Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

महामन्त्री लड्‍ने घोषणा गरेका गगन र विश्वप्रकाशका खुट्टा कता?

महामन्त्री लड्‍ने घोषणा गरेका गगन र विश्वप्रकाशका खुट्टा कता?

१४औं महाविधेशनको राप र ताप बढ्दै जाँदा नेपाली कांग्रेसमा उम्मेद्वारी घोषणाको क्रम बढेको छ। सभापतिका आकांक्षीहरुले आफ्नो उम्मेदवारीका सन्दर्भमा केही समय अघिदेखि नै सार्वजनिक रुपमा धारणा राख्दै आएका थिए। तर, वडा अधिवेशन भइरहँदा नेताहरुले उम्मेदवारी घोषणा गरिरहेका छन्। 

सबैभन्दा पहिले नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए। भदौ १४ गते काठमाडौं महानगरपालिका–३० मा आयोजित कार्यकर्ता भेटघाटका क्रममा थापाले उम्मेदवारी घोषणा गरे। त्यसको १० दिनपछि बिहीबार प्रवक्ता विश्वप्रकाश शर्माले बीपी जयन्तीको अवसरमा सुन्दरीजलस्थित बीपी संग्रहालयमा आयोजित कार्यक्रममा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। नेता प्रदीप पौडेलले पनि केही दिनभित्रै उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्। 

रोचक त के छ भने प्यानल बन्नुअघि नै युवा नेताहरुले महामन्त्रीमा एकल उम्मेदवारी घोषणा गरिरहेका छन्। एकल रुपमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका दुई नेतालाई प्रतिस्पर्धामा उत्रन मैदान खुला छ। तर, टोली नेता को हुनेछ, महाधिवेशनको मैदानमा उनीहरुले कसरी खुट्टा टेक्छन्, कुन हाँगो समाउनेछन् भन्ने कुराहरु अनुत्तरित छन्। यद्यपि उनीहरुका उम्मेदवारीका आ–आफ्नै अर्थ भने पक्कै छन्।

सेकेन्ड इनिङ्सको टोली नेताको खोजीमा गगन 

पार्टी र राष्ट्रिय राजनीतिका चर्चित पात्र गगनले महाधिवेशनको मूल प्रक्रिया सुरु हुनु अगावै महामन्त्रीमा उम्मेदवारी घोषणा गरेर कुन पदमा लड्ने भन्ने प्रश्नको जवाफ दिए। तर, अर्को प्रश्न भने कायमै छ– कसको टिमबाट लड्ने? यसको जवाफ गगनले दिएका छैनन्। महामन्त्रीको कुर्सीमा आसीन हुन यात्रा गर्ने निधो गरे पनि त्यसको ‘सिन’ भने अहिलेसम्म क्लियर हुन सकेको छैन।  

त्यसो त थापाले १३ औं महाधिवेशनमा पनि महामन्त्रीमा प्रतिस्पर्धा गरेका थिए। अब मंसिर ९ देखि १३ गतेसम्म हुने १४ औं महाधिवेशनमा थापाको महामन्त्रीको प्रतिस्पर्धाको हिसाबले सकेन्ड इनिङ्स हुनेछ।

१३ औं महाधिवेशनमा उनी नेता कृष्णप्रसाद सिटौलाको प्यानलबाट महामन्त्री लडेका थिए। उनका प्रतिस्पर्धी थिए डा. शशांक कोइराला र आफ्नै ससुरा अर्जुनरसिंह केसी। त्यो बेला उनले तेस्रो मत ल्याएका थिए। विजयी भएका कोइरालाले १४ सय १७ मत ल्याए भने केसीले १ हजार १७ र थापाले ५ सय ८४ ल्याएका थिए। तर यसपटक कांग्रेसको विधानले दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था गरेको छ। सोही कारण थापाको रणनीति अलिक फरक हुनसक्ने अनुमान गरिएको छ। 

