Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०९ मङि्सर २०८१
प्रचलनमा:
ताजा अपडेट
एमालेको आज काठमाडौंमा शक्ति प्रदर्शन एमालेको आज काठमाडौंमा शक्ति प्रदर्शन कैलाली जिसस प्रमुखमा काँग्रेसकी टिका निर्विरोध निर्वाचित कैलाली जिसस प्रमुखमा काँग्रेसकी टिका निर्विरोध निर्वाचित सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच सम्झौता सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच सम्झौता अपिहिमालका स्थानीयको दुःख– सात किलोमिटर सडक माग्न काठमाडौंतर्फ अपिहिमालका स्थानीयको दुःख– सात किलोमिटर सडक माग्न काठमाडौंतर्फ बाजुरा लगायत दुर्गमका १० जिल्लामा निगमद्धारा पेट्रोल पम्प खाेल्ने तयारी बाजुरा लगायत दुर्गमका १० जिल्लामा निगमद्धारा पेट्रोल पम्प खाेल्ने तयारी अराजकता फैलाउने ९ युट्युब कारबाहीमा अराजकता फैलाउने ९ युट्युब कारबाहीमा सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न अछाम देखि धनगढीका लागि बिद्युतिय  गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने अछाम देखि धनगढीका लागि बिद्युतिय गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने सामाजिक कार्यका लागी लायन्स क्लबसंग सहकार्य गर्न सधैं तत्पर छु - मन्त्री खड्का सामाजिक कार्यका लागी लायन्स क्लबसंग सहकार्य गर्न सधैं तत्पर छु - मन्त्री खड्का

‘घाइते बाघ’, ‘सतिसाल’ र १२ बुँदेको पृष्ठभूमिमा वर्तमानको लेखाजोखा

‘घाइते बाघ’, ‘सतिसाल’ र १२ बुँदेको पृष्ठभूमिमा वर्तमानको लेखाजोखा

अपेक्षा गरिएअनुरूप नै अन्ततः नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ठूलो मतान्तरले विश्वासको मत प्राप्त गरेका छन् । संविधानको धारा ७६ को ५ अनुसार गठित देउवा सरकारले एक सय ६५ सांसदको विश्वास प्राप्त गरेको छ भने ८३ जना सांसदले देउवामाथि विश्वास गरेनन् । एकजनाले भने स्वयंलाई कतै पनि प्रस्तुत् नगरी तटस्थता प्रदर्शन गरे ।

संविधानअनुसार विश्वासको मत प्राप्त गर्न देउवासँग ३० दिनको म्याद उपलब्ध भए पनि उनले यति लामो समय कुर्नु आवश्यक ठानेनन् र सर्वोच्च अदालतको आदेशका आधारमा दोस्रोपटक ब्युँतिएको प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत प्राप्त गर्नु उचित ठाने । वास्तवमा यो एक अत्यन्तै सुझबुझपूर्ण महत्वपूर्ण राजनीतिक निर्णय थियो ।

अलोकप्रियताको शिखरमा पुगेर सत्ताबाट बाहिरिन पुगेका निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओली ‘घाइते बाघ’ हुन्, यसमा शङ्का छैन । प्रत्याक्रमणको सम्भावना त रहन्छ नै । सत्ताबाट बाहिरिने क्रममा र बाहिरिइसकेपछि उनले व्यक्त गरेका छटपटाहटपूर्ण अभिव्यक्ति निश्चय पनि राजनीतिक छैनन् । कताकता ती अभिव्यक्तिमा ‘बदला’को गन्ध पनि अनुभव नगरिएको होइन । यो सत्य हो भने उनी यस सरकारका पक्षमा निश्चय पनि सहजरूपमा प्रस्तुत हुने छैनन् र सरकारलाई असफल बनाउने कुनै पनि मौका छोड्ने छैनन् ।

यसको सङ्केत ओलीले हिजैको संसद बैठकका सन्दर्भमा दिइसकेका छन् । ओलीले आफ्ना  समर्थकसहित (एमालेको एक पक्ष) देउवालाई विश्वासको मत त प्रदान गरेनन् नै देउवाले विश्वासको मत प्राप्त गरेको प्रत्यक्षतः देख्ने आँट पनि जुटाउन सकेनन् । उनी हिजो संसद्मा निकै ढिला गरी झुल्किए र कुनै पनि प्रक्रियामा सहभागी भएनन् । 

