Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १६ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

आखिर नयाँ शहरको परिकल्पना यहि हो त ? कता छन् सरोकारवाला

आखिर नयाँ शहरको परिकल्पना यहि हो त ? कता छन् सरोकारवाला

डोटी राम्डो डडेल्धुरा, अछाम राम्डो साँफे !

मान्छे राम्डो मन मिल्याको पन्छी राम्डो डाँफे !!

यो सुमधुर गीतको पहिलो हरफ नै साँफेबगरको सुन्दरताको प्रमाण हो । अग्ला र हरिया डाँडा बीचमा कलकलाउँदो पवित्र बूढीगंगा अनि वारिपारि लमतन्न परेकव बजार। झट्ट हेर्दा स्वर्गकै एक टुक्रा जस्तो लाग्ने साँफेबगर जोकोहीको बसाइ र व्यवसायका लागि पहिलो रोजाईमा पर्छ अहिले पनि। नहोस पनि त कसरी ? यो अछाम जिल्लाकै प्रमुख व्यापारिक केन्द्र हो। यसको अर्को परिचय, यो जिल्लाकै ठूलो नगरपालिका पनि हो। अनि जिल्लाको एक मात्रै स्मार्ट सिटी पनि।

अछाममा ६ लेन फराकिलो बाटो भएको एक मात्रै बजार हो साँफेबगर। तर यो बजार विस्तारै कुरूप हुँदै गएको छ। जथाभाबि अव्यवस्थित  पार्कङ, सडक नै ढाक्ने गरि राखिएका बजार र स्थानीयबासीका सामान, सडकभरी असरल्ल छरिएका घर, पसलका सामान र निर्माणका सामाग्रीले बजारको सुन्दरता कुरूप बनिरहेको छ। यसले बजार क्षेत्रमा दैनिकजसो सवारी दुर्घटना पनि निम्ताइरहेको छ। जताततै फोहोरका डुङ्गुर, अव्यवस्थित रुपमा पालिएका कुखुरा र बंगुरका खोरबाट निस्किने दुर्गन्धको त हिसाबै छैन। यसले हाटबजारलाई झन् झन् कुरूप बनाएको छ।

नगरपालिकाबाट फोहोर उठाउने गाडी महिनौँसम्म आउँदैन। आए पनि हाकिम र नगरपालिकाका प्रमुखहरुको आदेश अनुसार चल्ने गरेको सहरी विकासका पूर्वअध्यक्ष एवम् स्थानीयवासी मोहन कुँवरले बताए। ढल र नाली बनाउने बहानामा महिनौँदेखि निर्माण सामाग्री सडकभरी फालिँदा बजार झनै अव्यवस्थित भएको छ।

वृक्षरोपण र बगैँचाका लागि छाडिएको सडकको डिभाइडरमा व्यापारीहरु घर बनाउने इँट्टा, सरिया, बालुवा र ढुंगा राखेका छन्। त्यसले गर्दा रोपिएका बिरुवा पनि मरेका छन्। यति लापरवाही हुँदा पनि स्थानीय निकाय र प्रशासन रमिते बनेका छन्। अन्य सरोकारवाला यो लापरबाहीसामु मौन बसेका छन्। नगरपालिकाले एकजना पनि सफाइ कर्मचारी राख्न नसक्दा बजार दिनदिनै कुरूप भइरहेको गुनासो कुँवरले गरेका छन्। 

दैनिक जसो यो शहरलाई हेर्दा लाग्छ आखिर नयाँ शहर को परिकल्पना यहि हो त ? तस्बिरमा हेर्नुस 

 

प्रतिक्रिया

ट्रेन्डिङ