Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०४ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

जहिल्यै विपद्को मारमा बाजुरा, सरकारले बुझदैन् पिडा

जहिल्यै विपद्को मारमा बाजुरा, सरकारले बुझदैन् पिडा

बाढी र पहिरोका कारण बाजुराको लाइफलाइन साँफेबगर–मार्तडी सडक तीन सातादेखि अवरुद्ध छ । साँफेबगरबाट ४० किमि अगाडि र बाजुरा सदरमुकाम मार्तडीबाट १३ किमि तलको तीन/चार किमि सडकमा बाढीपहिरोले क्षति पुगेको छ । 

सडकखण्ड कतै भासिएको छ भने कतै माथिबाट पहिरो खसेको छ । पक्की कल्भर्ट पुल बगाएको छ । दर्जनौं परिवारका घर र खेत बगेका छन् । यस क्षेत्रमा हरेक बर्साद्मा यातायात सेवा अवरुद्ध हुने मात्र हैन, पैदल यात्रा पनि जोखिमयुक्त हुने गरेको छ ।

बाजुरामा साँफे–मार्तडी सडकखण्ड सधैं बाढी र पहिरोको चपेटमा छ । सडक यातायात अवरुद्ध हुनुका साथै सडक माथिबाट खस्ने पहिरोका कारण पैदल हिँड्न पनि जोखिम छ । यहाँका दर्जनौं बस्तीहरू पनि जोखिममा छन् । अम्कोट–द्वारी क्षेत्रको चार किलोमिटर खण्डमा तीन/चार वर्षअघिदेखि बूढीगंगा नदी कटान र पहिरोका कारण क्षति पुग्दै आएको हो । गत साउनमा ताप्रिसेराको पक्की पुलसहित सडक बगेको थियो ।

त्यसयता जलस्तर कम भएका बेला वारपार गरे पनि बूढीगंगा बढेका बेला तर्न सकिने अवस्था हुँदैन । जिल्लाको मुख्य सडक तहसनहस हुँदा स्थानीयलाई सास्ती छ । घरजग्गा, खेत बगाएर क्षति हुँदा पनि अहिलेसम्म कुनै राहत नपाएको बूढीगंगा नगरपालिका–१ अम्कोटकी बिर्मा केसी बताउँछिन् । ‘पोहोर खेत, उज्गला (पाखो जग्गा), घरछानो सबै पहिरोले बगायो । राहत भन्ने के हो केही थाहा छैन,’ उनले भनिन्, ‘पोहोर साल यही समयमा अघिल्लो दिन ठूलो खेत रोप्यौं, पछिल्लो दिन बगाएर लग्यो ।’

अघिल्लो वर्षसम्म बाढीले जग्गा र छानो मात्रै बगाए पनि यो वर्ष अम्कोट गाउँसम्म पहिरोको जोखिम बढेको उनले बताइन् । ‘मेघ आएको दिन हामी ढुक्कले बस्न सक्ने अवस्था छैन,’ उनले भनिन् । आवतजावत गर्न नसक्दा यात्रुलाई परेको मार, घर खेत बगाउँदा परेको समस्यालगायतका बारेमा सांसद र मन्त्रीहरूले पटकपटक जानकारी लिने र स्थलगत अनुगमन भन्दै आउने गरे पनि समस्या जस्ताको तस्तै रहेको स्थानीय बताउँछन् ।

पुल बगेको १ वर्षपछि बजेट

गत वर्षको बाढीपहिरोपछि गरिएको अनुगमनपछि सडक मर्मत, तटबन्ध निर्माण, खानेपानीका धारा निर्माणलगायत बाढीपहिरोले क्षति भएका भौतिक संरचना निर्माण गरिदिने मन्त्रीहरूले वाचा गरेको बूढीगंगा नगरपालिका–२ ताप्रिसेराका सर्कल थापा बताउँछन् । उनका अनुसार एक वर्षसम्म बाजुराको समस्या थाहा पाएर पनि नपाए जस्तो गरेको प्रदेश सरकारले असार ७ गते योजना सञ्चालन गर्न पाउने गरी बजेटको अख्तियारी पठाएको छ ।

‘ताप्रिसेराको पक्की पुल बगेको एक वर्ष भयो । त्यसको पुनर्निर्माणका लागि कहींकतैबाट पहल भएको छैन । पुल बगेको ठाउँमा असार ७ गते ५० लाख बराबरको ताप्रिसेरा–घट्टेकुलो तटबन्ध योजना निर्माणका लागि बजेट आएको छ । योजनाको अध्यक्ष म भएको छु,’ थापाले भने, ‘असार १५ गते यो योजनाको सम्झौता भएको छ । १० दिनमा ५० लाखको योजना सक्नुपर्ने छ । अहिले दैनिक २ सय जनाभन्दा बढी कामदार लगाएर काम गराइरहेका छौं ।’

उनका अनुसार उक्त योजनाको लागि प्रदेश सरकारका केही मन्त्री र सांसदहरूले आफ्नो मान्छे उपभोक्ता समितिमा राख्नको लागि गोप्य कोठामा बैठक राख्नेदेखि कमिसन के कति लिने/दिने भन्नेबारे छलफल गरेका थिए । ‘गोप्य कोठामा उपभोक्ता समिति बनाउने, काम थोरै गरेर सबै पैसाको भुक्तानी लिनेजस्ता धेरै जालझेल भएको थियो,’ उपभोक्ता समितिका अध्यक्ष थापाले भने, ‘गोप्य कोठामा हुने बैठकहरूको कुरा बाहिरिएपछि हामी सबै स्थानीय आन्दोलनमा उत्रियौं । आमभेलाबाट उपभोक्ता समिति गठन गर्‍यौं । अहिले बस्ती जोगाउनका लागि दैनिक सयौंको संख्यामा कामदार बोलाएका छौं ।’

तीन वर्षदेखि नै बाजुराका दर्जनौं बस्ती र सडक तहसनहस हुँदा पनि कसैले वास्ता नगरेको उनको गुनासो छ । ताप्रिसेराका १ सय परिवार, अम्कोटका ३ सय परिवार, बल्देका १ सय परिवार अहिले पनि बाढीपहिरोको उच्च जोखिममा छन् । उनका अनुसार ताप्रिसेरा, बजेडी, ब्रह्मतोला, मुसी ,नडांग, खेतकोट, ताप्रा गरी सात वटा गाउँ पहिरोलाई पहिरोको खतरा छ । ‘बाजुरा जहिल्यै पनि विपद्को मारमा छ ।

प्रतिक्रिया