ओलीको यो व्यवहार निश्चय पनि राजनीतिक असहिष्णुता हो । ओलीको यो व्यवहार संसदीय लोकतान्त्रिक मर्यादाको विपरीत हो, यसमा शङ्का छैन । वास्तवमा ओलीबाट लोकतान्त्रिक मूल्य मान्यताअनुरूपको व्यवहारको अपेक्षा गरिनु अनुचित हुने कुरा उनका पछिल्ला गतिविधिले पुष्टि गरेका छन् । यस्तोमा प्रधानमन्त्री देउवाले हिजो संसदमा विश्वासको मत प्राप्त गर्ने सन्दर्भमा संसदमा ओलीका सन्दर्भमा धारणा व्यक्त गर्दै ओलीबाट गरेको अपेक्षा नै उचित थिएन भन्न कञ्जुस्याइँ गर्नु आवश्यक छैन ।

यस्तो अवस्थामा देउवा र उनको गठबन्धनले विश्वासको मत प्राप्त गर्न ढिलाइ गरेको भए ओलीको नेतृत्वमा सायद असहज स्थिति उत्पन्न गर्ने प्रयत्न हुन सक्थ्यो । यसै प्रवृत्तिलाई लक्षित गर्दे गठबन्धनका एक नेताले भने, यो नेपाल हो, यहाँ रात रहे अग्राख पलाउन बेर लाग्दैन । ओलीका तर्फबाट सरकारविरुद्धको रणनीति कार्यान्वयनअगावै विश्वासको मत लिनु जरुरी थियो, यसैले विश्वासको मत लिइयो । 

आइतबार संसदमा विश्वासको मत प्राप्त गरेसँगै देउवा नेतृत्वको सरकार, ओली पक्षको एमालेबाहेक, करिबकरिब सर्वदलीय सहमतिको सरकारमा रूपान्तरण भएको छ । माथि पनि भनियो, प्रतिनिधिसभामा रहेका दलहरूमध्ये ओली पक्षको एमालेले देउवालाई विश्वास गरेन भने नेमकिपा तटस्थ बस्यो । यस आधारमा वर्तमान सरकार सहमतिको सरकार हो भन्दा फरक पर्दैन ।

कहाँसम्म भने हिजो दिउँसोसम्म आफ्नो ‘कार्ड’ नखोलेको जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष पनि अन्ततः साँझसम्म देउवा सरकारलाई समर्थन गर्ने पक्षमा प्रस्तुत भयो । वास्तवमा यो अत्यन्त महत्वपूर्ण राजनीतिक ‘मुभ’ हो । हिजो सत्ताका लागि फुट्ने अवस्थामा रहेको जसपा आज सत्ताकै नाममा जुट्ने अवस्थामा पुगेको छ । यो अत्यन्त सकारात्मक छ । 

निर्वाचनलगत्तै संसदमा एमाले करिब दुई तिहाइको अवस्थामा थियो । ओलीको नेतृत्वमा सरकार बन्यो । सरकार बनेपछि यो पङ्क्तिकार ओली र सरकारकै पक्षमा थियो । जनादेश एमाले र ओलीलाई प्राप्त छ भने यो सरकारले पूर्णकाल काम गर्न पाउनुपर्छ भन्ने मनसाय धेरैको थियो । पङ्क्तिकार पनि अपवाद थिएन । जनादेशको सम्मान हुनुपर्छ भन्ने मान्यता राख्नु अस्वाभाविक होइन ।

निश्चय पनि त्यसबेला काङ्ग्रेसलाई सरकार सञ्चालनको जनादेश थिएन । दुर्भाग्य, ओलीले नै जनताको आदेशको सम्मान गर्न सकेनन् । बुझ्नुपर्ने कुरा त के हो भने, संविधान निर्माणपछि सम्पन्न भएको पहिलो निर्वाचनका माध्यमले जनताले त्यसबेला लोकतन्त्र, सङ्घीयता र संविधान कार्यान्वयनको पक्षमा आदेश दिएका थिए । ओलीले जनताको आदेशको आशय बुझेनन् र शासनलाई आफूखुसी आफ्नो शर्तमा सञ्चालन गर्ने प्रयत्न गर्न थाले ।

जुन संविधानका आधारमा शासन सञ्चालन गर्ने अवस्थामा पुगे, त्यही संविधानको धज्जी उडाउने कार्य ओलीबाट भयो भन्ने राजनीतिक टिप्पणी छ । जुन सङ्घीयता र लोकतन्त्र वर्तमान संविधानको अभीष्ट हो, त्यही सङ्घीयता र लोकतन्त्रका विरुद्ध उनी पटकपटक प्रस्तुत भएको बुझाइ अधिकांशको रह्यो । 