त्यसो त थापाले १३ औं महाधिवेशनमा पनि महामन्त्रीमा प्रतिस्पर्धा गरेका थिए। अब मंसिर ९ देखि १३ गतेसम्म हुने १४ औं महाधिवेशनमा थापाको महामन्त्रीको प्रतिस्पर्धाको हिसाबले सकेन्ड इनिङ्स हुनेछ।

१३ औं महाधिवेशनमा नेता सिटौलाको टिममा रहेका उनी यो पटक जोखिम मोल्न चाहँदैनन्। दोस्रो प्रयासमा महामन्त्रीको कुर्सीमा पुग्नु उनको एकमात्रै लक्ष्य हुनेछ। सिटौलालाई सार्वजनिक रुपमै सभापतिमा प्रतिस्पर्धा नगर्न आग्रह गरेका छन् गगनले। यसको अर्थ उनी सिटौलाको टिमबाट मैदान ओर्लन चाहँदैनन्।  

‘मलाई लाग्छ, उहाँ लड्नुहुन्न। एकपटक सभापतिमा प्रतिस्पर्धा गरिसकेपछि आउन सकिएन भने नयाँलाई ठाउँ दिनुपर्छ। मलाई लागेको यही हो,’ उनले केही दिनअघि नेपाल समय सँगको कुराकानीमा भनेका थिए, ‘एक पटक सभापतिको प्रत्यासी भइसकेका आदरणीय नेता कृष्णप्रसाद सिटौलासँग के अनुरोध गर्छु भने अब सभापति नलड्नुहोस्।’ 

गगनले महामन्त्रीमा लड्ने घोषणा गरेसँगै सिटौला उनीसँग रुष्ट छन्। र, दुई नेताबीच सम्बन्ध चिसिएको अवस्था छ। निकटस्थहरुसँग सिटौलाले भन्ने गरेका छन्, ‘टिममा गद्दारी गर्नेहरु अघि बढ्न सक्दैनन्।’ 

गगन संस्थापन पक्षको महामन्त्री बन्ने सम्भावना शून्यप्रायः छ। त्यसैले उनको ध्यान संस्थापन इतर समूहलाई एक बनाउने र सभापतिको साझा उम्मेदवार तय गरेर उसकै नेतृत्वमा महामन्त्रीमा लड्ने। त्यसका लागि उनले पहल समेत गरिरहेका छन्। अझ इतर समूहमा थर्ड पोल भनेर चिनिएको सिटौला समूह पनि ल्याउनुपर्नेमा उनको जोड छ। भदौ १७ गते पार्टी मुख्यालय सानेपामा इतर समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित भएर गगनले आफ्नो कित्ता क्लियर गरिसकेका छन्। 

इतर समूहमा सभापतिका आकांक्षीहरु वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा. नेता शेखर कोइरालाबीच सहमतिको खोजीमा गगन देखिएका छन्। यद्यपि यी चारमध्ये शेखरसँग उनको झुकाव देखिन्छ।  

गगन कांग्रेस राजनीतिका यस्ता पात्र हुन्, जसलाई जो–कोही सभापतिको उम्मेदवारले आफ्नो टिममा चाहन्छ। उनले आफूलाई कांग्रेस राजनीतिमा सबैभन्दा लोकप्रिय ब्रान्डका रुपमा स्थापित गरेका छन्। त्यसैले इतर समूहबाट सभापतिको उम्मेदवार जो बने पनि गगन दुईमध्ये एक महामन्त्रीको उम्मेदवार हुने लगभग पक्का रहेको विश्लेषण भइरहेका छन्। उनले सभापतिका सबै आकांक्षीहरुसँग छुट्टाछुट्टै छलफल समेत गरिरहेका छन्। ‘सभापतिका आकांक्षीहरूले मलाई व्यक्तिगत रूपमा पालैपालो फरक–फरक ठाउँमा बोलाएर मसँग महामन्त्री बनेर लड्नप¥यो, सँगै बसेर काम गरौं भन्नुभएको छ। मैले उहाँहरुसँग बसेर छलफल गरिरहेको छु,’ उनी भन्छन्। 

