Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

ट्रेन्डिङमा उक्लदै दुर्गेशको नयाँ तीज गीत 'बेसार- बीच्च बीच्चमा ३'

ट्रेन्डिङमा उक्लदै दुर्गेशको नयाँ तीज गीत 'बेसार- बीच्च बीच्चमा ३'

महिलाको कथा, व्यथा बुझाउने तीज गीतको चलनभन्दा अलि बेग्लै विषयमा फरक स्वादको तीज गीत 'बीच्च बीच्चमा ३ ' युट्युब सार्वजनिक भएको छ। 'बेसार' शीर्षकको उक्त गीतमा कोरोना भाइरस महामारी र लकडाउन बीच देशमा घटेका घटना, सीमा विवाद, जातीय कारणले निम्त्याएको रुकुम हत्याकाण्ड, भ्रस्टाचारसम्मका विषयवस्तु छोइएको छ।सरकारले उक्त विषयप्रति देखाएको चासो, प्रतिक्रियामा गीतले प्रश्न उठाएको छ। 

गायक दुर्गेश थापाको यो नयाँ तीज गीत अहिले ‍ट्रेन्डिङमा छ। गीतमा बसन्त थापाको शब्द र संगीत रहेको छ। यो गीतमा पछिल्लो समय चर्चामा आएको 'बेसार' शब्दलाई केन्द्रमा राखिएको छ। सामाजिक राजनीतक मुद्दालाई व्यंग्यात्मक शैलीमा गाइएको यस गीतका गायक दुर्गेश थापाको 'बीच्च बीच्चमा' गत वर्षको चर्चित गीत हो। यो वर्ष उनले त्यही चर्चित गीतको लयमा नयाँ शब्द थपेर दुइटा गीत सार्वजनिक गरिसकिएको छ। 

गीतको भिडिओ मार्फत समेत केही सन्देश दिन खोजेको छ। भिडिओमा दुर्गेश थापासँगै चिरन्जिवी सापकोटा, काजिस श्रेष्ठ, जीवन सहानी क्षेत्री, लोमस शर्मा, सन्तोष बानियाँ र प्रेम खड्काको भिन्नै परिवेश देख्न सकिन्छ।गीतको भिडिओ काजिस श्रेष्ठले निर्देशन र कोरियोग्राफी गरेका छन् भने अर्जुन तिवारी र उनको टोलीको सिनेमेटोग्राफी रहेको छ। 

 

शनिबार सार्वजनिक 'बेसार' गीत अहिले ट्रेन्डिङमा छ।  सेतोपाटी 

प्रतिक्रिया