Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

काँग्रेस महाधिवेशन : जो बनिन् जिल्लाकै एक मात्र वडा सभापति

काँग्रेस महाधिवेशन : जो बनिन् जिल्लाकै एक मात्र वडा सभापति

जिल्लाको बगनासकाली २ पोखराथोककी ५३ वर्षकी सीता गहिरे नेपाली काँग्रेसको जिल्लाभरमा एक्ली महिला वडा सभापति भएकी छन् । जिल्लामा सम्पन्न वडा अधिवेशन अन्तर्गत सीताले जिल्लामा नै एक मात्र महिला वडा सभापतिको रूपमा आफ्नो पहिचान बनाएकी हुन् । 

सीता जिल्लामा पुरानो नेता हुन् । अहिलेको जनप्रतिनिधि पनि । जिल्लाका पुराना नेताहरूमा गनिएकी सीतालाई गाउँको नेतृत्व सम्हालेर पार्टीमा रहेर काम गर्ने इच्छा बढ्दै गयो । तर महिलालाई यत्ति सजिलो छैन । निरन्तरको मेहनत र अडानले उनलाई चुनावी प्रक्रियाबाट काँग्रेसको १४ औँ महाधिवेशनले वडा सभापतिमा पुर्‍यायो । 

बि.स.२०४२ सालमा पार्टीको साधारण सदस्य र बि.स.२०४५ सालमा क्रियाशील सदस्यता लिएकी हुन् । १२ औँ महाधिवेशन र गत महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि समेत बनिसकेकी सीतालाई सभापति बनेर सेवा गर्ने तीव्र इच्छा पहिले देखि नै थियो । १३ औँ महाधिवेशनमा वडा सभापतिका रूपमा उनी खडा भइन् । जसमा २ जनाको दाबेदार रह्यो । सहमतिमा नेतृत्व चयन गर्ने कुरामा सहमति नभएपछि कम चर्चा भएका तेस्रो व्यक्ति त्यति बेला सभापति भए । 

सीता यस अघि नेपाली काँग्रेस पाल्पाको जिल्ला सदस्य, नेपाल महिला सङ्घ पाल्पाको सदस्य भएर काम गरिसकेकी छन्। वडामा नेपाल महिला सङ्घको सभापति भएर जिम्मेवार समालेकी उनलाई १३ औँ महाधिवेशनपछि क्षेत्रीय सदस्य पदमा मनोनीत गरियो । १२ औँ महाधिवेशनमा नै अब नेता बन्नुपर्छ भन्ने सोच आएको सीताले बताइन् । क्षेत्रीय सदस्य र स्थानीय तहको निर्वाचनमा वडा सदस्यको रूपमा निर्वाचित भएको भूमिकाले सामाजिक काममा उनी समुदायको नजिक छन् । नेतृत्वमा रहेर काम गर्ने इच्छा छ,मलाई दिनुस् भन्दा हुन्छ/ हुन्न यसै कसैले भन्नुभएन उनले भनिन् । वडामा हरेक काम मैले गर्छु नेतृत्वमा रहेर गर्न सक्छु भन्दा सहमतिमा नपाएपछि चुनावमा होमिए सीताले थपिन् । 

पाल्पा काँग्रेसमा नेताहरूका आ-आफ्नो धार छ । मनदेखि इच्छा भयो भने डटेर लागिन्छ गुट रहित काँग्रेस बनाउन अबको नेतृत्व लाग्नुपर्नेमा उनले जोड दिइन् । १४ औँ महाधिवेशन सम्म आउँदा वडा सभापतिमा ४ जनाको दाबे दारी थियो । जहाँ २ महिला र २ पुरुष दाबे दारी थिए । सहमति जुटेन चुनावी प्रक्रियामा नजाने मनसायले माया शर्मा रोकिइन् । ३ जनाको चर्चामा देवी प्रसाद न्यौपानेले पनि सहमति खोज्दै आफू पछाडि हट्ने निर्णय लिइन् । 

