Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

स्वदेशमै काम गर्दै भारतबाट फर्केकाहरु

स्वदेशमै काम गर्दै भारतबाट फर्केकाहरु

कोरोना महामारीको संक्रमणले विश्व नै आक्रान्त भएको समयमा त्यसको सबैभन्दा बढी प्रभाव युवाहरुलाई पर्यो । पहिलो र दोस्रो चरण गरी अछाममा करिब ३५ हजारभन्दा बढी भारतमा कामको सिलसिलामा गएकाहरु अछाम फर्के । कतिपय युवाहरु बेरोजगार नै छने भने कतिपय युवाहरु काम खोज्दै हिंडिरहेका छन् । अछामका  युवाहरु दैलेखसम्म र छिमेकी जिल्ला दैलेखबाट अछाममा काम खोज्दै आउनेहरुको संख्या पछिल्लो समयमा बढि रहेको छ 

मंगलसेनको जिल्ला अस्पताल नजिकैको सडक कालोपत्रेको कामका लागि दैलेखको चामुन्द्रा बिन्द्रासैनी नगरपालिका ९ का ३३ वर्षीय सुर्य थापा सहितका २० जना काम गरिरहेका छन् । १५ वर्षको उमेर देखि कामको लागि भारतका विभिन्न सहर पुगेका सुर्य लामो समय देखि कोरोनाको कारण जान सकेनन् । ठूला ठेक्काको खोजी गर्ने र उतै गएर काम गर्ने निधो गरे । अहिले गाउका २० जना यूवाको साथमा उनी सडकको काम गर्न अछाम पुगेका छन् । ‘भारत गएर काम पाउन मुस्किल छ । यति लामो समयसम्म स्वदेशमा आजसम्म बसेको थिएन । अहिले घरमा बसेर गुजारा चलाउन गाह्रो भयो ’ उनले भने , ‘ दैलेखबाट काम खोज्दै आएका हौं । कमाइ राम्रै छ । आखिर बम्बै गएर पनि कमाउने यस्तै त हो । ’ कोरोना महामारी कम भए पनि उनले भारत नजाने बताए । उनीसंगै आएका  चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ का एकेन्द्र थापा पनि सुर्य जस्तै भारतमा काम गर्न जान थालेको वर्षौं भयो । भारतमा जान थालेको तिस वर्षको अवधिमा एकै ठाउँमा काम गर्ने उनको टुंगो भएन । जता काम पायो उतै जाँदा तिस बर्ष बित्योे । भाडा माझ्ने , होटेल सफा गर्ने , गाडी धुनेसम्मका काम उनले गरे । काम जस्तो भएपनि परिवारको पालन पोषणमा कमि गरेका थिएनन् । कोरोनाको डरले उनी आत्तिएर घर आएपछि उनी बेरोजगार भए । ‘ घर आएको डेढ वर्ष भयो । यो महिना जेनतेन गुजारा चल्यो ।  अब त साँझ बिहान छाक टार्नै मुस्किल भइसक्यो । अनि काम खोज्दै अछामसम्म आएका हौं’ उनले भने ,‘आफूसंग भएको जग्गा हामीले कहिल्यै बाँझो राखेनौं । तर पनि दुइ महिना खान पुग्दैन । अहिले स्वदेशमा  काम पाइरहेका छौं ।’ आफ्नै गाउमा भने काम गर्न चाहे पनि नपाएको उनको गुनासो छ । ‘ गाउँमा हुने विकास निर्माणका काम , अन्य काममा पनि पहुँचवाला मान्छेले नै काम पाउने रहेछन् । नेता , जनप्रतिनिधिका आफ्ना मान्छे मात्रै उपभोक्ता समितिमा बस्छन् । हाम्रो त वास्ता नै गर्दैनन् ।’

मंगलसेन नगरपनलिका ६ का रतन बोहरा पनि दैलेखि समूहसंग काम गरिरहेका छन् । उनी भारतमा काम गर्न जान थालेको १३ वर्ष भयो  । खेती लगाउने सिजनमा आउने  र काम सकेर जाने गर्थे । सदा झैं गत वर्ष मंसिरमा गहुँ खेती लगाएर उनी भारत गए । कुनै बेला  एक वर्ष , कुनै बेला दुइ वर्ष बसेर उनी बेला बेला आउने गर्थे । तर अहिले भने उनी घरबाट  गएको तिन महिनामा भारतबाट घर फर्किन बाध्य भए । संसारभर कोरोनाको संक्रमण बढ्दो क्रममा देखिएपछि उनी आत्तिएर गत चैतमा घर आए । ५ छोराछोरी सहित ९ जनाको परिवार भारतकै कमाइले धानिएको थियो । उता पाएको काम छोडेर ज्यान बचाउनको लागि मात्र घर आएका हुन् । कोरोनाको त्रास कम भएपछि फेरी उनले भारत नै जाने सोच बनाएका छन् । तर काम पाउने नपाउने भने निश्चत छैन  । ‘एक  कम्पनिमा चौकीदारीको काम गर्थे । कम्पनि बन्द भएपछि काम पनि रोकियो , काम नहुँदासम्म साहुले पैसा दिन नसक्ने बताएपछि घरमा आएँ’ उनले भने ‘हाम्रो कामको कुनै ग्यारेन्टि छैन । अब गयो भने मैले अन्तै काम खोज्नुपर्छ ।’ साहुको व्यवहारमा धेरै कुरा भर पर्ने भएकाले उनी अब त्यहि कम्पनिमा काम पाइन्छ भन्नेमा ढुक्क छैनन् ।  ‘कामको खोजिका लागि भारत एक मात्र विकल्प हो भन्ने होइन ।  आफ्नै ठाउमा काम खोज्दा ,दुख गर्दा पैसा कमाउन सकिदो रहेछ ।’ उनले भने ।
 

प्रतिक्रिया