Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

स्वस्तिकाको उदाहरण बनोस् काङ्ग्रेस सप्रिने जोडन

स्वस्तिकाको उदाहरण बनोस् काङ्ग्रेस सप्रिने जोडन

नेपाली काङ्ग्रेसको जारी महाधिवेशन प्रक्रियामा देखिएका नवीन–नवीन दृश्य हेर्दै कन्टिर–बाबू रमाइलो मान्दै थिए । तर पछिल्लो समय सर्वाधिक प्रचारित एउटा भाइरल प्रसङ्गबारे सोच्दा–सोच्दै कन्टिर–बाबू गम्भीर बनेका छन् ।

देशका ६ हजार सात सय ४३ वडामध्ये एउटा वडाको चर्चा बडा जोेडतोडले भएको देखेर कन्टिर–बाबू गम्भीर बनेका हुन् । त्यसो त कुनै वडाको चर्चा भाइरल हुँदैमा वा मिडियाले आवश्यकताभन्दा बढी प्राथमिकता दिँदैमा कन्टिर–बाबू गम्भीर हुनुपर्ने कुनै कारण छैन । तर कुरालाई काङ्ग्रेस रूपान्तरणको प्रश्नसँग जोडेर जसरी प्रस्तुत गरियो, त्यो सम्झेर भने उनी गम्भीर नभइरहन सकेनन् ।

प्रसङ्ग जगजाहेर छ– दैलेखको दुल्लु नगरपालिकाको ३ नम्बर वडा सभापतिमा १९ वर्षीया बहिनी स्वस्तिका महतले चुनाव जितेको कुरा । यो जितलाई यतिबेला काङ्ग्रेस समर्थकहरू सामाजिक सञ्जाल र मिडियामा यसरी प्रचार गर्दै छन् कि मानौँ १४औँ महाधिवेशनपछि काङ्ग्रेसका अधिकतर तह–तप्काको नेतृत्व युवाहरूको हातमा हुनेछ र त्यसको प्रस्थान बिन्दु स्वस्तिकाको जित हो ।

कतिले त स्वस्तिकालाई नेपाली काङ्ग्रेसकी प्रथम महिला सभापतिका रूपमा समेत चित्रित गर्न थालिसके । उनले पनि २०७६ कात्तिकमा निधन भएका बुबा भूपेन्द्रजङ्ग महतको सपना पूरा गर्न आफू १० जना प्रतिस्पिर्धीलाई ‘कन्भिन्स’ गरेर राजनीतिमा आएको प्रतिक्रिया दिइसकिन् ।

महाकवि देवकोटाले उद्देश्य के लिनु छुनु चन्द्र एक भने जस्तो काङ्ग्रेसका संस्थापक नेता बिपी कोइरालाको सपना पूरा गर्ने सामर्थ्य उनमा आओस्, कन्टिर–बाबूको अग्रीम शुभकामना छ ।

कन्टिर–बाबू भन्छन्– ठिक छ, उनी राजनीतिमा सफल बनुन्, महतजीले राजनीतिमा लागेर देखेको सीमान्तकृतको सेवा गर्ने सपना पूरा गरुन् । महाकवि देवकोटाले उद्देश्य के लिनु छुनु चन्द्र एक भने जस्तो काङ्ग्रेसका संस्थापक नेता बिपी कोइरालाको सपना पूरा गर्ने सामर्थ्य उनमा आओस्, कन्टिर–बाबूको अग्रीम शुभकामना छ ।

तर कन्टिर–बाबू सोचिरहेका छन्– नेपालगन्ज टेक्निकल कलेजमा हेल्थ असिस्टेन्ट (एचए)की छात्रा स्वस्तिकालाई भविष्यमा एउटा राम्रो चिकित्सक बनाउने उनका बाबुको सपना थियो कि थिएन ? के निधन हुनुअघि पूर्व–जिल्ला उपसभापति भूपेन्द्रजीले छोरीलाई भविष्यमा नेता बनाउने सपना देखेका थिए ? यदि थिए भने छोरीलाई राजनीतिशास्त्र पढ्न पठाउँथे कि एचए पढ्न पठाउँथे ? 

त्यसो त राजनीतिमा उमेर र शिक्षाको खासै महत्त्व नदेख्नेहरूको बाहुल्यता भएको समाजमा हामी छौँ । तर दुनियाँले तर्क जे गरे पनि अहिले स्वस्तिकाको राजनीति गर्ने बेला भएको थिएन, पढाइ कम से कम स्नातकसम्म छिचोलेको भए तै बरू एउटा कुरा हुन्थ्यो भन्ने कन्टिर–बाबूलाई लागेको छ ।

स्वस्तिकाको उदाहरणले काङ्ग्रेस पार्टीको जीवनमा जोडनको काम गर्ला कि हम नहीं सुधरेङ्गे वाला पारा कायमै रहला ?

यसबाहेक एउटा वडा समितिको नेतृत्वमा सर्वसम्मत स्थापित गरिएकी १९ वर्षीया ती बहिनीको उदाहरणले देशैभर काङ्ग्रेसमा युवा नेतृत्व स्थापित हुँदै छ भने जसरी जुन तर्क भइरहेको छ, त्यसलाई भने अपव्याख्या मान्छन् कन्टिर–बाबू । कारण पार्टीभित्र जिरेटोक्र्याट (बूढा शासक)हरूको हालीमुहाली भएको कन्टिर–बाबूलाई मात्र होइन, दुनियाँलाई थाहा छ ।  

कन्टिर–बाबू भन्छन्– एउटा उदाहरण देखाएर मात्र हुँदैन । पार्टीको तलदेखि माथिसम्मको संरचनामा साँच्चिकै युवाहरूको प्रतिनिधित्व आधाभन्दा बढी भयो भने मानौँला १४औँ महाधिवेशनलाई काङ्ग्रेसजनले साँच्चिकै परिवर्तनको अवसरका रूपमा बुझेछन् । अन्यथा कोरोनाको तेस्रो लहर फैलिने आशङ्का भइरहेका बेला धेर नखोकेकै राम्रो !

कन्टिर–बाबू सोच्छन्– स्वस्तिकाको उदाहरणले काङ्ग्रेस पार्टीको जीवनमा जोडनको काम गर्ला कि हम नहीं सुधरेङ्गे वाला पारा कायमै रहला ?  कोशी अनलाईनबाट धर्मेन्द्र झा को स्तम्भ  

प्रतिक्रिया