Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

विद्यालय संचालन अन्योलमा

विद्यालय संचालन अन्योलमा

कोरोना संक्रमणको जोखिमको कारण बन्द भएका बिद्यालय संचालनको लागि अन्योल कायम रहेको छ । केहि दिन विद्यालय संचालन भएर बैशाख १९ गते सरकारले नै विद्यालय बन्द गराएको थियो । अन्य क्षेत्रलाई आंशिक खुकुलो बनाएता पनि विद्यालय कहिले संचालनमा आउछन भन्ने दुविधा कायमै छ । 

स्वास्थ्य जोखिम बढ्दो रहेकाले  भदौ १ गतेदेखि भर्ना शुरु गरी विद्यालय खोल्ने सरकारको तयारी अन्योलमा परेको छ । सरकारले शैक्षिकसत्रको अवधि खेर जान नदिने गरी भर्ना शुरु गर्ने र त्यसको करिब दुई सातापछि विद्यालय सञ्चालनको तयारीका लागि शिक्षकलाई सम्बन्धित विद्यालयमा पुग्न निर्देशन दिएको थियो । सरकारले विद्यालय पुनः सञ्चालनको कार्यविधिको मस्यौदा पनि तयार गरेको थियो तर पछिल्ला दिनमा जोखिम बढेकाले अन्योल उत्पन्न भएको हो । अहिले यसबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मात्रै निर्णय गर्न नसक्ने स्थिति पैदा भएको छ । विद्यार्थी भर्ना गर्दा विद्यालयमा शिक्षक, अभिभावक र विद्यार्थी भेला हुँदा पनि जोखिम हुनसक्छ ।

विद्यालय सञ्चालनको अधिकार स्थानीय तहको भए पनि विपद् जोखिमको स्थिति भएकाले ती तहले पनि केन्द्र सरकारको मार्गदर्शन पर्खिरहेका छन् । जोखिम कम भएका ठाउँमा सम्बन्धित तह र विद्यालय व्यवस्थापन समितिको निर्णयबाट आवश्यक सुरक्षा विधि अपनाएर विद्यालय खोलाउन सकिने भए पनि हतार गरिहाल्न नहुनेमा अभिभावक छन् । 

अन्य क्षेत्र खुला भइरहेको बेला स्वास्थ्यका मापदण्ड अपनाएर भौतिक रुपमा विद्यालय संचालन गरिनु पर्ने शिक्षकहरुको भनाइ छ । ‘विद्यालय संचालन नहुदा विद्यार्थिको सिकाइ घटेको  छ । नपढाएर विद्यार्थिको मुल्यांकन गरेर माथिल्लो कक्षामा लैजानु पर्ने शिक्षकको बाध्यता छ’ त्रिपुरा सुन्दरी माध्यामिक विद्यालय श्रीकोटका प्रधानाध्यापक प्रेम बहादुर कुवँरले भने ,‘ अझै पनि विद्यालय संचालन गर्ने बारे निर्णय भएन भने शैक्षिक क्षेत्रको अवस्था ओरलो लाग्ने निश्चत छ ।’

हरेक वैशाखमा नयाँ शैक्षिकसत्र शुरु हुनुपर्नेमा हाल वैकल्पिक प्रणालीबाट सिकाइ निरन्तरता भएको छ भने त्यसलाई औपचारिकता दिइ शैक्षकसत्रमा गणना दिनेबारे कुनै निर्णय गरिएको छैन । गत चैत ५ गते पनि शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० एसइई सञ्चालनको सबै तयारी पूरा गरेका बेला कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिले परीक्षालगायत सबै शिक्षालय बन्दको निर्णय गरेको थियो । 

अन्य कक्षाका विद्यार्थिलाई टोलमा गएर पढाउने तयारी भएको र कक्षा ९ र १२ का लागि अनलाइन कक्षा संचालन गरिएको सुर्यचन्द्र मावि कालिमाटीका प्रधानाध्यापक देबेन्द्र बहादुर शाहले बताए । ‘कक्षा ९ र १२ का लागि अन्लाइन कक्षा संचालन गरेका र्छौ । तर सबै विद्यार्थि अनलाइन कक्षा लिन सक्ने पहुँचमा छैनन् । तर ५० प्रतिशत विद्यार्थि हाजिर भएका छन् ।’ उनले भने । पढ्न नपाइकन परिक्षामा पास गराउनुभन्दा अर्को वर्ष पढेर परिक्षा दिदा उचित हुने अधिकांस विद्यार्थिको भनाइ छ । 

‘विद्यालय नगएर पास भइयो । ग्रेडले मात्रै हामीले के गर्छौ । अहिलेसम्म पढाइ नै भएको छैन’ सुर्यचन्द्र मावि कालिमाटिमा कक्षा १० मा अध्ययनरत महेन्द्र कुवँरले भने ,‘ यस्तो पढाइले भविष्यमा के गर्ने भन्ने चिन्ता लागेको छ ।’ 

 

प्रतिक्रिया