यही कारण हो, उनीविरुद्धको जनाक्रोश चुलिँदै गयो । तर उनले यसको आँकलन गर्न सकेनन् र फलतः ओली सत्ताबाट बाहिरिनुपर्ने अवस्थाको सिर्जना भयो । वास्तवमा यो नयाँ सत्ता सञ्चालक अर्थात देउवाका लागि पनि महत्वपूर्ण सिकाइ हो । उनको सरकारले पनि जनताको आकाङ्क्षा र आशयको सम्मान गर्नैपर्छ । होइन भने यो सरकारले पनि ओलीकै हविगत भोग्नुपर्ने कुरामा असहमति हुन सक्दैन ।

ओलीका पक्षमा एउटा लाभको अवस्था थियो, प्रतिपक्षलाई कमजोर मानिएको थियो । त्यसैले ओलीले साढे तीन वर्ष शासन सञ्चालन गर्न सके । तर देउवालाई त्यो सुविधा छैन, ओलीका रूपमा उनका सामु सशक्त प्रतिपक्ष उपस्थित छ । घाइते बाघ निश्चय पनि चुप लागेर बस्ने छैन । 

यति हुँदाहुँदै पनि देउवाका पक्षमा एउटा अत्यन्त उपयुक्त स्थिति विद्यमान छ । देउवाले यसको लाभ लिन सक्नुपर्छ । त्यो के भने देउवाले माधव नेपालजस्तो नेताको साथ पाएका छन्, जो उनका पक्षमा सतिसाल बनेर उभिएका छन् । वास्तवमा भन्ने हो भने यसपटकको राजनीतिक ‘हिरो’ नै नेता नेपाल हुन् । नेता नेपालको राजनीतिक सुझबुझ, दृढ सङ्कल्प र त्यसअनुकूलको अडान हुने थिएन भने ओली यति सहजै सत्ताबाट बाहिरिने अवस्थाको निर्माण हुने थिएन । यसलाई व्यक्तिगत आग्रह–दूराग्रहभन्दा पनि संसदको पूर्णकाल सञ्चालन र लोकतन्त्रको रक्षासँग जोडेर हेरिनुपर्छ ।

नेता नेपालले देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरे भन्नु भन्दा पनि संसद र लोकतन्त्र जोगाउन भूमिका निर्वाह गरे भन्ने अर्थमा बुझिनु जरुरी छ । भोलिका दिनमा यस सरकारबाट पनि संसद र लोकतन्त्रको पक्षमा भूमिका निर्वाह हुन नसकेको आँकलनको अवस्थामा नेपालजस्ता नेताहरू यही सरकारसँग टाँसिएर बसिरहने छन् भन्ने कल्पना गर्नु गलत हुने छ ।  

अन्त्यमा, सबैभन्दा महत्वपूर्ण कुरा अहिलेको विकसित राजनीतिक अवस्था झट्ट हेर्दा सत्ताको सामान्य उठापटकजस्तो लाग्न सक्ला । तर यसलाई यतिमा मात्र सीमित गरेर हेरिनु उचित हुँदैन । प्रकारान्तरले हेर्ने हो भने, अहिले राजनीतिक कित्ताकाटको जस्तो अवस्था देखिएको छ, राजनीतिको यो विद्यमान अवस्था कित्ताकाट नै हो भने यसलाई स्वाभाविक मान्न सकिँदैन । 

अहिलेको कित्ताकाटलाई विगतको १२ बुँदे र शान्ति सम्झौताकालीन राजनतिक अवस्थासँग तुलना गर्न सकिन्छ । अहिले जसरी कित्ताकाट भएको देखिएको छ, प्रश्न उठ्छ– के त्यसको सैद्धान्तिक आधार त्यसबेलाको परिदृश्य त होइन ? अहिले सत्तामा पुगेकाहरूले यसको मूल्याङ्कन गर्नु जरुरी छ र यसै आधारमा भाविष्यको मार्गचित्र कोर्नु अपरिहार्य छ । १२ बुँदेको वकालतकर्ताका हैसियतले स्वयं देउवा, नेता नेपाल र प्रचण्डले भन्दा राम्ररी यसको संवेदनशीलता अरू कसले बुझ्न सक्छ र ? 

प्रतिक्रिया