Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०२ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

निर्देशक रावलको अछामी लघु चलचित्र “संशय” सार्वजनिक (भिडियो सहित)

निर्देशक रावलको अछामी लघु चलचित्र “संशय” सार्वजनिक (भिडियो सहित)

निर्माता तथा निर्देशक गणेशजंग रावललको अछामी लघु चलचित्र “संशय” सार्वजनिक भएको छ । अछाम जिल्ला मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउ घर भएका रावलले निर्माण गरेको लघु चलचित्र सोमबार सार्वजनिक भएको हो । अछामका नागरिकका ज्वलन्त समस्याको परिबेश समेटेर तयार पारिएको चलचित्र भेडापानी ईन्टरटेन्मेण्ट युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

निर्देशक रावलले आफुले अध्ययन गर्ने कलेजको प्रोजेक्टमा अछामको बिषयबस्तु समेटेर अछाममै लघु चलचित्र तयार पारेको बताएका हुन् । किपालय प्रोडक्सन र भेडापानी ईन्टरटेन्मेण्टको प्रस्तुतीका रुपमा सार्वजनिक भएको “संशय” रावलकै कथा तथा निर्देशन छ । बिशेष गरि चलचित्रमा पहीलोको समयमा समस्याको रुपमा रहेको एचआईभि एड्सको बिषय वस्तुलाई दर्शाईएको छ । सोच चलचित्रमा बर्सौ पछि बम्बैबाट काम गरेर घर आएको श्रीमानलाई एचआईभि एड्स लागेको संका लागेपनि श्रीमान स्वीकार गर्न तयार नभएपछि रमिला र उसको श्रीमान बीच द्वन्द सृजना हुन्छ ।

आफ्नो श्रीमानलाई एड्स लागेको होकी होईन भनेर पुष्टी गर्नका लागी अस्पताल जान खुशी पार्न रमिलाले हरदम प्रयास गएिको चित्रण गरिएको छ । अछामको कालीमाटीमा छायांकन भएको चलचित्रमा मुख्य पात्रका रुपमा भिष्म जोशी र शुसिला खड्का रहेका छन् । रावल र नव विजय श्रेष्ठले निर्माण गरेको “संशय” विभिन्न चलचित्र महोत्सवमा छनोट भएको थियो ।

चलचित्रको पुरा भिडियोः

प्रतिक्रिया

ट्रेन्डिङ