इतर समूहमा सभापतिका आकांक्षीहरु वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा. नेता शेखर कोइरालाबीच सहमतिको खोजीमा गगन देखिएका छन्। यद्यपि यी चारमध्ये शेखरसँग उनको झुकाव देखिन्छ।  

१३ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि उनले भनेका थिए, ‘यसपटकको नतिजापछि डेफिनेट्ली मेरो महत्वकांक्षा रहन्छ। म स्ट्राटेजी बनाउँछु। मलाई लेसन लर्न भयो।’ 

खासगरी उम्मेदवारी घोषणा गरेपछि गगनले तीन काम गरिरहेका छन्। पहिलो– सभापतिका आकांक्षीहरुबीच सहमतिको प्रयास गराउने। दोस्रो– महाधिवेशन केन्द्रित छलफल र भेटघाट र तेस्रो– महामन्त्री जित्न गर्नुपर्ने काम अर्थात्, मतको हिसाबकिताब र आवश्यक रणनीति। 

तत्कालका लागि गगनको प्रमुख प्राथमिकता सभापतिको साझा उम्मेदवारका लागि इतर समूहमा सहमतिको प्रयास नै हो। किनकि यसले महामन्त्रीको कुर्सीमा आसीन हुने उनको यात्रामा ठूलो अर्थ राख्नेछ।

संस्थापन इतर समूहबाट साझा उम्मेदवार चयन हुन नसकेको अवस्थामा गगनको यात्रामा धक्का लाग्नेछ। एकभन्दा बढी प्यानल भएको अवस्थामा गणितीय रुपमा उनको उम्मेदवारी कमजोर बन्न जान्छ र १३औं महाधिवेशनको नियति दोहोरिने खतरा समेत उत्पन्न हुन्छ। त्यसैले यसमा उनी सचेत रहेको देखिन्छ।

‘सभापतिका आकांक्षीहरुबीच सहमतिको खोजी हुनुको पृष्ठभूमिमा हामीहरुकै मेहनत छ। हामीले उहाँहरुलाई के सन्देश दिएका छौं भने तपाईंहरु तीन–चार जना सभापतिको उम्मेदवार हुनुभयो भने तपाईंहरुसँग कोही पनि पदाधिकारी लड्दैन,’ उनी भन्छन्, ‘सभापतिका उम्मेदवार दुई–तीन जना हुनुभयो भने जो साथीले पदाधिकारी लड्ने तयारी गरेका हुन्छन्, त्यसका लागि त आत्मघाती भइहाल्यो नि। किन लड्ने त्यहाँ गएर? आफ्नै बाटो खोज्छ नि उसले। त्यसैले हामीले भन्नुपर्ने हुन्छ कि तपाईंहरुले एउटा टिम बनाउनुस्, नत्र हामी समूहगत निर्णय गरेर अघि बढ्छौं। जोसँग हामी उभिन्छौं, त्यही सभापतिको उम्मेदवार भयो।’ 

इतर समूहमा तत्कालै सहमति जुट्यो र साझा उम्मेदवार चयन भएको अवस्थामा गगनले साझा प्यानलको महामन्त्रीका रुपमा आफूलाई प्रस्तुत गर्नेछन्। सहमति जुट्न नसके महाधिवेशन सुरु हुनुभन्दा एक महिना अघिमात्रै कसको टिममा रहने भनेर खुल्ने रणनीति गगनको देखिन्छ। यसले तयारीका सन्दर्भमा उनलाई लाभ नै गर्नेछ। सिन क्लियर नहुँदै उम्मेदवारी घोषणा गरेर तयारी गर्दा मैदानमा राम्रैसँग कभर गर्न सकिने कुरा गगनले राम्रोसँग बुझेका छन्। 