अन्त्यमा राजेन्द्र बहादुर राना मात्रै सीताका प्रतिस्पर्धी भए । राना खुला र गहिरे महिलाबाट गाउँपालिकामा जनप्रतिनिधिको रूपमा वडा सदस्य समेत हुन् । पार्टीको चुनावी प्रतिस्पर्धामा होमिएकी गहिरेले ४१ र रानाले ४० मत प्राप्त गरे । राना पार्टीमा नयाँ क्रियाशील सदस्य भएकाले मौका फेरि हुने भन्दै गहिरेले आफूलाई सहयोग गर्न भनिन् । रानाले नयाँ जोस जाँगर आफूमा भएकाले सघाउन आग्रह गरे । अन्ततः अधिवेशन निर्वाचनमा गयो । मतगणना अवधिमा ढुक ढुक भए पनि एक मतले जित्दा ढुक्क भएको उनले सुनाइन् ।

"आपसे आफ इच्छा भएर गर्छु दायित्व निभाउँछु भन्ने हो भने पछि हटिन्न म कसैले उक्साएर आएकी होइन सिकाइले ल्याएको हो त्यसैले निष्ठापूर्वक अगाडी बढे" उनले भनिन् । १३ औँ महाधिवेशनमा बरु महिलाले सक्दैनन् भन्ने सुन्नमा आए पनि अहिले मेरो काम देखेर होला मेरो सामु महिला भएर यो या त्यो हुन्छ भन्ने आएन । दृढतापूर्वक लागेकोले सबैले साथ दिएको उनको भनाई छ । 

तानसेन १३ बौवागुम्बा छेर्लुङ उनको जन्म स्थान हो । कक्षा ८ सम्म गाउँकै स्कुलमा पढेकी सीताले तानसेनको जेभिटीबाट बि.स. २०४० सालमा एसएलसी पास गरिन् । बि.स. २०३८ सालमा पोखराथोक २ मा रेश्मीराज गहिरे सँग बिहे भयो । बिहेपछि बालबच्चामा रुमलिदा पढाइलाई निरन्तरता दिन गाह्रो भएको उनी बताउँछिन् ।

 चुनाव सकेर निर्वाचन अधिकृत, भान्जा, केही नेता कार्यकर्ता सहित घर जाँदै गर्दा बाटो भरि बधाई-बधाई भन्दै हौसला बढाउने धेरै भएको उनले सुनाइन् । भोट हालेर घर गइसकेका श्रीमानले फोनबाटै श्रीमती विजयी भएको थाहा पाइसकेका थिए । सीताका २ छोरा, २ बुहारी र २ नातिनातिना अहिले काठमाडौँमा छन् । एक मतको पनि कति महत्त्व छ । छोराहरू भोट दिन आउन भनेका थिए तर भोटै के होला र? भइहाले पनि के गर्नु र.. भनेर छोरासँग भोट दिने बिहान कुरा गरेको बताइन् । 

राजनीतिक परिबेसमा हुर्किएकी सीताले पाल्पामा केन्द्रीय र जिल्ला तहका नेताहरूको बिचारबाट आफू प्रभावित भएको बताइन् । बुवा पशुपति भट्टराई काँग्रेसमा सक्रिय थिए । आमा जयकला राजनीतिक परिवेश बुझ्ने हुनुहुन्थ्यो उनले भनिन् । २०३५/०३६ सालको राजनीतिक माहौल सुनेपछि राजनीति प्रति चासो बढेको उनले बताइन् । 

सामाजिक र राजनीतिक माहौलमा महिला अघि आउन् भन्ने उनको इच्छा छ । महिलालाई पछाडि नपारियोस्, गर्न सक्दैनन् भन्ने भावना सबैमा हट्न आवश्यक रहेको बताउँदै उनले पार्टी होस् या स्थानीय तहको निर्वाचनमा महिलालाई कतिपय स्थान दिइए पनि आम माहौलबाट अगाडी बढ्न उनले आग्रह गरिन् ।

प्रतिक्रिया