Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ३२ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

आखिर नयाँ शहरको परिकल्पना यहि हो त ? कता छन् सरोकारवाला

आखिर नयाँ शहरको परिकल्पना यहि हो त ? कता छन् सरोकारवाला

डोटी राम्डो डडेल्धुरा, अछाम राम्डो साँफे !

मान्छे राम्डो मन मिल्याको पन्छी राम्डो डाँफे !!

यो सुमधुर गीतको पहिलो हरफ नै साँफेबगरको सुन्दरताको प्रमाण हो । अग्ला र हरिया डाँडा बीचमा कलकलाउँदो पवित्र बूढीगंगा अनि वारिपारि लमतन्न परेकव बजार। झट्ट हेर्दा स्वर्गकै एक टुक्रा जस्तो लाग्ने साँफेबगर जोकोहीको बसाइ र व्यवसायका लागि पहिलो रोजाईमा पर्छ अहिले पनि। नहोस पनि त कसरी ? यो अछाम जिल्लाकै प्रमुख व्यापारिक केन्द्र हो। यसको अर्को परिचय, यो जिल्लाकै ठूलो नगरपालिका पनि हो। अनि जिल्लाको एक मात्रै स्मार्ट सिटी पनि।

अछाममा ६ लेन फराकिलो बाटो भएको एक मात्रै बजार हो साँफेबगर। तर यो बजार विस्तारै कुरूप हुँदै गएको छ। जथाभाबि अव्यवस्थित  पार्कङ, सडक नै ढाक्ने गरि राखिएका बजार र स्थानीयबासीका सामान, सडकभरी असरल्ल छरिएका घर, पसलका सामान र निर्माणका सामाग्रीले बजारको सुन्दरता कुरूप बनिरहेको छ। यसले बजार क्षेत्रमा दैनिकजसो सवारी दुर्घटना पनि निम्ताइरहेको छ। जताततै फोहोरका डुङ्गुर, अव्यवस्थित रुपमा पालिएका कुखुरा र बंगुरका खोरबाट निस्किने दुर्गन्धको त हिसाबै छैन। यसले हाटबजारलाई झन् झन् कुरूप बनाएको छ।

नगरपालिकाबाट फोहोर उठाउने गाडी महिनौँसम्म आउँदैन। आए पनि हाकिम र नगरपालिकाका प्रमुखहरुको आदेश अनुसार चल्ने गरेको सहरी विकासका पूर्वअध्यक्ष एवम् स्थानीयवासी मोहन कुँवरले बताए। ढल र नाली बनाउने बहानामा महिनौँदेखि निर्माण सामाग्री सडकभरी फालिँदा बजार झनै अव्यवस्थित भएको छ।

वृक्षरोपण र बगैँचाका लागि छाडिएको सडकको डिभाइडरमा व्यापारीहरु घर बनाउने इँट्टा, सरिया, बालुवा र ढुंगा राखेका छन्। त्यसले गर्दा रोपिएका बिरुवा पनि मरेका छन्। यति लापरवाही हुँदा पनि स्थानीय निकाय र प्रशासन रमिते बनेका छन्। अन्य सरोकारवाला यो लापरबाहीसामु मौन बसेका छन्। नगरपालिकाले एकजना पनि सफाइ कर्मचारी राख्न नसक्दा बजार दिनदिनै कुरूप भइरहेको गुनासो कुँवरले गरेका छन्। 

दैनिक जसो यो शहरलाई हेर्दा लाग्छ आखिर नयाँ शहर को परिकल्पना यहि हो त ? तस्बिरमा हेर्नुस 

 

प्रतिक्रिया