाई थाहै छैन । अरे यार, राजनीतिक पार्टी होस् वा जुनसुकै सङ्घ–संस्था, आफ्नो म्याद कहिलेसम्म छ भन्ने चियोचर्चो समय–समयमा गरिरहनुपर्छ । अन्यथा पार्टी म्याद गुज्रिएको (डेट एक्सपायर) औषधिजस्तो काम नलाग्ने हुन बेर लाग्दैन । 

तर डुब्न लागेकोलाई त्यान्द्रो भर भने जस्तो धन्न संविधानले पार्टीको डेट एक्सपायर जीवनमा अक्सिजनको काम गरिरहेको छ । कसो-कसो बुद्धि पुर्‍याएर वा यस्तै हुन्छ भन्ने जानेर २०७२ सालको संविधानमा ‘बाधा–अड्काउ फुकाउन’ ६ महिना थप्न सकिने प्रावधान राखेका रहेछन् । र अहिले त्यही अन्तिम अस्त्र हातमा लिएर महाधिवेशनको महायुद्धमा उत्रेको छ काङ्ग्रेस ।

तर थपिएको ६ त्यही महिनामध्ये पनि चार महिनाको म्याद त गुज्रिसकेको छ, क्रियाशील सदस्यताको रस्साकस्सीमै । कन्टिर–बाबूका अनुसार समय छँदा नेताहरू पद छोड्न तयार नभएकाले नै अहिले यो अप्ठेरो परिस्थिति बनेको हो । समयमा अधिवेशन र महाधिवेशन गराएनन् । अहिले एकैचोटी बाक्लो ताप्के तताउन खोजेका छन् । यदि भदौ १६ गतेसम्म ताप्के तातेन भने के हुन्छ ? कन्टिर–बाबू चस्माको डाँडीमा दाहिने हात राखेर सोचिरहेका छन् ।

काङ्ग्रेसका एक ठूलै नेताले भनेको कन्टिर–बाबूले सुनेका छन्– ताप्के तात्न सजिलो छैन । लक्षण त देखिइसकिएको छ । क्रियाशील सदस्यता टुङ्गो लगाउने विषय नै महाभारत भइसक्यो । कन्टिर–बाबू पनि भन्छन्– असार सकिन लाग्यो, क्रियाशील सदस्यता नै नटुङ्ग्याइकन भदौ १६ सम्म सात चरणको अधिवेशन र निर्वाचन कसरी गर्न सकिन्छ ? काङ्ग्रेस त्यस्तो फास्ट–फरवार्ड पार्टी हो र ? बडा माथापच्ची छ यार !

त्यसो त यो कन्टिर–बाबूको समस्या होइन । जान्नेले जानुन् । जेजे गर्नु छ, गर्नेले गरून् । कन्टिर–बाबूको चासो कतिमात्र हो भने दिन तन्किँदै जाँदा समस्या पनि खप्टिँदै जाला । हुँदा–हुँदा लोकतन्त्रवादीको लोकतान्त्रिक अभ्यासमै प्रश्न उठ्ला !

प्रतिक्रिया