बीपी जयन्ती, ‘सानो बीपी’ र उम्मेदवारी घोषणा 

कांग्रेस राजनीतिमा कतिपयले प्रवक्ता विश्वप्रकाश शर्मालाई ‘सानो बीपी’ भन्ने गर्छन्। शर्माले गगनले महामन्त्री लड्ने घोषणा गरेको ठिक १० दिनपछि संस्थापक नेता बीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर बीपी संग्रालय सुन्दरीजल पुगेर महामन्त्री लड्ने घोषणा गरेका छन्। 

१३ औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय समितिमा डेब्यू गरेका शर्मालाई सभापति शेरबहादुर देउवाले प्रवक्ताको जिम्मेवारी दिएका छन्। त्यो भन्दा अघि उनी इतर समूहमा थिए। प्रवक्ताको जिम्मेवारी पाएसँगै क्याम्प फेरेका शर्मा १४ औं महाविधेशनमा कसको टिमबाट महामन्त्री लड्छन् भन्ने खुलिसकेको छैन। शर्मा आफैंले पनि यस विषयमा केही खुलाएका छैनन्। 

केही दिनअघि उनी प्रधानमन्त्री समेत रहेका सभापति देउवालाई भेट्न बालुवाटार पुगेका थिए। त्यही दिन उनले आफूले महामन्त्रीमा लड्ने योजना बनाएको र उम्मेदवारी घोषणा गर्न लागेको जानकारी देउवालाई गराएका थिए। देउवासँग उनले भनेका थिए– हाम्रो टिम महाधिवेशनको तीन दिनअघि घोषणा होला, त्यतिबेला प्रचार गर्न समेत समय अभाव हुनेछ। मलै अहिले नै उम्मेदवारी घोषणा गरेँ भने मेरो मात्र होइन, तपाईंको समेत प्रचार हुनेछ। त्यसैले म महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु।

शर्माको कुरा सुनिसकेपछि देउवाले भनेका थिए– गर न त यार! देउवाको यस्तो जवाफले शर्मा थप हौसिएको बालुवाटार स्रोत बताउँछ। यद्यपि देउवाको कोर टिम भने शर्माको उम्मेदवारीबाट खुसी देखिएको छैन। 

संस्थापन समूहबाट ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड, डा. प्रकाशशरण महत लगायतका नेता महामन्त्रीका आकांक्षी हुन्। देउवालाई लामो समयदेखि सघाउँदै आएका सिनियर नेताहरु महामन्त्रीको आकांक्षी हुँदै गर्दा शर्माले उम्मेदवारी घोषणा गरेपछि कोर टिमका सदस्यहरु रुष्ट बनेको स्रोतको दाबी छ। ‘महामन्त्रीमा हाम्रो पनि दाबी छ। हामी लामो समययता शेरबहादुर दाइलाई सघाउँदै आएका छौं,’ महामन्त्रीको दाबी गरिरहेका एक नेता भन्छन्, ‘विश्वजी पछिल्लो समय टिमबाट किनारा लाग्दै आउनुभएको छ। उहाँको उम्मेदवारी घोषणाले हामी सन्तुष्ट हुनुपर्ने कुनै कारण छैन।’ 

शर्माको कुरा सुनिसकेपछि देउवाले भनेका थिए– गर न त यार! देउवाको यस्तो जवाफले शर्मा थप हौसिएको बालुवाटार स्रोत बताउँछ। यद्यपि देउवाको कोर टिम भने शर्माको उम्मेदवारीबाट खुसी देखिएको छैन। 

खासगरी देउवाको कोर टिममा सामाजिक सञ्जालमा नेताहरुले गर्ने टिकाटिप्पणीको समेत हिसाबकिताब हुने गरेको छ। त्यसको मूल्यांकन समेत हुने गरेको अर्का एक नेता सुनाउँछन्। ‘सामाजिक सञ्जाल, सार्वजनिक कार्यक्रममा राखेको धारणा र गतिविधिको हिसाबकिताब हाम्रो समूहमा राखिन्छ। विश्वजीको उम्मेदवारी घोषणाका सन्दर्भमा पनि पक्कै छलफल होला नै,’ ती नेताले भने।  

