Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

धान खाने मुसो, खप्की खाने भ्यागुतो !

धान खाने मुसो, खप्की खाने भ्यागुतो !

कन्टिर–बाबू थाहा पाउँदादेखि नै कवि शिरोमणि लेखनाथ पौड्यालका पक्का फ्यान हुन् । उनलाई कवि शिरोमणिका धेरै कवितामध्ये दुई पङ्क्ति बारबार सम्झना भइरहन्छ । 

‘म खाउँ मै लाउँ सुख सयल वा मोज म गरूँ ।
म हाँसुँ मै नाचुँ अरू सब मरुन् दुर्बलहरू ।’

सारमा हेर्ने हो भने नव्य काव्य तरुण तपसीमा कवि शिरोमणिले २०१० सालमा लेखका यी पङ्क्ति साढे ६ दशकपछि पनि उत्तिकै सान्दर्भिक देख्छन् कन्टिर–बाबू । खासमा कन्टिर–बाबू पौड्यालको उल्लिखित पङ्क्तिको सन्दर्भ सङ्घीयतासँग जोडेर हेर्दा कन्टिर–बाबूको मन भरङ्ग हुन्छ । 

नेपालमा पछिल्लो दिनमा एकपटक फेरि सङ्घीयतासम्बन्धी बहसले स्थान पाएको छ । सामाजिक सञ्जाल तथा मिडिया तातिएको छ । केही व्यक्ति कन्दनी कसेर यसको विरोधमा उत्रिएका पनि छन् ।

जनमत सङ्ग्रह गरौँ, बहुमत जनताले जे भन्छन् त्यही मानौँ भन्ने तर्क आउनुलाई भने कन्टिर–बाबू अन्यथा मान्दैनन् । तर सोझै सङ्घीयता खारेज गरौँ भन्ने उनी सहमत हुन सक्दैनन् । 

कन्टिर–बाबू सोच्छन्– आखिर सङ्घीयताको विरोध किन भइरहेको छ ? विरोध गर्नेहरूको तर्फबाट हास्यास्पद तर्क आउने गरेको छ– खर्चिलो भयो, अव्यवस्थित भयो । 

सङ्घीयता घोषणापटि प्रदेश र स्थानीय तह सञ्चालनमा बढी खर्च भएको देख्ने तर्कवाजहरूलाई पछिल्लो तीन वर्षको सङ्घ अर्थात् केन्द्रको शासन सञ्चालनमा भएको खर्चको तुलनात्मक अध्ययन गर्न सुझाव दिन्छन् कन्टिर–बाबू । सँगसँगै अव्यवस्थित भयो भन्नेहरूलाई सङ्घीयताको जरै काट्न होइन कि यसलाई कसरी व्यवस्थित बनाउन सकिन्छ ? त्यसबारे सकारात्मक दबाब दिन आग्रह पनि गर्छन् । 

कन्टिर–बाबूलाई लाग्छ– सङ्घीयताको विरोधको कारण राजनीतिक दर्शन र विचारमात्र होइन, शक्ति र अधिकार विकेन्द्रीकरणविरूद्धको मानसिकता पनि हो । लोकतन्त्रमा सबैलाई अभिव्यक्ति स्वतन्त्रता छ । कसैले सङ्घीयता राम्रो होइन भन्न त पाए तर मान्दिनँ भन्न त कसरी पाइएला ?

हो, यसबारे जनमत सङ्ग्रह गरौँ, बहुमत जनताले जे भन्छन् त्यही मानौँ भन्ने तर्क आउनुलाई भने कन्टिर–बाबू अन्यथा मान्दैनन् । तर सोझै सङ्घीयता खारेज गरौँ भन्ने उनी सहमत हुन सक्दैनन् । 

सङ्घीयताबारे जनमत सङ्ग्रह गर्ने पनि अहिले बेला भइसकेको छ जस्तो कन्टिर–बाबूलाई लाग्दैन । अहिले निर्वाचित ‘मै खाउँ मै लाउँ’वाला जनप्रतिनिधिको व्यक्तिगत व्यवहारको दोष सङ्घीयतालाई दिनु ठिक होइन । 

खासमा हामीलाई चाहिएको व्यवस्था परिवर्तनभन्दा पनि व्यक्ति र प्रवृत्तिमा सुधार हो । त्यसका लागि सामाजिक, राजनीतिक दबाब बढाउनु उचित र दुई–चार वर्षमै व्यवस्था बदल्दै राजनीतिक खेलोफड्को गर्दै समय कटाउनु अनुचित मान्छन् कन्टिर–बाबू ।

अरे, यो त उही कुरा भयो– धान खाने मुसो, खप्की खाने भ्यागुतो !

प्रतिक्रिया

ट्रेन्डिङ