Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

निर्देशक रावलको अछामी लघु चलचित्र “संशय” सार्वजनिक (भिडियो सहित)

निर्देशक रावलको अछामी लघु चलचित्र “संशय” सार्वजनिक (भिडियो सहित)

निर्माता तथा निर्देशक गणेशजंग रावललको अछामी लघु चलचित्र “संशय” सार्वजनिक भएको छ । अछाम जिल्ला मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउ घर भएका रावलले निर्माण गरेको लघु चलचित्र सोमबार सार्वजनिक भएको हो । अछामका नागरिकका ज्वलन्त समस्याको परिबेश समेटेर तयार पारिएको चलचित्र भेडापानी ईन्टरटेन्मेण्ट युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

निर्देशक रावलले आफुले अध्ययन गर्ने कलेजको प्रोजेक्टमा अछामको बिषयबस्तु समेटेर अछाममै लघु चलचित्र तयार पारेको बताएका हुन् । किपालय प्रोडक्सन र भेडापानी ईन्टरटेन्मेण्टको प्रस्तुतीका रुपमा सार्वजनिक भएको “संशय” रावलकै कथा तथा निर्देशन छ । बिशेष गरि चलचित्रमा पहीलोको समयमा समस्याको रुपमा रहेको एचआईभि एड्सको बिषय वस्तुलाई दर्शाईएको छ । सोच चलचित्रमा बर्सौ पछि बम्बैबाट काम गरेर घर आएको श्रीमानलाई एचआईभि एड्स लागेको संका लागेपनि श्रीमान स्वीकार गर्न तयार नभएपछि रमिला र उसको श्रीमान बीच द्वन्द सृजना हुन्छ ।

आफ्नो श्रीमानलाई एड्स लागेको होकी होईन भनेर पुष्टी गर्नका लागी अस्पताल जान खुशी पार्न रमिलाले हरदम प्रयास गएिको चित्रण गरिएको छ । अछामको कालीमाटीमा छायांकन भएको चलचित्रमा मुख्य पात्रका रुपमा भिष्म जोशी र शुसिला खड्का रहेका छन् । रावल र नव विजय श्रेष्ठले निर्माण गरेको “संशय” विभिन्न चलचित्र महोत्सवमा छनोट भएको थियो ।

चलचित्रको पुरा भिडियोः

प्रतिक्रिया