एकातर्फ सिनियर नेताहरूको आकांक्षा र अर्कोतर्फ टिमबाट किनारा लाग्ने अवस्थाका बीचमा शर्माले उम्मेदवारी घोषणा गरेर दबाब सिर्जना गर्ने नीति लिएका छन्। त्योसँगै संस्थापन समूहबाट महामन्त्रीको उम्मेदवार नबने सभापतिका आकांक्षीहरु मध्ये कुनै एक समूहबाट महामन्त्रीमा लड्न ढोका खुला गरेको विश्लेषण समेत हुन थालेका छन्। शर्मा आफैंले पनि त्यसको संकेत गरेका छन्। कुन टिमबाट महामन्त्री लड्ने भन्नेबारे कुनै निधो नभएको शर्मा आफैंले बताएका छन् र महामन्त्रीका रुपमा आफू खुला भएको सन्देश दिन चाहेको संकेत गरेका छन्।

उम्मेदवारी घोषणापछि सञ्चारमाध्यमहरुमा उनले दिएको प्रतिक्रियाले यही कुराको पुष्टि गर्छ। ‘मैले प्रधानमन्त्री एवं पार्टी सभापतिलाई भेटेर उम्मेदवारी घोषणाबारे जानकारी गराइसकेको छु। विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालाई पनि जानकारी गराइसकेको छु,’ उनले एक मिडियालाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘अन्य नेताहरुलाई पनि जानकारी गराउँछु।’

सम्पर्क कार्यालय स्थापना गरेर उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधि पनि आफ्नो टिम बनाउने तयारीमा छन्। उनले नेताहरुसँग टिम बनाउने सन्दर्भमा छलफल समेत गरिरहेका छन्। यस्तो अवस्थामा संस्थापन समूहबाट महामन्त्री लड्न नपाउने अवस्थामा शर्मा निधि टिमबाट महामन्त्री लड्ने सम्भावना समेत छ। यद्यपि यसबारे गहन छलफल भने सुरु भइनसकेको स्रोतको दाबी छ। 

एकल उम्मेदवारीको अर्थ के?  

प्यानल बनिनसक्दै उम्मेदवारी घोषणा गर्नुको अर्थ हो– सम्भावित टिमहरुको ध्यान खिच्नु। महाधिवेशनमा बन्ने प्यानलहरुको ध्यान खिच्ने र तीमध्ये एक टिमबाट प्रतिस्पर्धा गर्ने रणनीति अनुरुप युवा नेताहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन्। बलियो टिम रोज्ने र जित्ने रणनीतिमा त उनीहरु हुने नै छन्। सँगै उम्मेदवारी घोषणापछि आफू ‘खुला’ रहेको सन्देश दिने प्रयत्न उनीहरुको देखिन्छ। उम्मेदवारी घोषणा गरेर महामन्त्री दाबी गर्दा यो कांग्रेस नेता–कार्यकर्तामा बहसको विषय बन्छ। त्यसले एउटा न्यारेटिभ बनाउन सक्छ। त्यसको लेखाजोखा युवा नेताहरुले गरेका छन्। 

महामन्त्रीमा अहिलेसम्म गगन र विश्वप्रकाशको मात्रै उम्मेदवारी आएको छ। केही दिनभित्रै प्रदीप पौडेलले उम्मेदवारी घोषणा गर्दैछन्। यी तीन नेता बाहेकका अन्य नेताहरु पनि महामन्त्रीका आकांक्षी छन्। यद्यपि उनीहरुले औपचारिक रुपमा घोषणा गरिसकेका छैनन्। विधान अनुसार कांग्रेसमा दुई निर्वाचित महामन्त्री हुनेछन्। अब महामन्त्रीको प्रतिस्पर्धामा गगनको ‘सेकेन्ड इनिङ्स’ र विश्वप्रकाशको ‘डेब्यू’ प्रतिस्पर्धा सफल हुने र असफल हुने कुराको छिनोफानो एजेन्डा, बन्ने प्यानल र त्यसको ‘स्ट्रेन्थ’ले गर्नेछ।

प्रतिक्रिया